मनोरञ्जन»

ओमविक्रमले घन्काए लए

साप्ताहिक समाचार

क्यालिफोर्नियाको लसएञ्जलस सहरमा नेपाली पपसम्राट् ओमविक्रम विष्टको आगमन भएको कुराले स्थानीय प्रवासी नेपालीहरू उनको एकल गायन सुन्न आतुर  भैसकेका थिए । एलए अर्थात् लसएञ्जलसको बजारमा उनको एकल कन्सर्टका पोस्टरहरू करिब एक साताअघिदेखि झुन्डयाइएकाले पनि होला, नेपाली दर्शकहरूको उत्साह  बढी नै थियो । काठमाडौंको ठमेल होटलका सञ्चालक मदन पाठक उनको आतिथ्यमा खटिएका थिए । साँझ नेपालीहरूले ओमविक्रमको सम्मानमा दिएको रात्रिभोजमा  उनले आफ्नो एउटा लोकपि्रय गीत 'म मौनतामा अल्भिmरहेको एउटा जीवन' नगाई सुखै पाएनन् । ओमविक्रम यही महिना कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका  थिए ।

एलएको आर्टेसियास्थित एक रेस्टुराँमा खानपिनमा रमाउँदै २ सय ५० जति श्रोता उनको गायन सुन्न व्यग्र थिए । स्याम्पेन खोलेर कार्यक्रमको आरम्भ भयो । 'म मौ नतामा', 'मेरो याद अझै', 'को हो त्यो' जस्ता दर्जनौं गीत गाएपछि उनले भने- 'अब आउनुहोस्, म पनि तपाइर्ँहरूसँगै नाच्छु' । उनले अमेरिकामा रहेका गायक गुरु ओ लीसँग 'शिव मान्दै मान्दैन' गाएपछि दर्शकहरू नाच्न विवश भए । कार्यक्रमको बीचमा मदन पाठकले विष्टलाई गितार उपहार दिएका थिए । किलरोयज अफ काठमाडौंका  सञ्चालक वासुदेव घिमिरेले तयार पारेको डिजर्टको स्वाद लिएपछि कार्यक्रम सकिएको घोषणा गरियो ।

प्रकाशित अंकहरू