फेसन»

क्रेज कुर्तीको

रोजिन शाक्य

६० र ७० को दशकताका बलिउडमा निकै प्रचलनमा रहेको कुर्तीले फेसन बजार फेरि तताएको छ । यदि आफ्नो व्यक्तित्वमा पूर्वीय सुन्दर शैलीसित पश्चिमेली स्टाइललाई  मिक्स एन्ड म्याच गरी फ्युजन लुक सञ्चार गर्न चाहने हो भने कुर्ती सर्वोत्तम विकल्प हुनसक्छ । आफ्नो चाहनाअनुसार यसलाई जिन्स वा प्लेन कटन पाइन्टसित जोडा  मिलाउन सकिन्छ । ट्राउजर, स्ट्रेट पाइन्ट, पटियाला सलवार, बेलीबटम, ड्रेन पाइप ट्राउजर, स्लिम फिट पाइन्टसित पनि कुर्तीको जोडा उत्तिकै सुहाउँदो हुन्छ । यो पहिरन  आरामदायक त हुन्छ नै, साथै यसले स्टाइलिस एवं स्मार्ट लुक पनि दिन्छ । त्यसैले सुन्दरता, सुविधा, सहजता र स्टाइलसँगै मिक्स एन्ड म्याचको फ्युजन शैली अँगाल्न रु चाउने यौवनाहरू हुन् वा कामकाजी महिला वा गहिणी प्रायः सबै उमेर समूहका महिलाबीच कुर्तीको फेसन स्टाइल स्टेटमेन्टका रूपमा अघि बढेको पाइन्छ ।

मूलतः कुर्ताको सर्ट भर्सन अर्थात् लम्बाइका आधारमा कुर्ताभन्दा छोटो हुने भएकाले यो पहिरनले कुर्तीका रूपमा परिचय बनाएको हो । लम्बाइको कुरा गर्दा कुर्ती नी-लेन्थ,  मिड थाई लेन्थ वा वेस्ट लेन्थभन्दा केही इन्च तलसम्म हुन्छ । विविधतापूर्ण आकर्षक नेकलाइनका साथमा फुल स्लिभ, हाल्फ स्लिभ, स्लिभलेस, सर्ट स्लिभ, क्याप स्लिभ वा  थ्री क्वाटर स्लिभको स्टाइलमा उपलब्ध कुर्तीहरू टाइट-फिट वा सेमी फिट हुन्छन् । दुवैतिरको स्लिट १० देखि १२ इन्चसम्मको हुन्छ । कुर्तीका लागि कटन सबैभन्दा  उपयुक्त फ्याबि्रक हो । यद्यपि मौसम र अवसरअनुसार सिल्क, जर्जेट, भिस्कोस जर्जेट, पोलिस्टर जर्जेट, क्रेप ब्लेन्डजस्ता फ्याबि्रकमा पनि कुर्ती उपलब्ध हुन्छन् । विभिन्न  प्रकारका वर्कहरू जस्तै थ्रेड, बिड्स, मिरर, सिक्वेन्स, स्टोन, चिकन, प्याच आदि ब्लक पि्रन्ट, मोटिफ पि्रन्ट, क्रस स्टिच आदिले कुर्तीको फेसनेबल लुकमा थप आकर्षण  बढाएको छ । मौसम र अवसरअनुरूप उपयुक्त फ्याबि्रक, डिजाइन र कलर कम्बिनेसन छनौट गरी चाहे त्यो र्फमल वातावरण होस् वा पार्टीको अवसर, क्याजुयल समय  होस् वा वर्किङ प्लेस, आफ्नो आराम र सुविधासँगै कुर्तीका साथमा अझ आकर्षक, सुन्दर, फेसनेबल एवं ट्रेन्डी देखिन सकिन्छ ।

कुर्ती थरीथरीका

कटन कुर्ती ः कटनका कुर्ती युवतीहरूको पहिलो रोजाइमा पर्छ । कटनमा चिकन वर्कले कुर्तीलाई अलग प्रकारको सोबर लुक प्रदान गर्छ । मिहिन धागोबाट गरिएको इम्ब्रो इडरीले कुर्तीलाई रोयल लुक प्रदान गर्छ ।

कैयन् कटन कुर्तीमा चौडा लेस र जरीगोटाको वर्कसमेत गरिएको पाइन्छ । नेकलाइन र घेरामा प्याच वर्कको प्रयोग पनि देख्न सकिन्छ । कटन कुर्तीमा बिट्स वर्क वा से ल्फमा भएका काम पनि राम्रो हुन्छ ।

सिल्क कुर्ती ः यस खालका कुर्तीलाई पार्टी वेयरका रूपमा प्रयोग गरिन्छ । आजभोलि पि्रन्टेड पनि फेसनमा रहेको पाइन्छ । पि्रन्टेड सिल्कका कुर्तीमा ह्यान्ड इम्प्रोइडरी,  जरदोजी वर्क, सिक्वेन्स, मिरर वर्क आदिले आकर्षक लुक प्रदान गर्छ । यस खालका कुर्ती सर्ट, मिडियम, लार्ज तीनवटै साइजमा उपलब्ध छन् । यिनलाई पाइजामा, स्लेक्स,  पटियाला वा ट्राउजरका साथ लगाउन सकिन्छ ।

डेनिम कुर्ती ः डेनिम कुर्ती प्लेन र सेल्फमा काम गरिएका दुवै थरी पाइन्छन् । यसप्रकारका कुर्ती ब्लु कलरका अतिरिक्त अन्य सेड्समा पनि उपलब्ध छन् ।

क्रेप कुर्ती ः यस खालका कुर्तीले हल्का, सफ्ट र आरामको अनुभूति प्रदान गर्छन् । क्रेपका कुर्तीमा स्टोन र क्रिस्टल वर्क पनि गरिएको पाइन्छ । सिक्वेन्स तथा थे्रड वर्क  गरिएका कुर्ती विशेषगरी कलेज युवतीहरूबीच हट आइटमका रूपमा परिचित छन् ।

लेजर कुर्ती ः यसप्रकारको कपडाले आफैमा एउटा अलग प्रकारको लुक प्रदान गर्छ । यसखालको कुर्ती ट्रान्सपरेन्ट हुन्छन् । फेसनेबल एवं ग्ल्यामरस लुक चाहनेहरूका लागि  यसप्रकारका कुर्ती उपयुक्त हुन्छन् । यसलाई इनरका साथ पनि लगाउन सकिन्छ । यसमा पनि मिरर वर्क, सिक्वेन्स तथा जरदोजी आदि गर्न सकिन्छ ।

खादी कुर्ती ः खादीको कुर्तीले सिम्पल र सोबर लुक प्रदान गर्छ । खादीमा वुडन बिड्स वर्क आकर्षक देखिन्छ । यसप्रकारका कुर्ती जिन्सका साथ बढी सुहाउँदिला हुन्छन् ।

प्रकाशित अंकहरू