पहिलो विश्व»
बडी पेन्टिङमा झन्डै रोक
न्युयोर्कका एन्डी गोलुब बडी पेन्टिङका क्षेत्रमा विश्वचर्चित चित्रकार मानिन्छन् । उनले अहिलेसम्म हजारौं महिला तथा पुरुषको निर्वस्त्र शरीरमा विभिन्न चित्र सिर्जना गरेर प्रदर्शन गरिसकेका छन् । यसबाहेक उनी कहिले सामूहिक रूपमा बडी पेन्टिङ गर्छन् भने कहिले ग्यालरीमा देखाउँछन् । गत शनिबार उनले न्युयोर्कमा आयोजित ३६ औं न्युयोर्क हलोविन महोत्सवमा सडकपेटीमै बसेर महिला तथा पुरुषको निर्वस्त्र शरीरमा चित्र सिर्जना गरे । उनको चित्र हेर्न ठूलै भीड लागेको थियो । सडकपेटीमा निर्वस्त्र चित्र बनाउन थालेपछि उनलाई न्युयोर्कको प्रहरीले रोक्ने प्रयास गर्यो, तर उनले आफ्नो वकिललाई बोलाएर न्युयोर्कले सन् १९९२ देखि निर्वस्त्र हिंडडुल गर्न दिने कानुन पारित गरेको जानकारी गराएपछि उनको चित्रकारिताले निरन्तरता पाएको थियो ।













