केवल एक प्रश्न»
तपाईंलाई काठमाडौंमा दिक्क लाग्ने कुरा के-के हुन् ? किन ?
काठमाडौंमा मलाई सबैभन्दा दिक्क लाग्ने दुई कुरा फोहोर तथा ट्राफिक जाम हुन् । फोहोर मन पराउने मान्छे त को नै होला र ? ट्राफिक जामको बढ्दो समस्याले झनै दिक्दारी बढाएको छ । समयमा कहीं पनि पुग्न पाइँदैन, धूलो र धूवाँको प्रदूषण त छँदैछ ।
वीरेन श्रेष्ठ -नायक)
काठमाडौंमा दिक्क लाग्ने कुरा त धेरै छन्, तर म आफ्नै जीवनको दिक्क लाग्ने कुरा भन्न चाहन्छु । म्युजिक भिडियो छायांकनको सबै कुरा मिलाएर लोकेसनमा पुग्दा घाम तथा पानीका कारण छायांकन हुन नसक्दा मलाई साहै्र दिक्क लाग्छ ।
रेश्मा सुनुवार -गायिका)
दिक्क लाग्ने कुरा त धेरै छन् तर दुईवटा मात्र भन्नुपर्ने हो भने म काठमाडौंको प्रदूषण तथा ट्राफिक व्यवस्थापनको समस्याबाट दिक्क छु । काठमाडौंको वातावरण प्रदूषणबाट त सबै जना दिक्क छन्, झन् सार्वजनिक सवारी साधनको बल मिचाइँका कारण काठमाडौंमा आफ्नो सवारीमा सोचेको ठाउँमा सही समयमा पुगौंला भन्ने नसोचे पनि हुन्छ ।
अर्जुन कुमार -गायक/निर्माता)
काठमाडौंका दिक्क लाग्ने कुरा भनेर साध्य छ र ? तैपनि मुख्य दुई दिक्क लाग्ने कुरा भन्नुपर्दा पहिलो हामी केटीहरूले बाइक कुदाउँदा केटाहरूले पेल्ने प्रवृत्ति, दोस्रो यहा ँको प्रदूषण ।
रेजिना उप्रेती -नायिका)
देशकै राजधानी काठमाडौंमा दिक्क लाग्नुपर्ने कुनै पनि कुरा नहुनुपर्ने हो, तर विडम्बना दुईवटै कुराले हामी सबैलाई दिक्क बनाइरहेको छ । पहिलो त काठमाडौंको कहिल्यै समाधान नहुने फोहोरको समस्या अनि अर्कोचाहिं ट्राफिक जाम । यी दुई कुराको समाधान हुने हो भने काठमाडौंमा दिक्क लाग्ने कुनै कुरा बाँकि रहँदैन ।
नितिन थापा -गायक/संगीतकार)













