लभगुरु»

लभगुरु

पाठकहरूको प्रेम जिज्ञासा एवं समस्या समाधान गर्ने उद्देश्यले  हामीले यो स्तम्भ सुरु गरेका हौं। आफ्ना प्रेमसम्बन्धी विभिन्न समस्या हामीलाई लेखिपठाउनु होस्। ती  समस्याको समाधान विभिन्न विशेषज्ञको राय-सल्लाहअनुरूप नायिका रेखा थापाले खोज्ने प्रयास गर्नुहुनेछ। यो स्तम्भका लागि  कुनै शुल्क लाग्नेछैन। आफ्नो समस्या  साप्ताहिकको ठेगानामा पठाउनुहोला।

म २५ वषर्ीया प्लस टु उत्तीर्ण अविवाहित युवती हुँ । हाल एक गैरसरकारी सामाजिक संस्थामा कार्यरत छु । म आफ्नो खुट्टामा आफैं उभिने लक्ष्यका साथ स्नातक अध्ययन  गरिरहेकी छु र आठ-दस वर्षसम्म विवाह नगर्ने सोच छ । पाँच वर्षअघिको कुरा हो, गाउँकै एक जनाले मेरो घरको कोठामा कोही नभएको अवस्थामा मलाई जबरजस्ती  गरेको थियो । त्यसबखत अरूले थाहा पाए इज्जत जाने डरले कसैलाई केही भन्न सकिनँ । केही दिनसम्म सार्‍है पीडा अनि मानसिक तनाव भयो । केही महिनापछि एक  किसिमको काउकुतीजस्तो अनुभूति हुँदै यौनचाहना बढेर आयो । सहनै नसकी छटपटीमै विपरीत लिंगीप्रति नजिक हुन मन लाग्यो । यसै क्रममा धेरै केटा साथी -बढीजसो  विवाहित पुरुष) सँग आकषिर्त हुँदै घनिष्ठता बढ्यो । यसबीच दिदीका श्रीमान् -भिनाजु) सँग पनि लगातार एक-दुई हप्ता बिराएर सम्बन्ध राखिरहेकी छु । मलाई भिनाजुले  निकै माया गर्नुहुन्छ । म पनि उहाँलाई माया गर्छु । उहाँले धेरै पटक विवाहको प्रस्ताव पनि राख्नुभयो, तर मैले विवाह होइन, माया र शारीरिक इच्छापूर्तिमा मात्र सीमित  राखौं भनेकी छु । त्यसमा उहाँ सहमत हुनुहुन्छ, तर मलाई डर छ, भविष्यमा यसले केही नराम्रो प्रभाव पार्ला कि ? म के गरूँ ?

-म

तपाईंलाई केही नराम्रो होइन, धेरै नराम्रो प्रभाव पर्ने डर छ । त्यसैले समयमै सतर्कता अपनाएर जीवनशैली नै परिवर्तन गर्नतर्फ लाग्नु उचित हुन्छ । आफ्नो खुट्टामा  आफैं उभिने अठोट लिएकी तपाईंजस्ती महिला यस प्रकारले गलत बाटोतर्फ उन्मुख हुनुभयो भने भविष्य अन्धकार हुने सम्भावना छ । जीवनमा एकपटक नराम्रो घट्ना  घट्यो, आफ्नो इज्जतका खातिर दोषीलाई सजाय दिनेतर्फ सोच्न सक्नुभएन । तपाईं नजानिँदो पाराले आफ्नै दिदीको इज्जत पनि लुटिरहनुभएको छ । यदि तपाईं र  उनका श्रीमान्बीचको सम्बन्ध कथंकदाचित खुलेर बाहिर आयो भने तपाईंकी दिदीको अवस्था कस्तो होला ? यो स्तम्भमा हामी प्रेम-समस्याका समाधान खोज्ने प्रयत्न  गछौर्ं । तपाईंको समस्या प्रेम-समस्या होइन, यो सामाजिक समस्या हो । यदि तपाईंको क्रियाकलापबाट पर्दा उठ्यो भने साली र भिनाजुबीचको सम्बन्धलाई समाजमा  शंकाका दृष्टिकोणले हेरिनेछ । यदि तपाइर्ं आफ्नो उज्ज्वल भविष्य चाहनुहुन्छ भने आठ-दस वर्ष पर्खने होइन, तत्काल कुनै सुहाउँदो युवक खोजेर विवाह गर्नुहोस् ।  त्यसबाट तपाईंको शारीरिक तथा मानसिक आवश्यकता पूरा हुनेछ । विवाह गरेर पनि आफ्नो लक्ष्यमा सफल भएका अनेकन महिला हाम्रो समाजमा छन् अनि भिनाजुस ँगको सम्बन्धमा आजैका मितिबाट पूर्णविराम लगाउनुहोस् । सकिन्छ भने केही समयका लागि उनको नजरबाट टाढा जानुहोस् । फेरि अन्य मानिसहरूसँग पनि आकषिर्त  हुने गरेको बताउनुभएको छ, जताततै जो पायो त्यहीसँग सम्बन्ध राख्दै हिंड्नुभयो भने त झनै समस्यामा पर्ने डर रहन्छ । समयमै आफ्नो चाहनामा लगाम लगाउनु नै  उचित हुन्छ ।

प्रकाशित अंकहरू