गसिप»

सर्प देखेर डराइन् रेखा

'म त विराटनगरको मान्छे हुँ, सर्पसँग पटक्कै डर लाग्दैन ।' रेखा थापा आफ्ना छेउछाउमा उभिएकाहरूलाई भन्दै थिइन् । रेखाको कुरा सुनेका सपेराले पनि सोचे होलान्,  'खासै गार्‍हो हुने भएन ।' जब खैरो सर्प रेखाको अगाडि आइपुग्यो क्रमशः डराएजस्तो गरिन् उनले, 'हेर्न पो डर लाग्दैन त, समाउन त डर लागिहाल्छ नि ।' खास कुरा  भनिन् रेखाले । नायिकालाई डर लागोस् कि नलागोस्, सर्प हातमा लिएर नाच्नैपर्ने बाध्यता थियो, 'ल ल रेखा, नडराई समाऊ ।' नृत्य निर्देशक वसन्त श्रेष्ठले उर्दी जारी  गरे । भित्रभित्रै डर लागे पनि रेखाले पटक्कै डर नलागेजस्तो गर्दै नाचिन् । ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' को सुटिङको अन्तिम दिनको  दृश्य यस्तै थियो । गीतलाई राम्रो बनाउन नायिकाले हातमा सर्प लिंदै नाच्नुपर्ने भए पनि अहिलेसम्म सर्पसँग जम्काभेट नभएकाले आफूलाई सर्प देखेर डर लागेको रेखाले  बताइन् ।

प्रकाशित अंकहरू