प्रविधि»
हराए पनि चिन्ता नहुने मोबाइल
फ्रान्सस्थित सेजम कम्पनीले निर्माण गरेको ब्ला ब्रान्डका ६ किसिमका मोबाइल सेट इस्टेल नेटवर्कले नेपाली बजारमा भित्र्याएको छ । विभिन्न मोडलका यी सेटको मुख्य विशेषता भनेकै मोबाइल हराए पनि हराएको मोबाइलमा रहेका सूचनाहरूलाई तान्न सक्नु हो । कम्पनीका अनुसार यो ब्रान्डका सबै मोबाइल सेटमा रहेको सफ्टबेयरमा मोबाइल हराए सूचना दिने नम्बर राखेको खण्डमा हराएको मोबाइल सेटलाई अर्कै सिमकार्ड राखेर चलाए पनि प्रयोगकर्ताको नम्बरसमेत हराउने व्यक्तिले पहिले राखेको नम्बरमा एसएमएसका रूपमा आउँछ । ५६८ एक्स मोडलको मोबाइल सेटमा दुईवटा जीएसएम सिम कार्ड जडान गर्न सकिन्छ । कि प्याड भए पनि यसलाई टच स्त्रिmनबाट पनि चलाउन सकिन्छ । १ दशमलव ३ मेगापिक्सेलको क्यामेरायुक्त यो सेटले स्टिल फोटो र भिडियोसमेत खिच्न सक्छ । यसमा एफएम रेडियो सुन्न मात्र होइन, एफएमबाट प्रसारण भएका गीत-संगीत तथा सूचनाहरूलाई रेकर्डसमेत गर्न सकिन्छ । एडप्टरबाहेक कम्प्युटरको युएसबी पोर्टबाट समेत चार्ज गर्न सकिने यो सेटको नेपाली बजार मूल्य ८ हजार ९ सय ९० रुपैयाँ छ ।













