मुख्य समाचार»
बहुचर्चित भिडियो क्लिप्सहरूको वरिपरि
चलचित्र अभिनेत्री तथा मोडलहरूको नितान्त व्यक्तिगत भिडियो क्लिप बाहिर आएपछि हाम्रो समाजको यौनप्रतिको धारणा छरस्पष्ट भएको छ । यस्तो सम्बन्धका कारण कसैलाई दण्ड सजाय दिनु उपयुक्त हुन्छ-हुँदैन, अहिलेको सबैभन्दा ज्वलन्त प्रश्न यही हो । हाम्रो समाजमा एघार-बाह्र वर्ष मात्र पुगेकी बालिकाले आफनो परिवारजनभन्दा बाहिरको कुनैे पुरुषसँग बोल्दा आफनो वरिपरीको वातावरण हेरेर मात्र बोल्नुपर्ने बाध्यता भएको छ । यसले हाम्रो समाज महिलाहरूप्रति कति कठोर र नकारात्मक छ त्यसलाई स्पष्ट गर्छ । हाम्रो समाजले महिलालाई बाल्यकालदेखि नै उसको मनोबल तोडेर मानसिक रूपले अपाङ्ग बनाउँदै आएको छ । यस्तो सामाजिक वातावरणमा हुकिर् एकी बालिकाले आफनो व्यक्तित्वको समूचित विकास कदापि गर्न सक्दिन । सामान्य रूपमा हेर्दा यस्ता घटना व्यक्तिगत जीवनसँग सम्बन्धित निजी घटनाजस्ता देखिए पनि त्यसबाट उत्पन्न प्रतिक्रियाले हाम्रो विरोधाभासपूर्ण सामाजिक मान्यताको चिरफार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
मानिसका लागि यौन पनि भोक, तिर्खा र निन्द्राजस्तै जैविक आवश्यकता भएकाले यौनलाई पनि मानवअधिकारभित्र राख्न थालिएको छ, अर्थात् यौनकृया गर्न पाउनु मानिसको नैसर्गिक अधिकार हो । मानिसबाहेक अन्य प्राणीले कपडा लगाएर गोप्य अङ्गहरूलाई ढाक्दैनन्, न त यौनकार्यलाई नै लुकाउँछन् । चेतना र विवेकलाई झिकिदिने हो भने मानिस पनि एउटा जनावर नै हो । त्यसैले त्यसको गुण मानिसमा पनि देखा पर्नु स्वाभाविक हुन्छ । फरक के मात्र छ भने अन्य प्राणीको यौन केवल सृष्टि सञ्चालनका लागि मात्र हो भने मानिसको सन्दर्भमा अधिकाशतः मनोरञ्जनका लागि हो, तर यौनले आनन्द मात्र दिँदैन, त्यससँगै यसले महिलाहरूको सन्दर्भ प्रसव व्यथाजस्तो असहनीय पीडा पनि दिन्छ, पुरुषले यौन पाउन महिलालाई खुसी पार्नुपर्ने हुन्छ र त्यसका लागि धेरै कुरामा बलिदान गर्नुपर्ने पनि हुनसक्छ ।
मानिसमा भोक मात्र भए नखाएरै उसको अस्तित्व समाप्त हुन सक्थ्यो, त्यसैले प्रकृतिले खानाको स्वाद थाहा पाउने जिब्रोको व्यवस्था गरिदियो । त्यसैगरी सृष्टिका लागि यौनअंगको मात्र व्यवस्था गरेको भए मानवले यौनकार्य गर्ने थिएन, जसले सृष्टि नै समाप्त हुन सक्थ्यो । प्रकृतिले सृष्टिलाई कायम राख्न एक-अर्काप्रति अत्यन्तै आकषिर्त हुने गरी स्त्री र पुरुषको निर्माण गर्यो । यति मात्र होइन, एक-अर्कालाई तीव्र रूपमा आकषिर्त गर्ने भिन्न-भिन्न शारीरिक रचना, स्वरमा भिन्नता, बानी-बेहोरा र चरित्रमा भिन्नता, भावनामा भिन्नता र भिन्न-भिन्न यौनअङ्गको रचना र ती अङ्गहरूमा आनन्दको अनुभूति हुने व्यवस्था गर्नुको एउटै उद्देश्य हो— मानिस यौनकार्य गर्न बाध्य होस् र सृष्टिको कार्य निरन्तर रूपमा अघि बढोस् । यस अर्थमा मानिसको मनमा यौन भावना आउनु र यौनकार्य गर्नु भनेको प्रकृतिको आदेशको पालन मात्र हो । त्यसैले मानवजातिले आपmनो विकासक्रममा रोक्नै नसकिने यौनलाई व्यवस्थित गर्न र त्यसबाट स्वभाविक रूपमा उत्पन्न हुने परिणामहरूलाई पनि व्यवस्थित तुल्याउन विवाह प्रणालीको विकास गरेको हो । यही कारणले विश्वप्रसिद्ध मनोविश्लेषक सिगमन्ड प|mायडले विवाहलाई कानुनी वेश्यावृत्ति भनेका हुन् । जहाँ तत्कालीन कानुन र समाजले विपरीत दुई लिङ्गीलाई यौनक्रिया गर्न र सन्तान उत्पन्न गर्न अनुमति दिएको हुन्छ र ती दुई लिङ्गीले माता र पिताको दर्जा प्राप्त गर्छन् ।
विश्वका प्रायः सबै धर्मले यौनलाई सकेसम्म नियन्त्रित गर्ने प्रयास गर्दै आएका छन् र विश्वका सबै धर्मले विवाहभित्रको यौन कार्यलाई मात्र स्वीकृति दिएका छन्, तर यो पनि सत्य हो कि धर्म, कानुन तथा समाजले विवाह प्रणाली खारेज गर्न सक्छ तर यौन कार्य रोक्न सक्दैन । यथार्थमा यौनकार्य पूर्णतः जैविक विषय भएकाले यसमाथिको नियन्त्रण असम्भव भएको हो । आजका पश्चिमा राष्ट्रहरूमा विवाहपूर्व नै सँगै बस्ने र सन्तान जन्माउने आमप्रवृत्तिले मानवजातिले विकास गरेको भनिएको विवाह प्रणालीको खिल्ली मात्र उडाएको छैन, यो अनावश्यक संस्कारका रूपमा समेत देखिन थालेको छ । स्वेच्छाले जोसँग पनि सम्बन्ध राख्न पाइने मान्यताको विकास हुँदै गएको छ । सिगमन्ड प|mायडले मानवजीवनको मूल आधार नै यौनलाई मानेका छन् । उनका अनुसार एउटा स्वस्थ मानिस बन्न पानी, भोजन, निन्द्रा र यौन सबैको आवश्यकता हुन्छ । आजभन्दा झन्डै २ हजार ४ सय सय वर्षअघिका ग्रीक दार्शनिक प्लेटोले संसारको सबैभन्दा खराब संस्था विवाहलाई मानेका थिए । त्यसैले उनले आदर्श राज्यमा अरूका लागि सम्भव नभए पनि कमसेकम शाषकवर्गले विवाह गर्न नपाउने व्यवस्था हुनुपर्ने कुरा उल्लेख गरेका छन् ।
अरू धर्मले जस्तै हिन्दू धर्मले पनि यौन संयम एवं ब्रह्मचर्यमा बल दिएको छ, तर संसारमा सृष्टिको कारक यौनलाई पूजा गर्ने हिन्दू धर्म मात्र हो । हिमालय पर्वतमा बसोबास गर्ने महादेवको लिङ्ग र उनकी पत्नी सतिदेवीको योनिकोे प्रतीक हो शिवलिङ्ग, जसलाई हामी पूजा गर्छौं । पशुपति र गुह्येश्वरी यसका साक्षात् रूप हुन् । हिन्दू धर्मशास्त्रहरूमा महिलाले समेत पुरुषसँग यौनयाचना गरेका सन्दर्भहरू प्रशस्त देख्न सकिन्छ । स्वर्गका राजा इन्द्रले सुन्दरी महिला अर्थात् अप्सराहरूलाई प्रशस्त प्रयोग गरेका छन् । त्यसैगरी उनले यौनका प्रतीक भगवान कामदेव र रतिदेवीलाई पनि उत्तिकै उपयोग गरेका छन् । महाभारतकालमा परासर ऋषिले मत्स्यगन्धालाई गंगा नदी तर्दा उनकै डुङ्गामा संसर्गर् गरेका थिए जसबाट वेदव्यास जन्मिएका हुन् । हिन्दू मठ-मन्दिरका टुँडालहरूमा यौन आसनका विभिन्न रूप प्रत्यक्ष रूपमा देख्न सकिन्छ, जसलाई हाम्रो समाजले अश्लील मानेको छैन । ती मन्दिरमा हिन्दू महिलाहरू दैनिक पूजाआजाका लागि जान्छन् ।
आजभन्दा झन्डै १ हजार ८ सय वर्षअघि यही भारतिय उपमहाद्वीपमा जन्मिएका वात्सायनले ८४ आसनसहितको कोकशास्त्र लेखे । एक्काइसौं शताब्दीका अर्का दार्शनिक ओशोले यौनलाई सर्वसुलभ र सहज बनाइनुपर्नेर्े मान्यता राखे । मानव मनभित्र अतृप्त रूपमा रहने यौनवासनाका कारण मानवीय चेतनाको दुरुपयोग भैरहेको भनाइका कारण उनी भारतबाट मात्र होइन, अमेरिकाजस्तो मुलुकबाट समेत निकालिए । त्यस्तै युरोपमा सिगमन्ड प|mायडले मात्र होइन, यस्तै मान्यता राख्ने बेलायतका पछिल्ला दार्शनिक बर्तन्ड रसेलले समेत कठोर आलोचना सहनुपर्यो । रसेलका अनुसार तत्कालीन बेलायती पुरुषहरू महिलाको कुर्कुच्चा मात्र देख्दा पनि उत्तेजित हुन्थे । अहिले बे लायती पुरुषको कुरा छाडिदिउ“m, नेपालका पुरुष समेत ब्रा र पेन्टीमा मात्र सजिएकी महिलालाई पनि सामान्य रूपमा लिन थालेका छन् । जननेता बी.पी कोइरालाले नरेन्द्र दाइ र तीन घुम्तीजस्ता आफना उपन्यासमार्फत यौन स्वतन्त्रताको वकालत गरेका छन् । नेपालकी एक प्रसिद्ध महिलावादी लेखिकाले पनि एक अन्र्तवार्तामा आफू सधैं आफ्नो पतिमाथि रहेर यौनसम्पर्क गर्ने गरेको खुलासा गरेकी थिइन् । विश्वप्रसिद्ध महिलावादी प|mान्सेली महिला साहित्यकार सिमोद दि वाउवारले आफनो पुस्तक त्जभ क्भअयलम क्भह मा महिला यौन स्वतन्त्रताका सम्बन्धमा जोडदार वकालत गरेकी छिन् । आजका मानवशास्त्रीहरूका अनुसार मानवीय चेतनाको उच्चतम विकासका लागि यौन स्वतन्त्रता आवश्यक छ । उनीहरूको भनाइअनुसार मानवसमाजले यसमाथि नियन्त्रण गर्ने प्रयास गर्दै आएका कारण मानवीय चेतनाको सम्भावित विकासलाई अवरुद्ध तुल्याएको छ ।
जहाँसम्म चर्चामा रहेका भिडियो क्लिपहरूको प्रश्न छ, अविवाहित कुमारी युवतीले उन्मुक्त शैलीमा शारीरिक सम्बन्ध राख्नु हाम्रो परम्परागत मान्यताको ठाडै विपरीत छ । युवतीहरू आपmना प्रेमीलाई खुसी पार्न त्यस्तो शैलीमा प्रस्तुत भएजस्ता देखिन्छन् । प्रकृतिका दृष्टिमा तिर्खाएको समयमा पानी खानका लागि गिलास मुखमा राख्नु र यौ नइच्छाको समयमा आफ्नो पुरुष साथीको लिङ्ग समाएर आफ्नो योनिमा राख्नुको एउटै अर्थ छ । त्यो कार्यले पूर्णतः स्वस्थ युवतीको संकेत गर्छ । यो प्रकृतिप्रदत्त कार्य हो । यस अर्थमा त्यहाँ हाम्रो यौनसम्बन्धी सामाजिक मान्यता मात्र तोडिएको छ, किनभने उनीहरू विवाहित होइनन् र ती पुरुष उनीहरूका पति पनि होइनन् । हाम्रो सामाजिक मान्यताअनुसार पतिबेगरको सम्बन्ध अश्लील हो । यही अर्थमा युवतीहरू दोषको भागीदार भएका हुन् । यो दोषबाट बच्ने एक मात्र विकल्प हुनसक्छ, त्यही पुरुषसँग विवाह ।
जहाँसम्म भिडियो क्लिपका कारण समाजमा जस्तो धारणा बन्न पुग्यो त्यसका बारेमा हामीले सही विश्लेषण गर्नैपर्छ । कुनै पनि व्यक्तिको त्यस्तो व्यक्तिगत व्यवहार सावर् जनिक हुने हो भने कसैप्रति पनि हाम्रो श्रद्धा समाप्त हुन सक्छ । आफ्नै माता-पिताप्रतिको श्रद्धा पनि समाप्त हुन्छ । मूल प्रश्न के हो भने यौनका आधारमा व्यक्तिको मूल्याङ्कन कत्तिको यथार्थ र वैज्ञानिक हुन सक्छ ? के यौनश्रद्धा वा अश्रद्धा, ठीक वा बेठीक हुन सक्छ ? श्लील अश्लील हुन सक्छ ?
के बुझनु आवश्यक छ भने कठिन मेहनत र परिश्रमबाट बनेको सार्वजनिक छविका कारण यस्तो सम्बन्ध यति ठूलो समस्याका रूपमा आएको हो । यो निश्चित रूपमा उनीहरूको सफलताका कारण उब्जिएको समस्या पनि हो । रातारात हजारौंको सख्यामा यस्ता क्यासेटको प्रसारले उनीहरूको प्रसिद्धि कति रहेछ त्यो पनि देखियो । प्रशंसकहरू आफ्ना सेलीब्रेटीलाई त्यो रूपमा देख्न चाहँदा रहेनछन् भन्ने पनि बुझनु आवश्यक छ । सार्वजनिक जीवनमा प्रवेश गरेपछि अपनाउनुपर्ने व्यवहार उनीहरूले बुझेको देखिएन । यस्तो कठिन समयमा उनीहरूको समर्थनमा बोल्ने कुनै महिलावादीसमेत अगाडि आएको देखिएन । सभम्वतः यस्तो विषयमा बोल्दा आफू पनि समाजबाट अलग्गिने सम्भावनाका कारण यस्तो भएको हुनुपर्छ ।
जर्मन दार्शनिक कोपरनिकसले पहिलोपल्ट पृथ्वीको वरिपरि सूर्य होइन, पृथ्वी सूर्यको वरिपरी घुम्छ भन्दा उनलाई तत्कालीन समाजले घोर अपराधी ठहर गर्दै उनको जिउँदै छाला काढेर मारेको थियो । कतै हामीले यस्ता विषयमा पनि त्यस्तै निर्णय त गरिरहेका छैनौं ? किनभने आउँदो दुई-तीन दशकभित्रै यस्तो कार्यलाई यही हाम्रो समाजले सामान्य रूपमा लिनेछ । उनीहरूले आफ्नो देश र समाजको अहित हुने कुनै कार्य गरेका छैनन । आफ्नो यौनइच्छा कहिले, कोसँग र कसरी पूरा गर्ने हो त्यो सर्वथा व्यक्तिगत अधिकार हो । यो अधिकारको हामीले सम्मान गर्नुपर्छ, तर यसको अर्थ कदापि यो होइन कि सबैका छोराछोरीले त्यस्तै गरून्, निश्चित रूपमा यो ठूलो मानवीय भूल हो ।
हामीले व्यक्तिको प्रतिभा हेर्नुपर्छ र प्रतिभाशाली व्यक्तिलाई अघि बढ्ने वातावरण बनाइदिनुपर्छ । पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको आफ्नै कर्मचारी मोनिका लेबे न्स्कीसँगको शारीरिक सम्बन्धका कारण उनले महाभियोगको सामना गर्नुपर्नेसम्मको अवस्था आयो । बिल क्लिन्टनले कसैसँग शारीरिक सम्बन्ध राखेका कारण नभै उनी राष्ट्रपति बिल क्लिन्टन भएकाले कारबाही हुनुपर्ने खासगरी रिपब्लिकनहरूको मान्यता थियो । राष्ट्रपति देशको आदर्श हुने भएकाले उसको चरित्र अन्य व्यक्तिको भन्दा उच्च हुनुपर्ने मान्यताका आधारमा उनीमाथि कारबाहीको माग गरिएको थियो, तर अमेरिकी जनताले उनकी श्रीमतीलाई आपत्ति छैन भने हामीले किन आपत्ति ? अनि क्लिन्टनले आफ्नो कार्यभार राम्रैसँग सञ्चालन गरिरहेका छन् भने उनी कसरी दोषी हुन्छन् भन्ने आधारमा उनलाई माफी दिइयो । हामीले हाम्रो सन्दर्भमा पनि यसरी नै मूल्याङ्कन गर्ने हो कि ? यौनलाई कति खुला राख्ने भन्ने विषयमा मानवसमाज सदैव विभाजित हुँदै आए पनि यौनलाई मानव प्रतिभाबाट निरपेक्ष राख्ने हो कि ?
लेखक नेपाल स्केन्डिनेभिया अध्ययन केन्द्रका महासचिव, नेपाल रूस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अवैतनिक सचिव, विजय मल्ल स्मृति समाजका कार्यकारी सदस्य तथा नाडा अटो न्यूज -नेपाल अटोमोवाइल डिलर्स एशोसिएशनअन्तर्गत प्रकाशित) का सम्पादक हुन् ।













