मुख्य समाचार»
डिजिटल मिसयुज
प्रविधी विकाससँगै मानव जीवनशैली जति सहज बनेको छ, त्यतिकै जटिल पनि । यसको उदाहरण खोज्न कतै जानुपर्दैन, नेपाली जीवनशैलीलाई नै हेरे पुग्ने भएको छ । विगत आधा दशक यता नेपाली नागरिक प्रविधीसँग राम्रैसँग अभ्यस्त भएका छन्, तर प्रविधीलाइ अनावश्यक रुपमा प्रयोग गर्ने क्रममा कतिपय विषयवस्तुमा गोप्य रहन रुचाउने यो समाज अहिले क्रमशः नाङ्िगन थालेको महशुष हुन थालेको छ । साप्ताहिकका सुव्रत आचार्य र विदुर खतिवडाले ँडिजिटल मिसयुज’ का विषयमा तयार पारेको सामाग्री ः
उदाहरण १ ः केही समयअघि विदेशमा अध्ययनरत एक नेपाली युवतीले 'न्याकेड भिडियो'का कारण आत्महत्या गरेको हल्ला चल्यो । इन्टरनेटमार्फत 'वेबक्याम च्याट' गर्ने क्रममा अर्को पक्षले उनको नग्नशरीर 'क्याप्चर' गरेपछि तयार भएको भिडियो सार्वजनिक भएपछि उनले आत्महत्याको बाटो रोजेको बताइन्छ । च्याट पार्टनरलाई उनले आफ्नो अंगप्रत्यङ्ग देखाएको दृश्य युवापुस्तामाझ चर्चामा थियो ।
उदाहरण २ ः ०६२ सालमा पहिलो छुट्टी लिएर काठमाडौा आएका धरानका राई थरका एक लाहुरे धरानस्थित घर नगै काठमाडौाबाटै बेलायत फर्किए । आफ्नी प्रेमिकासाग बेलायतको एक होटलमा खिचिएको सेक्स भिडियो देशभर फैलिएको जानकारी पाएपछि उनी चार दिन काठमाडौा बसेर उतै फर्किएका थिए । त्यसयता उनी घर आएका छैनन् । घर पठाएको कम्प्युटर बिगि्रएपछि मर्मत गर्न दिने क्रममा उक्त भिडियो सार्वजनिक भएको थियो । विभिन्न आशन र अश्लील संवादसहित साथीकी श्रीमतीसँग खिचिएको उक्त सेक्स टेप एक घण्टाभन्दा लामो छ । छोरीलाई परपुरुषसाग लहसिएको देखेपछि युवतीका बुबाले आत्महत्याको प्रयास गरेका थिए । युवती पनि त्यसयता नेपाल आएकी छैनन् ।
उदाहरण ३ ः पोखरा रानीपौवाकी एउटी मासुपसले महिला र मासु सप्लायरबीच भएको यौनसम्पर्कलाई कसैले मोबाइलमा कैद गर्यो । पााच मिनेट लामो उक्त दृश्यको भिडियो क्लिप्स सार्वजनिक भएपछि महिलालाई छिमेकीहरूले प्रहरीसमक्ष बुझाइदिए । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार मासुपसले महिलाका श्रीमान्ले नै त्यो द ृश्य आफूसागै खिचेको बताएर उनलाई बचाए ।
-हिमाल, वर्ष १८, अङ्क ०७ बाट)
उदाहरण ४ ः दृश्यमा काठमाडौंको कुनै मन्दिर परिसर देखिन्छ । मन्दिरको कुनामा एक युवा र युवती आलिङ्गनमा छन् । उनीहरूबीच यौनक्रिया भैरहेको स्पष्ट देखिन्छ । कसैले मोबाइलबाट यो दृश्य खिचेको भए पनि उनीहरू त्यस विषयमा अनभिज्ञजस्ता देखिन्छन् । यो सेक्स भिडियो अहिले प्लस टु जेनेरेसनका थुप्रै युवाको मोबाइलमा दे ख्न सकिन्छ ।
उदाहरण ५ ः 'हरामी ....' शीर्षकमा ५ मिनेट १० सेकेन्ड अवधिको एउटा सेक्स भिडियोमा पुरुष र महिलाबीचको सहवास देखिन्छ । एउटै एंगलबाट खिचिएको उक्त भिडियोमा उनीहरू विभिन्न आसनबाट क्रीडामा संलग्न छन् । ४ मिनेट ८ सेकेन्डपछि महिला कामोत्तेजनामा चिच्याएर बोलेको नेपाली शब्दबाट ती महिला नेपाली हुन् भन्ने प्रस्ट हुन्छ । यसलाई इन्टरनेट सफिर्ङ गर्नेहरूले सहजै देख्न सक्छन् भने केही युवाको मोबाइलमा पनि यो भिडियो छ ।
उदाहरण ६ ः कुनै पार्कमा यौनकार्यमा संलग्न भएका एक जोडीलाई कुनै समूहले समातेपछि मोबाइलमार्फत केटा र केटीको अर्धनग्न भिडियो खिचिएको छ । 'गोदावरी' शीर्षकको ३० सेकेन्डको उक्त भिडियोमा कलेज युनिर्फममा रहेका ती जोडीमध्ये केटीले रुँदै 'आज फस्र्ट टाइम आएको, म आएको थिइनँ पहिले साँच्चै..आइ स्वेर..' शब्द बोलेकी छिन् भने समात्ने समूहमध्ये मोबाइलबाट भिजुअल खिच्नेले 'यस्तो यार, ड्रेसमा पनि आउने त यार' भनेर हकारेको जस्तो गरेका छन् ।
कति होलान् ?
नेपाली 'सेक्स भिडियो' यति नै छन् भनेर यकिनका साथ भन्न नसकिए पनि 'नेपाली' भनिएका भिडियोहरू सयभन्दा बढी रहेको बताइन्छ । तीमध्ये केहीमा नेपाली भाषामा कुराकानी गरिएका तथा नेपालको पृष्ठभूमिमा खिचिएकाले ती भिडियोमा देखिएका मानिस नेपाली नै हुन् भनेर अनुमान गर्न सकिन्छ । कतिपय भिडियो बेडरुममा खिचिएको तर आवाज नभएको वा आवाज प्रस्ट नभएकाले नेपालीकै हो-होइन यसै भन्न सकिँदैन । हालै चर्चामा आएका दुई नेपाली सेलिब्रेटीका सेक्स भिडियोमा अंग्रेजी बोलिए पनि परिचित व्यक्तित्वका कारण उनीहरूलाई चिन्न गाह्रो परेन । एक हार्डवेयर तथा सफ्टवेयर प्राविधिकले भने- 'मसँग त्यस्ता थुप्रै भिडियो छन् ।' उनका अनुसार कम्प्युटरमा समय व्यतीत गर्ने वा कम्प्युटरका ज्ञाता सहरिया युवापुस्ताहरूसँग उनीसँगभन्दा बढी नेपाली 'सेक्स भिडियो' छन् । इन्टरनेटको सञ्जालमा नेपाली से क्स भिडियोको खानी नै रहेको उनले बताए । विशेष गरी विभिन्न नाममा खोलिएका केही 'ब्लग साइट'मा त्यस्ता भिडियो तथा तस्बिरहरू टन्नै राखिएका छन् । मंगो लियन, मेक्सिकन, फिलिपिनो तथा भारतीय मुहार नेपालीजस्तै देखिने भएकाले उनीहरूको सेक्स भिडियोलाई पनि 'नेपाली' भनेर सार्वजनिक गरिएका छन् ।
जानाजान होस् वा झुक्किएर, पछिल्ला दिनमा संवेदनशील मानिने यौनसम्पर्कका दृश्य सार्वजनिक हुने क्रम बढ्दै गएको छ । सेलिब्रेटी सेक्स टेप प्रकरण चर्चामा आए पनि नेपाली समाजमा यौनजन्य गतिविधि पर्दाफासका घटना अरू पनि थुप्रै छन् भन्ने माथिका उदाहरणले देखाउुँछन् । थुप्रै उदाहरणमध्ये हामीले केही प्रतिनिधिमूलक घटनालाई मात्र यहाँ समेटेका छौं ।
'पश्चिमा ब्लु फिल्म हेरेर सन्तुष्टि लिँदै आएकाहरूले त्यस्तै प्रयोग आफूमा गर्ने प्रयास गर्दा नेपाली सेक्स भिडियोका घटना बढ्दै गएको हो,' एक स्वास्थ्य परामर्शदाताले भने- 'प्रत्येकका हातमा भिडियो खिच्न मिल्ने मोबाइल सेट, डिजिटल क्यामेरा हुनुले पनि सेक्स टेप बनाउनका निम्ति उत्प्रेरकको काम गरेको छ ।'
सेक्स टेप प्रकरणलाई फैलाउन मोबाइलमा रहेको ब्लु टुथ र इन्टरनेटले बढावा दिन्छन् । वास्तवमा भन्ने हो भने इन्टरनेटमा पुगिसकेपछि यसको फैलावटलाई कसैले रोक्न सक्दैन । त्यसैले आफ्नो व्यक्तिगत यौन क्रियाकलाप डिजिटल क्यामेरा वा मोबाइलमा कैद गर्ने इच्छा भए एकपटक यसको खतरनाक पक्षका सम्बन्धमा गम्भीर भएर सो च्नैपर्ने हुन्छ ।
एकछिनको मनोरञ्जनका निम्ति खिचेको यौनजन्य दृश्य भोलि संसारभर फैलियो भने त्यसले जीवनमा कस्तो हलचल अथवा उतारचढाव ल्याउला भन्ने सोच्नु उपयुक्त हुन्छ ।
यौनका सम्बन्धमा मानिसमा एक प्रकारको कौतूहलता पाइन्छ । जति बुझे पनि त्यति नै चाख बढ्ने यो विषयका बारेमा सार्वजनिक हुने दृश्यात्मक क्रियाकलाप अझ चाखलाग्दा हुन्छन् । अझ हाम्रो जस्तो बन्द समाजमा यस्ता क्रियाकलाप खोजी-खोजी हेर्ने र रमाइलो लिने अनि त्यसपछि 'छिः-छिः' गर्ने परम्परा छ । आदिमकालदेखि चल्दै आएको यौनिक क्रियाकलापलाई प्राकृतिक अथवा जैविक कुरा हो भनेर व्याख्या गरिए पनि यसलाई सार्वजनिक गरेर रमाउने यो नयाँ अभ्यासले अबको समाजलाई कतातिर लाँदैछ भनेर अनुसन्धान गर्न बाध्य बनाएको छ ।
नेपालीहरूको गोप्य क्रियाकलापका घटना खोज्न इन्टरनेट चहार्ने हो भने यस्ता 'सेक्स भिडियो' बग्रेल्ती भेट्टन्िछन् । विकृति भनिए पनि यस्ता भिडियो इन्टरनेटको सञ्जालमा फैलन नदिन सम्भव देखिूदैन । ब्लग साइटमा पाइने यस्ता भिडियोको फैलावट रोक्ने प्रयास गरे पनि पूर्णतः नियन्त्रण गर्न सकिूदैन, तर राज्यले यस विषयमा चासो देखाउनुपर्ने अवस्था आइसकेको छ । सरकारले विद्युतीय कारोबार ऐन अर्थात् साइबर ल तयार गरे पनि यो हाल एक्टिभ नहुनुले यस्ता गतिविधि नियन्त्रण गर्ने बलियो माध्यमको अभाव खटि्कएको छ ।
सेक्स टेपका विषयमा सामाजिक चेतना फैलाउनु आवश्यक देखिन्छ । सेक्स भिडियो सार्वजनिक भैसकेपछि भिडियोमा देखिएका पात्रहरू सामाजिक रूपमै तिरस्कृत हुन्छन् । वास्तवमा उनीहरूका निम्ति योभन्दा अर्को कुनै ठूलो सजाय हुँदैन । 'सेक्स भिडियो सार्वजनिक भैसकेपछि त्यो व्यक्ति आत्मग्लानि र पश्चात्तापमा जल्न पुग्छ,' एक मनो विश्लेषक भन्छन्- 'सबैले घृणा गर्दा उनीहरूमा अपराधबोध हुने भएकाले मानसिक तनाव सिर्जना हुन्छ । यसकारण यस्तो स्थिति आउनुपूर्व उनीहरूलाई 'डिजिटल मिसयुज'ले ल्याउने खतराका बारेमा सजग गराउनु अहिलेको आवश्यकता हो ।'
सतर्कता आवश्यक
एक भारतीय टेलिभिजनमा प्रसारित समाचारअनुसार ड्रेस सपिङका क्रममा 'ड्रेसिङ रुम' मा पहिरन चेन्ज गर्न जाँदा गोप्य क्यामेराबाट एक युवतीको नग्न शरीर खिचिएको थियो । टेलिभिजनमा प्रसारित उक्त दृश्यमा ती युवती यस विषयमा पूर्ण अनभिज्ञ देखिन्छिन् । भारतमा चलिसकेको यो ट्रेन्ड नेपाल नभित्रिएला भन्न सकिूदैन । त्यस्तै को ठामा राखिएको अदृश्य सिसा वा दृश्यात्मक ऐनाको पछिल्लो भागबाट पनि भ्रम सृजना गरी भिडियो खिच्न मिल्छ । उच्चतम प्रविधि प्रयोगको यो समयमा सर्वसाधारण उपभोक्ताले यस्ता कुरामा ध्यान दिनु आवश्यक छ । सिसाको पछिल्लो भागबाट खिचिएका भिडियो युट्युब डटकममा पाइन्छ ।
इन्डियन ब्लग साइटहरूमा हनिमुन मनाएर फर्किएका कतिपय जोडीले आफ्नो सुखद वैवाहिक यात्रा प्रारम्भ भएको जानकारी दिन विभिन्न तस्बिर तथा भिडियो अपलोड गरेको देख्न सकिन्छ । साथीभाइमाझ आफ्नो विवरण सेयर गर्ने उद्देश्यले व्यक्तिगत कुरा अपलोड गरेको भए पनि त्यसको फैलावटले उनीहरूको सार्वजनिक जीवनमा नै नकारात्मक असर पनि पुर्याएको छ । त्यसकारण इन्टरनेटमा आफ्नो व्यक्तिगत विवरण राख्नुअघि एकपटक सोच्नु आवश्यक छ । सप्तान्त वा अन्य कुनै बिदाको समयमा विभिन्न स्थान घुम्न जाने क्रममा होटलमा दम्पतीबीच भएका गोप्य क्रियाकलाप पनि क्यामेरामा कैद हुन सक्छन् । यसकारण होटलमा बस्न जानुअघि कोठाभित्र क्यामेरा छ-छैन हेर्नुपर्छ । दुई वर्षअघि सार्वजनिक भएको बलिउडको चलचित्र 'कलियुग' यस्तै कथामा तयार भएको चलचित्र हो ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा वा अन्य कुनै कार्यक्रममा जाँदा युवतीहरूले विशेष चनाखो रहनुपर्छ । युवतीहरू निहुरिने क्रममा देखिने वक्षस्थलको दृश्य क्यामेरामा कैद हुनसक्छ । सूचना प्रविधि विज्ञ आकाश न्यौपानेका अनुसार यस प्रकारका भिडियो पनि बजारमा आउन थालेका छन् ।
मोबाइल वा डिजिटल क्यामेरा साथमा छ भनेकै आधारमा रमाइलोका निम्ति आफ्नो तथा आफ्नो यौनसाथीको गोप्य अंगको तस्बिर-भिडियो खिच्ने ट्रेन्ड चल्न थालेको छ । पाठकहरूलाई एउटा सुझाव- तपाईं पनि यस्ता गतिविधिमा चाख राख्नुहुन्छ भने एकपटक राम्रोसँग सोचेर मात्र अघि बढ्नुहोला । आफ्नो गोप्य गतिविधि सार्वजनिक गर्नु कुनै उपलब्धिमूलक काम होइन । मोबाइल वा क्यामेरामा यस्ता दृश्य छन् भने यी उपकरण बिगि्रएर मर्मत गर्न जानुअघि डाटा स्टोरेज चिप्स निकालेर राख्न नबिर् सनुहोला । यस्ता गोप्य सेक्स भिडियो मेमोरी कार्डबाटै सार्वजनिक भएका छन् ।
वेबक्यामेरा पनि कतिपय अवस्थामा घातक सिद्ध भएको छ । वेबक्याम्पको सहयोगमा लाइभ भिडियो च्याट गर्ने क्रममा अनलाइनमा रहेको च्याट प|mेन्डले आफ्नो अंग दे खाएर तपाईंलाई पनि देखाउन आग्रह गर्न सक्छ । त्यो बेला आफ्नो अंग प्रदर्शन गर्नुभयो भने त्यो नग्न दृश्य च्याट पार्टनरले क्याप्चर गर्न सक्छ । प्रविधिविज्ञ न्यौपानेका अनुसार जति नै नजिकको साथी भए पनि अनलाइन च्याटमा शरीर देखाउनु मुर्खता सावित हुन्छ ।
क्याबिन रेस्टुराँमा कार्यरत युवतीहरूलाई ग्राहकले विभिन्न प्रलोभन दिएर सहमतिजस्तो बनाएर भिडियो खिच्ने गरेका छन् । तिम्रो तस्बिर कस्तो आउँछ भनेर खिचिएको तस्बिर वा भिडियो रातारात विश्वभर फैलन सक्छ । राजधानीका कतिपय भिडियोपार्लर अहिले सेक्ससँग सम्बन्धित भिडियो खोजेर मोबाइलमा राखिदिएबापत पाइने शुल्क लिएर व्यापार सञ्चालन गरिरहेको कुरा आफ्नो जानकारीमा आएको न्यौपाने बताउँछन् ।
कानुनमा के छ ?
अधिवक्ता रामकृष्ण निराला यस्ता विषयमा नेपालमा कुनै कानुन नभएको बताउँछन् । साइबर कानुन कार्यान्वयन नभएको अवस्था छ, यद्यपि यस्तो प्रचारबाजीलाई भने कानुनले वर्जित गरेको छ । त्यस प्रकारको क्रियाकलाप गरिएको पाइए सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन मिल्ने अधिवक्ता निराला बताउँछन् ।
एनिमेसन पनि ँमिसयुज’
दिलभूषण पाठकको संस्था इन्टरफेस नेपालले 'अधिकारका लागि सञ्चार अभियान' अन्तर्गत हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको टेलिधारावाहिकमा उनीहरूले निर्वाह गरेको चरित्र 'मदनबहादुर' र 'हरिबहादुर'लाई मुख्य चरित्र बनाएर थ्री-डी एनिमेसन कार्टुन चलचित्र निर्माण गरेको थियो । पाठकको 'कन्सेप्ट'मा निर्माण भै टेलिभिजन च्यानलहरूबाट प्रसारित उक्त 'थ्री-डी एनिमेसन' संविधान निर्माणको विषयमा आधारित नेपालकै पहिलो 'क्यारेक्टर एनिमेसन' भएको पाठक बताउुँछन् । बीबीसी वल्र्ड ट्रस्टको सर्वेमा सर्वाधिक लोकपि्रय मानिएको उक्त एनिमेसनलाई चलाएर कोही उपद्रयाहाले त्यसको ओर्जिनल साउन्डट्रयाक उडाई त्यसको स्थानमा छाडा शब्द डबिङ गरेका छन् । 'प्रतियोगिता' शीर्षकमा मोबाइलमार्फत सर्कुलेट गरिएको उक्त एनिमेसन हेर्दा त्यो विकृत मानसिकताबाट ग्रसित मानिसले बनाएको प्रस्ट हुन्छ । मनपरी ढंगले डबिङ गरिएको उक्त एनिमेसनको डबिङका बारेमा पाठक भन्छन्- 'मैले प्रतिलिपि अधिकारमा दर्ता गरेको उक्त थ्री-डी एनिमेसनलाई छाडा बनाउने कार्य कसले गर्यो भनेर म एक्लैले खोज्न सक्दिनँ । राज्यले सहयोग नगरेसम्म त्यसलाई कसले मिसयुज गर्यो भनेर थाहा पाउने प्रयाससम्म पनि गर्न सकिँदैन ।' पाठकका अनुसार उक्त एनिमेसनको निर्माण गर्ने समूह 'फायरप्ले'ले लोककथामा आधारित 'थ्री-डी एनिमेसन' कार्टुन पनि बनाएको थियो । त्यसलाई पनि छाडा शब्दमा डबिङ गरी 'बाहुन' शीर्षकमा मोबाइलमार्फत नै सर्कुलेट गरिएको छ ।













