मोडल वाच»

छोटो समयमै उदाइन् सविना

मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गरे पनि झापा चकचकीकी २१ वषर्ीया सविना सुब्बाले छोटो समयमा धेरै उपलब्धि हासिल गरेकी छिन् । मोडलिङमा लागेको तीन महिना  पनि बित्न पाएको छैन, तर निकै राम्रो अवसर हात पारेकी छिन् उनले । सबिनाले चलचित्र 'नयाँ जन्म' मा अभिनयको अवसर पाएकी छिन् । 'काम गर्न सक्छु भन्ने  कुरामा पूर्ण आत्मविश्वास छ', सविनाले भनिन् । उनी मोडलिङसँगै नृत्य पनि सिक्दैछिन् । सविनालाई चलचित्रका अतिरिक्त म्युजिक भिडियोहरूबाट पनि त्यत्तिकै अवसर  आएको कोरियोग्राफर सुवास अधिकारी बताउँछन् ।  झापाको सुरुङ्गामा हालै आयोजित एउटा म्युजिकल कन्सर्टमा उनी पहिलो पटक र्‍याम्पमा उत्रिएकी थिइन् । 'सुरुमा  निकै डर लागेको थियो, तर अहिले आत्मविश्वास बढेर आएको छ ।' बिर्तामोडको कन्काई क्याम्पसमा बीए पहिलो वर्षमा अध्ययनरत सबिना आरजे पनि हुन् । उनी विगत  तीन वर्षदेखि स्थानीय कञ्चनजंघा एफएममा कार्यरत छिन् । सबिना सातामा ६ वटा कमर्सियल कार्यक्रम सञ्चालन गर्छिन् ।

प्रकाशित अंकहरू