सम्पादकीय»

सहमतिको बाटो खोजौं

अहिले मुलुक एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) ले घोषणा गरेको आन्दोलनको प्रारम्भिक अवस्थामा छ । कुनै पनि दृष्टिकोणले मुलुकले नचाहेको यो आन्दो लनलाई माओवादीले नागरिक सर्वोच्चता स्थापनाका लागि अपरिहार्य रहेको दाबी गर्दै आएको छ । नारिक सर्वोच्चताको अर्थ र सर्वोच्चता के हो भन्ने विषयमा अहिलेसम्म  कुनै पनि माओवादी नेता वैचारिक रूपमा स्पष्ट छैनन् भन्ने कुरा उनीहरूबाट दिनहुँजसो व्यक्त हुँदै आएका विचारहरूले स्पष्ट गरिसकेको छ । सम्भवतः यसै कारण  कतिपय बुद्धिजीवीले माओवादीहरूको अहिलेको आन्दोलनलाई सत्ताप्राप्तिको बाटो मात्र मानेका छन् । त्यसैले उनीहरूको विचारमा अहिलेको माओवादी आन्दोलन कार्यकतार् मा आधारित प्रदर्शन मात्र हो । यो कुरा स्वयं माओवादी नेताहरूले समेत नबुझेका होइनन्, तसर्थ मुलुकलाई सबै किसिमका तात्कालिक समस्याबाट निकास दिन र ने पाली जनताको चाहनाअनुरूपको संविधान निर्माणका लागि सबैभन्दा ठूलो दलका रूपमा मान्यता प्राप्त माओवादीले आफू इतरका राजनैतिक दलहरूको विश्वास प्राप्त गर्ने  र त्यस्तो विश्वासअनुरूप मुलुकलाई सहमतिको बाटोमा हिंडाउनेतर्फ ठोस राजनैतिक पहल गर्नुपर्छ ।

अहिलेको नेपाल कुनै पनि किसिमको आन्दोलन थेग्न सक्ने अवस्थामा छैन । एउटा पक्ष वा विपक्षको हार र जितसँग नेपाली जनताको भविष्य गाँसिएकाले हाम्रा सबै राजनै तिक दलहरूले मुलुकको अहिलेको आवश्यकतालाई मनन गरेर सहमति र सहकार्यको राजनैतिक थालनी गर्नुपर्छ । विगतमा राजतन्त्रको अन्त्यलगायत सबै किसिमका  मानवअधिकार र प्रजातन्त्रको स्थापना-पुनस्र्थापनाका लागि नेपाली जनताले थुप्रै रगत-पसिना बगाइसकेका छन् । यो पृष्ठभूमिमा अहिले नेपाली जनताको चाहना भनेकै ने पालको नयाँ संविधान र संविधानद्वारा  प्रत्याभूत एवं सुरक्षित गरिएको नागरिक अधिकार हो । जनताको यस्तो चाहनालाई बेवास्ता गर्दै कुनै पनि राजनैतिक दलले  जनतालाई नै दुःख पुग्ने गरी मुठभेडतर्फ धकेल्नु भनेको बेमौसमको बाजाजस्तै हो । यसतर्फ हाम्रा सबै राजनैतिक दल सचेत हुनु नै समयको माग हो ।

प्रकाशित अंकहरू