मुख्य समाचार»

दुव्र्यसनी बन्दैछिन् नम्रता

केही समयअघि एउटा भिडियो क्लिप्सका कारण विवादमा आएकी नायिका नम्रता श्रेष्ठलाई दर्शकले पुनः एकपटक नयाँ चलचित्रमा नायिकाकै रूपमा देख्न पाउने भएका  छन् । 'सानो संसार' पछि नम्रताले अभिनय गरेको दोस्रो चलचित्र 'मेरो एउटा साथी छ' ले व्यावसायिक सफलता हासिल गरेपछि उनको माग बढिरहेको थियो, तर दसैंअघि डिजे तान्त्रिक भनिने किचमान चित्रकारसँगको यौन क्रियाकलापमा लिप्त भिडियो सार्वजनिक भएपछि उनी झन्डै डेढ महिना सार्वजनिक जीवनबाटै गायब भएकी थिइन् ।  यसबीच उनले एउटा नयाँ चलचित्रमा अभिनय गर्न लागेको समाचार सार्वजनिक भएको छ । सत्य घटनामा आधारित एउटा चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गर्न  लागेकी हुन् । पूर्व लागूऔषध दुव्यर्सनी एकता महतको जीवनमा आधारित चलचित्रमा नम्रताले एकताकै भूमिका निर्वाह गर्न लागेकी हुन् । एकता महतले १४ वर्षकै  कलिलो उमेरमा लागूऔषध सेवन गर्न थालेकी थिइन् । लामो समयसम्म उनी दुव्यसनीकै रूपमा सक्रिय रहिन् । विगत केही वर्षयता उनी लागूऔषध तथा एचआईभी/एड ्सविरुद्ध कार्यरत संस्थाका लागि काम गरिरहेकी छिन् । महतको जीवनीमा चलचित्र निर्माण गर्ने निर्णय एउटा गैरसरकारी संस्था ट्रेन्ड नेपालको हो । 'कथानक चलचित्र नै  निर्माण गर्ने योजना छ, चलचित्रको पटकथामा काम गरिरहेका प्रचण्ड श्रेष्ठका अनुसार एकताको जीवनका उतारचढावलाई केही नाटकीय स्वरूप प्रदान गरिनेछ । एकताको  भूमिका निर्वाह गर्ने प्रस्ताव आएपछि उत्साहित भएकी नम्रता पछिल्लो समयमा एकताको नियमित सम्पर्कमा छिन् । नम्रताले कुनै दुव्र्यसनीको भूमिका निर्वाह गर्नु चुनौ तीपूर्ण हुने धारणा व्यक्त गरेकी छिन् । यसैबीच नम्रताले दुव्र्यसनीहरूको पुनस्र्थापना केन्द्रमा केही साता बिताउने निर्णयसमेत गरेको बताइन्छ ।

प्रकाशित अंकहरू