समाचार»
डान्सपार्टीमा तात्यो बन्द हल
शनिबार ओटु पव एन्ड बारको बन्द कोठा निकै तातिएको थियो । नतातियोस् पनि किन ? डिजे डबल बीको बेजोडको ननस्टप रिमिक्स नम्बर लगातार एकपछि अकोर्े गर्दै पार्टीक्रेजीहरूमाथि खनिएको थियो । त्यसपछि के चाहियो र डान्सपारखीहरूलाई । बन्द हल पार्टीक्रेजीहरू अघि नै तातिन सुरु भैसकेका थिए । डिजे डबल बीले पार्टीमा नेपाली गीतहरूको तुलनामा अंग्रेजी तथा हिन्दी गीत नै बडी घन्काएका थिए ।
भर्खरै सुरु हुन थालेको जाडोलाई पार्टिक्रेजीहरूले वैशाखको गर्मी फर्किएजस्तै बनाएका थिए । शरीरको बाक्लो कपडा बिस्तारै खोलिँदै जाँदा तातिएको शरीरबाट निस्किएको पसिनाको थोपामा पार्टीमा बलेका रङ्गीचङ्गी बत्ती ठोक्किँदा पसिनाका थोपा मोती टल्किएको प्रतीत हुन्थ्यो । कोही बारमा बसेर टोलाइरहेका देखिन्थे भने कोही नाच्ने मुड बनाइरहेका जस्ता देखिन्थे ।
आखिर मुड न हो, पार्टीमा आइसकेपछि नाच्नु त पर्छ नै । यसरी नाच हुँदा हलमा मान्छे चिन्न गाह्रो पर्ने गरी भीड बढेको थियो । धरान पार्टिस् होमिजद्वारा आयोजित अन लेग्स शीर्षकको उक्त पार्टी बेलुकी ७ बजेदेखि राति ११ बजेसम्म चलेको थियो ।













