मुख्य समाचार»

नेपाल चुकेको पक्ष

हिमेशरत्न बज्राचार्य

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा हार बेहोरेयता सधैं एउटै प्रतिक्रिया सुन्न पाइन्छ, खेल नजिते पनि मन भने जितियो । नेपालको प्रदर्शन प्राविधिक रूपमा उत्कृष्ट थियो । नेपालमा फुटबल एकेडेमीको मान्यता आएयता त्यहाँबाट उत्पादित  खेलाडी प्राविधिक रूपमा सबल नै देखिएका छन् । नेपाली खेलाडीहरू फुटबलका टेक्स-बुक्समा उल्लेख भएजस्तैका शैलीमा खेल्छन् ।

यस्तोमा दर्शकका लागि नेपालको प्रदर्शन आँखामा नबिझाउने खालको हुन्छ, तर समस्या के हुन्छ भने यसले नतिजा भने दिन सक्दैन । यू-१६ एएफसी च्याम्पियनसिप छनौटमा नेपालको प्रदर्शन खराब मात्र रहेन, सर्वथा बिर्सनलायक  रह्यो । एसियाली फुटबलको महाशक्ति मान्न मिल्ने इरानविरुद्धको खेलमा नेपालको हार एकहोरो रह्यो ।

तर अविश्वसनीय रूपमा इरानी प्रशिक्षक अकबर अहमदले नेपाली टिमको प्रशंसा नै गरे । नेपालका एकाध खेल हेरेपछि भने उनले आपmनो मतमा परिवर्तन गरे । उनको भनाइ थियो, 'नेपाली शैली बढी नै एकेडेमिक छ ।' अर्थात् नेपालले  खेल्ने शैली दर्शकका लागि उत्कृष्ट हुन सक्छ, तर त्यसबाट स्पष्ट नतिजा निकाल्न गार्‍हो हुन्छ ।

माथिल्लो स्तरमा फुटबलको चर्चा गर्ने हो भने यस्तै समस्या सिक्किमका गान्तोकमा भएको गभनर्स गोल्डकपमा पनि देखियो । नेपालको प्रतिनिधित्व गर्दै खेलिरहेको नबिल थ्री-स्टार आपmनो पहिलो खेलमै कोलकाताको दोस्रो दर्जाको जर्ज  टेलिग्राफसँग पराजित भयो । त्यो खेल हेर्ने अचेल भारतीय फुटबलमा व्यस्त नाइजेरियाली प्रशिक्षक फिजा पनि थिए ।

केही वर्षअघि उनले सहिद स्मारक लिगको मच्छिन्द्र क्लब सम्हालेका थिए । खेलपछि उनको विश्लेषण थियो, 'प्राविधिक रूपमा नेपाली फुटबल उत्कृष्ट छ । नेपालीले खेल्ने शैली दक्षिण एसियामै पनि राम्रो छ । भारतमा पैसा छ, तर आहा  भन्न लायकको फुटबल छैन, तर पनि नेपालले किन स्पष्ट नतिजा निकाल्न सकेको छैन, त्यसको छानबिन हुनैपर्छ ।'

उनको समर्थनमा माल्दिभ्समा व्यावसायिक फुटबल खेलेर फर्किएका दुई नेपाली खेलाडी पनि छन् । पछिल्लो साता माल्दिभ्समा लिग खेलेर फर्किएका जुमानु राई र सन्तोष साहुखल पनि त्यहाँको फुटबल स्तर देखेर अचम्ममा परे । भलै  माल्दिभ्सको राष्ट्रिय फुटबल टिमको प्रदर्शन पछिल्लो समय राम्रो छ, त्यहाँको लिग फुटबल दरिलो थिएन ।

माल्दिभ्समा भन्दा नेपालमा खेलिने क्लब फुटबल राम्रो रहेको उनीहरूको निचोड थियो । यस्तोमा फेरि तेर्सिने समस्या भनेको नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन किन खराब छ भन्ने कुरा नबुभmनु नै हो । अहिले यू-१९ एएफसी च्याम्पियनसिप  छनौट चलिरहेको छ । यमनविरुद्धको पहिलो खेलमा हार बेहोरेयता नेपालले किर्गिस्तानविरुद्ध भने उत्साहित जित निकालेको छ ।

ती दुई खेलको विश्लेषण गर्दै प्रशिक्षक राजु शाक्यले भनेका थिए, 'अहिलेको आधुनिक फुटबलमा जित्नका लागि गोल गर्नैपर्छ । गोल नगर्ने सर्तमा आकर्षक फुटबलको अर्थ हुँदैन ।' संयोग मान्नुपर्छ, किर्गिस्तानविरुद्ध नेपालले राम्रो पनि खे ल्यो, गोल पनि गर्‍यो र जित पनि हात पार्‍यो । सम्भवतः अब नेपालले एकेडेमिक फुटबल खेल्ने कुरामा मात्र ध्यान नदिएर स्पष्ट जितका लागि आक्रामक फुटबल खेल्न समय आएको छ ।

प्रकाशित अंकहरू