प्रविधि»

पकेटमा राख्न सकिने स्क्यानर

राजीवनन्दन कर्माचार्य

जापानको टोकियो विश्वविद्यालयका इलेक्ट्रोनिक्स इन्जिनियर तकाओ सोमेयाले एउटा यस्तो स्क्यानर विकास गरेका छन् जसलाई पकेटमा पनि राख्न सकिन्छ । क्रेडिट कार्ड बराबरको यो स्क्यानर प्लास्टिकले बनेको छ र यो लचिलो पनि  छ । यो स्क्यानर सानो हुनुको पनि आफ्नै विशेषता छ । यसले सानोभन्दा सानो र ठूलो तस्बिर र दस्तावेजलाई समेत स्क्यान गर्न सक्छ । आजसम्म पनि स्क्यानरहरूले गोलाकार वस्तु र कुनै दबेको वा चप्किएको चीजलाई तोडमोड गरेर  मात्र स्क्यानिङ गर्न सकिन्थ्यो । उदाहरणका लागि कुनै बोतलमा लगाइएको लेबलको तस्बिर वा शब्द र रंगलाई स्क्यानिङ गर्न त्यो लेबललाई निकालेर मात्र सम्भव थियो ।  त्यस्तै जमिनको कुनै कुना र पुस्तकको कुनै कुनाको स्क्यानिङ गर्नु  पनि त्यत्तिकै गाह्रो थियो तर जापानका इलेक्ट्रोनिक्स इन्जिनियर तकाओ सोमेयाले बनाएको यो स्क्यानरले अब यी सबै समस्या हटाई सजिलै स्क्यान गर्न सकिन्छ ।

जापानका इलेक्ट्रोनिक्स इन्जिनियर तकाओ सोमेयाले बनाएको स्क्यानर एउटा सानो प्लास्टिक कार्डमा फिट गर्न सकिन्छ । यो स्क्यानरलाई क्रेडिट कार्डझैं सजिलै पकेटमा राख्न सकिन्छ । बाटोमा पनि यसलाई बिना कुनै झन्झट सजिलै  प्रयोग गर्न सकिन्छ । यसका लागि स्क्यानरलाई मोबाइलमा जोड्नुपर्छ । यो सानो स्क्यानरलाई मोबाइलमा जोड्न एउटा तार प्रयोग गरिन्छ । किनभने मोबाइल फोनको बेट्रीले नै यो स्क्यनरलाई चलाउन ऊर्जा प्रदान गर्छ । त्यसपछि स्क्यान  गरिने तस्बिर वा दस्तावेज नजिक स्क्यानरलाई लानुपर्छ र त्यसको तस्बिर मोबाइल फोनको स्त्रिmनमा देखिन्छ । यदि आफूलाई आवश्यक छ भने आफ्नो कम्प्युटरको स्त्रिmनमा पनि हेर्न सकिन्छ । यो स्क्यानरलाई विकसित गर्ने इन्जिनियरका  अनुसार पोलिमर मेटि्रक्स नामक विशेष प्रकारको प्लास्टिकको प्रयोग गरिएको छ । यो प्लास्टिकमा स्क्यानिङको काम गर्ने हजारांै सँक्ष्म फोटोडायोड लगाइएको हुन्छ ।

फोटोडायोड प्रकाशप्रति अति संवेदनशील हुन्छ । यसका साथै प्लास्टिकबाट बनेको ट्रान्जिस्टर्स पनि पोलिमर मेटि्रक्सको सतहमा लगाइएको हुन्छ । यो स्क्यानर बनाउन जुन प्लास्टिकको प्रयोग गरिन्छ त्यो पारदर्शी छ । जुन वस्तुलाई स्क्यान  गर्नु छ त्यसका सामुन्ने यो स्क्यानरलाई राख्ना

साथै  प्रकाशप्रति संवेदनशील फोटोडायोडमा हल्का करेन्ट उत्पन्न गरिदिन्छ जसको ट्रान्जिस्टर चार्ज भएर आफ्नो काम प्रारम्भ गर्छ । विशेष कुरा के छ भने यसको मूल्य निकै कम हुनेछ र चाँडै नै बिक्रीका लागि बजारमा आउने भएको  छ ।

प्रकाशित अंकहरू