गसिप»

हरिबिजोग

हरिवंश आचार्य सर्वपि्रय कलाकार हुन् । उनलाई नचिन्ने नेपाली कमै होलान् । कहिलेकाहीं नाम धेरै कमाउँदा पनि टेन्सन हुँदो रहेछ । सार्वजनिक जीवनमा हरिवंश आचार्यलाई खासै टेन्सन त छैन, तर उनको नाम बेचेर उनको हरिबिजोग  गर्ने प्रयास भने कैयन्ले गरेका छन् । सामाजिक कार्यमा विशेष रुचि राख्ने हरिवंश आचार्य र उनका सहयात्री मदनकृष्ण श्रेष्ठलाई बेलाबखत सम्मान पनि गरिएको खबर सुनिन्छ । चन्दा आतंकबाट त्रसित केही नेपालीलाई केही साताअघि  काभ्रेको अरनिको राजमार्गमा हरिवंश र मदनकृष्णको नाममा चन्दा बटुलिरहेको देखेर अचम्म लाग्यो । महजोडी सम्मान गर्न लायक छन्, यो कुरामा दुईमत छैन । आफूहरूलाई सम्मान गर्ने नाममा राजमार्गमा गाडी रोक्दै केही मानिसले  चन्दा उठाएको खबर महजोडीले पाएछन् । उनीहरूले त वर्षौदेखि कमाएको महको नाम त बदनाम पो गर्न थालेछन् । हरिवंश कुर्लिहाले- 'चन्दा उठाएर हामीलाई सम्मान गर्नुपर्दैन ।' उनले त्यस्तो समूहलाई चन्दा नदिन सार्वजनिक  अपिलसमेत गरे । झन्डै हरिबिजोक पारेका ।

प्रकाशित अंकहरू