मोडल वाच»
भिडियोमै व्यस्त जेनिशा
गायिका सीता केसीको 'आगो हो नसल्काऊ...' गीतको म्युजिक भिडियो हेर्ने दर्श्ाकका लागि जेनिशा चन्दको अनुहार नौलो लाग्दैन । उक्त भिडियोमा कामुक नृत्य गरेपछि उनी कम समयमै मोडलिङ क्षेत्रमा जमेकी छिन् । धनगढीबाट मो डलिङमा सक्रिय हुनैका लागि राजधानी आएकी जेनिशालाई उक्त भिडियोको प्रदर्शनपछि अन्य धेरै भिडियोबाट अभिनयका प्रस्ताव आए । जेनिशालाई सांगीतिक समूह 'ग्लुमी गाइज' को 'पिरतीको तालमा...' गीतको भिडियोले पनि उत्तिकै चर्चित बनाएको छ । ५ फिट ४ इन्च अग्ली जेनिशा २३ वर्षकी भइन् । मोडलिङमा ग्ल्यामर आवश्यक भएकाले आफू म्युजिक भिडियोहरूमा कामुक मुद्रामा देखिएको उनले स्पष्ट पारेकी छिन् । ए लेभलको अध्ययन पूरा गरेकी जेनिशालाई काम गर्न मन पर्ने क्षेत्र नै म्युजिक भिडियो हो । कम समयमै भिडियोको छायांकन सम्पन्न हुने भएकाले पनि उनी यो विधातर्फ आकषिर्त भएकी हुन् । 'अभिनय गर्ने अभ्यास पनि भैरहन्छ, उनी भन्छिन्— 'यसले अभिनय क्षेत्रमा जान पनि सहयोग पुग्छ ।' उनका आकर्षक तस्बिरहरू इन्टरनेपाल डटकममा पनि हेर्न सकिन्छ ।













