साप्ताहिक लाइभ»
बैंककमा नवीनको एकल साँझ
बैंककमा नवीनको एकल साँझ
गायक नवीन के भट्टराईले थाइल्यान्डका दुई सहरमा तीनवटा एकल गायन कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । आगामी बुधबार बैंककमा हुने पहिलो एकल गायन कार्यक्रम 'नवीन के भट्टराई एकल साँझ' मा उनले आफ्ना दुई दर्जन लो कपि्रय गीत गाउनेछन् । त्यसपछि शनिबार फुकेटमा तथा आइतबार पुनः बैंककमा प्रस्तुत गरिनेछ । कार्यक्रमका क्रममा गायक भट्टराईले आफ्नो नयाँ एकल गीतिसंग्रह 'नक्षत्र' को विमोचनसमेत गर्नेछन् । कार्यक्रममा उनलाई सांगीतिक समूह एञ्जल्सले वाद्यवादनमा साथ दिनेछ । कार्यक्रममा सहभागी हुन कलाकारहरू सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
युथ ब्यान्ड फेस्ट
भोलि शनिबार तथा आगामी सोमबार राजधानीका साथै विराटनगरमा 'इन्डिया नेपाल युथ ब्यान्ड फेस्ट' शीर्षकको सांगीतिक कार्यक्रम आयोजना हुँदैछ । भारतीय दूतावासले आयोजना गर्न लागेको यो कार्यक्रम ललितपुरको जावलाखेल मै दानमा शनिबार तथा विराटनगरको सहिद रंगशालामा सोमबार नेपाल तथा भारतका सांगीतिक समूहले गीत-संगीत प्रस्तुत गर्नेछन् । कार्यक्रमा नेपालका तीनवटा तथा भारतका दुईवटा सांगीतिक समूह सहभागी हुनेछन् । कार्यक्रममा ने पालका तर्फबाट सांगीतिक समूह अभया एन्ड द स्टिम इन्जिन, अल्ट एफ फोर तथा कबवेबले गीत-संगीत प्रस्तुत गर्नेछन् भने भारतका परिक्रमा तथा हिप्नोट्राइबले नेपाली दर्शकलाई मनोरञ्जन गराउनेछन् । अभाया एन्ड द स्टिम इन्जिनकी गायिका अभया भन्छिन्— 'सांस्कृतिक रूपमा नेपाल तथा भारत नजिक भएकाले दुई देशबीच सांस्कृतिक आदान-प्रदानमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो ।'
मिस टिनमा सांगीतिक कार्यक्रम
भोलि शनिबार पोखरामा मिस टिन पोखरा शीर्षकको प्रतियोगिता हुँदैछ । पोखरा राष्ट्रिय सभागृहमा हुने प्रतियोगिताका क्रममा सांगीतिक कार्यक्रम पनि सञ्चालन हुनेछ । कार्यक्रममा राजधानीबाट पोखरा गएका गायक अभिनाश घिसिङ तथा राम-लक्ष्मणले गीत संगीत प्रस्तुत गर्दैछन् ।













