फेसन

गृहपृष्ठ » » फेसन » लेखहरु »

बढ्दो वनपिस फेसन

फेसनलाई कुनै भूगोल र सीमामा सीमित गर्न सकिँदैन। एउटा देशमा निस्किएको फेसन विश्वको हरेक कुनाको फेसन बजारमा पुग्न सक्छ र  त्यहाँका मानिसलाई मोहित तुल्याउन सक्छ। त्यसमा पनि युवतीहरूको फेसनको त कुरै बेग्लै हुन्छ। युवती र फेसन एक अर्का पूरक हुन्।  उनीहरू नयाँ फेसनप्रति सधैं आकषिर्त हुन्छन्। युवतीहरूको प्यारो फेसनमा पर्छ, वन पिस ड्रेस। गर्मीमा शीतलता र सहजता महसुस गराउने  वन पिसका विभिन्न डिजाइन उपलब्ध छन्। वन पिस ड्रेस विदेशबाटै नेपाल भित्रिन्छ। त्यसमा पनि रंग, डिजाइन र साइजमा पनि पृथकता  पाइन्छ। हिजोआजका युवतीले वन पिस सबैभन्दा मन पराउने पहिरन हो किनभने यसमा सहजता र ग्यामरको मिश्रण छ।

गर्मीमा विशेष गरी वन पिसको फेसनले बजार तात्ने डिजाइनर तथा कलेक्टरहरू बताउँछन्। विभिन्न रंगका यस्ता वन पिस लगाउन  आफूलाई मनपर्ने नायिका बिनिता बराल बताउँछिन्। वन पिसले सेक्सी देखिन सहयोग पुग्ने उनको अनुभव छ। नेपाली बजारमा आएका वन  पिसहरू सबै उमेर समूहका युवतीले लगाउन सक्ने मूल्यमा पाइन्छ। बजारमा अहिले वन पिसका विभिन्न डिजाइन र रंग उपलब्ध छन्। वन  पिस किन्न युवतीहरू निकै आउने गरेको कमलपोखरी रेड अर्थका ठन्दु शेर्पा बताउँछन्। गर्मी मौसमको विशेष पहिरनका रूपमा वन पिसलाई  लिने गरिएको शेर्पाको अनुभव छ। उनीहरूले ब्रान्डभन्दा पनि डिजाइन, रंग र बुट्टालाई महत्व दिने शेर्पा बताउँछन्। वन पिसमा हाइ हिल तथा  वेज हिल स्यान्डलले सुनमा सगन्ध थप्छ तर हाइट बढी भएका युवतीले फ्लाट स्यान्डल लगाउँदा पनि आकर्षक देखिने शेर्पाले बताए।

युवतीहरूको शरीरको बनावटअनुसार वन पिस लगाउनु राम्रो हुने सिटी सेन्टरका अमित नेपाल बताउँछन्। मोटी युवतीले मसिनो बुट्टा वा सादा वान पिस लगाउनु राम्रो हुन्छ। होचीले लामो बुट्टा भएको वन पिस लगाउँदा निकै सुन्दर देखिन्छ। अग्ली युवतीले लामो र होची युवतीले छोटो वन पिस लगाउँदा सुहाउने नेपाल बताउँछन्। यो मौसमका लागि सेतो, रातो, हरियो, प्याजी र गुलाफी रंग उपयुक्त हुने भए पनि ती सबै युवतीलाई नसुहाउने हुनाले कालो र अन्य रंग पनि प्रयोग गर्न सकिन्छ। मौसमअनुसारको रंगभन्दा पनि जसलाई जुन रंग सुहाउँछ छनौटमा पर्ने त्यही फेसन उपयुक्त हुने अमित बताउँछन्। अरूलाई सुहाएको रंग डिजाइन अर्को व्यक्तिलाई नसुहाउन सक्छ। त्यसैले आफ्नो अनुहारको रंग र बनावटमा ध्यान दिनु आवश्यक भएको अमित बताउँछन्। हिजोआजका युवती आफूलाई सुहाउने रंग र डिजाइनप्रति मात्र संवेदनशील भएको पाइन्छ।

काली युवतीले रंगीन पहिरन लगाउँदा आकर्षक र सुन्दर देखिन्छ। वन पिस हिजोआज क्याजुयल डे्रस जस्तै सदावहार भएको कुपन्डोल डि्रम वेयर फेसनकी डिजाइन मञ्जु बन्जारा बताउँछिन्। त्यसमा पनि फरक-फरक डिजाइनमा सुन्दर तरिकाले सजाइएको बुट्टाले युवतीहरूलाई आकषिर्त गरिरहेको छ। वन पिस ट्युब, हल्टर, वन साइडेड सोल्डर आदिमा पाइन्छ। यसमा स्टाइभ,स्टिन, फ्लावर डिजाइन, नि लेन्थ र थाइ लेन्थ जस्ता डिजाइन युवतीहरूले निकै रुचाउँछन्। पार्टी वेयरका लागि भने रातो, गुलाफी, सेतो, मरुन, गोल्डेन, कालो रंग बढी रुचाइएको पाइन्छ। पार्टी वेयर वन पिसमा सितारा, मोती, स्टोन, जरी, पोते तथा डाइमण्ड आदिको प्रयोग गरिएको पाइन्छ। वन पिसको मूल्य १ हजार ५ सय ९० देखि ३ हजार ६ सय रुपैयाँसम्म पर्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

महालक्ष्मी सिलवालद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :