आवेदन हाल्ने कि ?
चीनकी एक धनाढ्य युवतीले आफूलाई माया गर्ने मनको राजा फेला पार्न अनेक उपाय गरिरहेकी छिन्, तर अहिलेसम्म मनले खाने तन्नेरी फेला पारिसकेकी छैनन्। ती युवतीले हबेई प्रान्तको बुहान सहरस्थित सडक किनारामा ब्यानर राखेर आफ्नो विज्ञापन गरेकी छिन्। निकै सुन्दर तस्बिरसहितको उक्त व्यानरमा उनले आफू धनी र सुन्दर युवती भएको अनि भर्खरै पढाइ पूरा गरेर विदेशबाट फर्किएको, आफूसँग एउटा आलिसान महल तथा कार भएको साथै वाषिर्क कमाइ ४ लाख ७१ हजार डलर भएको जानकारी दिँदै आफूलाई मन पराउने तथा माया गर्ने तन्नेरीहरुलाई सम्पर्क गर्न आग्रह गरेकी छिन्। उनले सडक किनारामा राखिएको उक्त ब्यानरको सुरक्षार्थ ४ जना गार्ड पनि खटाएकी छिन्। आफूसँग अरू सबै चीज भए पनि साँचो प्रेमको कमी रहेको बताउँदै उक्त कमी पूरा गर्न सक्ने तन्नेरीलाई जीवनसाथी बनाउन आफू तयार रहेको ती चिनियाँ युवतीले बताएकी छिन् । इच्छुक नेपाली युवाहरूले पनि आवेदन हाल्ने हो कि ?
तपाईंको प्रतिकृया