यस्तो अवस्थामा के गर्ने होला ?
मेरो एक जना युवकसँग तीन वर्षजति प्रेम चलेपछि सहमतिमा हाम्रो विवाह भयो। अहिले आएर मलाई ऊदेखि घृणा लाग्छ। मैले उसलाई घृणा गरेको एकैछिनमा माया पनि लाग्छ। उसले पनि मलाई पहिलेको जस्तो व्यवहार गर्दैन। मैले सोचेजस्तो समय पनि दिँदैन। म उसलाई छोड्न चाहन्छु, तर छाड्न पनि सक्दिनँ। यस्तो अवस्थामा के गर्ने होला ?
एस.
हाम्रो समाजमा विवाह भनेको पश्चिमा समाजको जस्तो सम्झौता मात्र होइन, हामी कहाँ विवाहलाई जन्म-जन्मको बन्धनका रूपमा स्वीकार गर्ने मानिसहरू पनि छन्। हामी कहाँ कानुनले पनि विवाहलाई सम्झौताभन्दा बढी बन्धनका रूपमा परिभाषा गरेको पाइन्छ। तपाईंले सोचे जस्तो सरल रूपमा तपाईले आफ्ना श्रीमान्लाई त्याग सक्नुहुन्न्। तपाईको प्रश्न पढ्दा तपाई दोधारे मनस्थितिमा हुनुहुन्छ जस्तो लाग्छ, छिनमा माया गर्ने, छिनमा सम्बन्ध तोड्ने कुरा गर्ने जुन किसिमको मनस्थिति तपाईले उल्लेख गर्नुभएको छ त्यसले तपाईं मानसिक रूपमा अनिर्णयको अवस्थामा भएको देखाउँछ। अर्को कुरा तपाईंको पत्रमा उल्लेख भएअनुसार तपाईंका श्रीमान्ले पहिलेको जस्तो व्यवहार गर्दैनन् भन्ने कुराले कतै तपाईं विचलित हुनुभएको त होइन भन्ने पनि देखाउँछ। बुझ्नुपर्ने कुरा हो- विवाहअघिको माया र विवाहपछिको मायामा भिन्नता हुन्छ। जहाँ विवाहअघि मायामा स्वच्छन्दता हुन्छ त्यही विवाहपछिको मायामा जिम्मेवारी हुन्छ। तपाईका श्रीमान् पनि अहिले विवाहपछिका आफ्ना जिम्मेवारीहरू निर्वाह गर्दैछन्। त्यसैले तपाईंलाई मेरो सल्लाह के छ भने आफ्नो र श्रीमान्को सम्बन्धको सन्तुलित अध्ययन गरेर आफूलाई जिम्मेवार बनाउने
तर्फ लाग्नुहोस्।
तपाईंको प्रतिकृया