जम्का भेट

गृहपृष्ठ » » जम्का भेट » लेखहरु »

दीक्षा कुँवर (कलाकार)

दीक्षा कुँवरको परिचय नेपाली अभिनेत्रीका रूपमा दिइन्छ। दीक्षाले प्लेब्वाई, सम्झिदिए पुग्छ, अभियुक्त, ॐ लगायत आधा दर्जनजति चलचित्रमा अभिनय गरिसकेकी छिन्। ५ फुट ५ इन्च अग्ली यी यौवनाको उदार छवि पनि उनको अभिनयमा प्लस प्वाइन्ट भएको छ। टिनएज पार गर्नै लागेकी दीक्षा झापा, दमक-१३ की हुन्। दीक्षाको इच्छा एकपछि अर्को गरी सार्थक हुँदै जानुमा उनको सेक्सी जीउडाल, सुन्दर स्वभाव एवं अभिनय क्षमता नै हो। दीक्षासँग साप्ताहिकको जम्काभेटः

तपाइंको विचारमा प्रेम र सेक्स के हो ?

प्रेम भनेको सबैसँग मिलेर रहन सक्ने एउटा बन्धन हो र सेक्स एउटा यस्तो साधन जुन महिला र पुरुषले गर्नैपर्छ।

आजभोलि मानिसहरू प्रेम गर्नुभन्दा सेक्स गर्न लालयित हुन्छन् रे नि ?

यो मानिसहरूको सोच र विचारमा फरक पर्ने कुरा हो। फूलको आँखामा फूलै संसार भनेझैं साँचो प्रेम गर्ने मानिसको मनमा सेक्सको भावना हुँदैन।

कुन सेलिब्रेटीलाई देख्दा सेक्स डिजायर बढेको अनुभूति हुन्छ ?

मलाई रविकिसनको जीउ देख्दा सेक्स डिजायर बढेको अनुभूति हुन्छ।

कुनै सुन्दर पुरुषबाट सेक्सको प्रस्ताव आए ?

हाम्रो संस्कृतिमा विवाहअघि यस्तो प्रस्ताव आउनुलाई राम्रो मानिँदैन, त्यसैले अस्वीकार गर्छु।

सेक्सी लाग्ने दुई नेपाली सेलिब्रेटी ?

सुमन सिंह र जीवन लुइँटेल।

तपाईंलाई आफ्नो कुन अंग सेक्सी लाग्छ ?

मेरो ओठ।

प्रेम प्रस्ताव त आए होलान् नि ?

केटीहरूलाई प्रेम प्रस्ताव त आइरहन्छन् नि।

तपाईं राम्री पनि हुनुहुन्छ, ब्वाइफ्रेन्ड त छन् होलान् नि ?

पक्कै पनि कोही त छ।

सेक्सको अनुभव ?

विवाहअघि यो प्रश्न उचित होइन। किनभने सेक्सको अनुभव विवाहपछि हुने कुरा हो।

त्यसो भए हालसम्म सेक्सको अनुभव छैन ?

के मैले विवाह गरेजस्तो लाग्छ ? मैले अघि नै भनिसकें सेक्सको अनुभव विवाहपछि मात्र।

कतिपय नायिकासँग त विवाहअघि नै सेक्सको अनुभव हुन्छ भन्ने सुनिन्छ नि ?

अरू सँग होला, तर म सँग छैन।

चुम्बनको अनुभव त होला नि ?

सानोमा बुबा-ममीले गर्नुभएको हो चुम्बन। अनुभव त छ नि।

प्रदर्शन हुन लागेको चलचित्र 'ॐ' मा तपाईंको भूमिका कस्तो छ ?

मैले उक्त चलचित्रमा कसैकी प्रेमिका भएर अभिनय गरेको छु। चलचित्रमा मायामा मानिस कुन हदसम्म जान्छ भन्ने कुरा दर्साइएको छ। बाँकी कुरा चलचित्र हेरेरै थाहा पाउनु उचित हुन्छ।

प्रस्तुतिः हेम गिरी

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :