मोडलिङ र गायनमा सभ्यता
मोडलिङमा भविष्य खोज्न २०६१ सालमा राजधानी छिरेकी झापा बिर्तामोडकी २५ वर्षीया सभ्यता पराजुली मोडलिङ र गायनमा सँगसँगै अघि बढ्दैछिन्। मोडलिङमा सानैदेखिको रुचिका कारण उनलाई यो क्षेत्रमा जम्न सहयोग मिलेको छ। नृत्य एवं अभिनयमा माहिर सभ्यताको गला पनि कम छैन। उनलाई नजिकबाट जान्नेहरू मीठो स्वरकी धनी भन्छन्। ५ फुट ४ इन्च अग्ली पराजुली मोडलिङमै आफ्नो भविष्य रहे को दाबी गर्दै भन्छिन्, 'मेरो भविष्य छ भने मोडलिङमा मात्र छ।' पत्रकारितामा स्नातक गरिरहेकी सभ्यताले हाम्रो गन्तव्य (०६४), डर (०६३), फैसला (०६४) आदि चलचित्रमा विभिन्न भूमिका निर्वाह गरिसकेकी छिन्। उनले भोजपुरी तथा नेपाली गरी एक दर्जनभन्दा बढी गीतमा मो डलिङसमेत गरेकी छिन्। लामो समयदेखि संघर्षरत सभ्यता सफलता हात नलागेकोमा खासै निरास छैनन। उनी भन्छिन्, 'एक दिन अवश्य अवसर आउँछ भन्ने विश्वास छ।'
तपाईंको प्रतिकृया