खेलकुद

गृहपृष्ठ » » खेलकुद » लेखहरु »

युरोपेली च्याम्पियनसिपको इतिहास

युरोपेली च्याम्पियनसिप आयोजना गर्ने सोच धेरै अघि आए पनि त्यसको कार्यान्वयन हुन समय समय लाग्यो। युरोपेली च्याम्पियनसिप आयोजना गर्ने अवधारणा सबैभन्दा अगाडि ल्याउने काम हेनरी डेलेन्सीले गरेका थिए। उनी फ्रान्सेली फुटबल संघका महासचिव थिए। यो सन् १९२७ को प्रसङ्ग हो। उनको सोच चाँडै कार्यान्वयन नहुनुको कारण, उक्त अवधारणका बढी विरोधी भएर हो। जे होस, सन् १९६० मा आएर प्रतियोगिता आयोजना सम्भव भयो र तिनै डेलेन्सीलाई युरोपेली च्याम्पियनसिपको पिता मानिन्छ। पहिलो संस्करणको युरोकप फ्रान्समै भएको थियो।

अहिले आएर युरोपेली च्याम्पियनसिप विश्वकपपछि दोस्रो ठूलो प्रतियोगिता भएको छ। सन् ६० तिर पहिलो संस्करण आयोजना हुँदा तत्कालीन सोभियत संघ बलियो थियो, त्यसैले उसलाई उपाधि जित्न गार्‍हो भएन। त्यति बेला सोभियत संघको टिमको नेतृत्व गरेका थिए- महान् गोलरक्षक लेभ यासिनले।

सन् १९६४ को उपाधि स्पेनले जित्यो र संयोगले त्यो स्पेनको पहिलो ठूलो उपाधि थियो। त्यसयता स्पेनमाथि राम्रो टिमका बाबजुद ठूला प्रतियोगिमा खराव खेल्ने छवि बस्यो। चार वर्षअघि मात्र सन् २००८ मा स्पेनले दोस्रो पल्ट युरोपेली च्याम्पियनसप जित्यो।

सन् १९६८ मा इटाली विजेता भयो। उसको सफलताको विशेषता रह्यो, आयोजकका रूपमा उपाधि उचाल्नु। सन् १९८४ मा फ्रान्सले पनि आयोजककै रूपमा सफलता चुम्यो। त्यति बेलाको फ्रान्सेली टिमका स्टार थिए, मिसेल प्लाटिनी। प्लाटिनी अहिले युरोपेली फुटबल महासंघका अध्यक्ष छन्।

सन् २००० मा पनि फ्रान्स विजेता रह्यो। त्यति बेला फ्रान्सले विश्वकप विजेता टिमका रूपमा प्रतियोगिता खेलेको थियो र आफ्नो उत्कृष्टता सिद्ध गर्‍यो। सन् १९७२ मा पश्चिम जर्मनीले उपाधि जित्यो। उक्त उपाधिसँगै अन्तर्राष्ट्रिय फुटबलमा पश्चिम जर्मनीको प्रभुत्व सुरु भयो।

टिमका नायक थिए, फ्रान्ज बेकनबर। सन् १९७६ को संस्करण भने तत्कालीन चेकोस्लोभाकियाले जित्यो, फाइनलमा उसले पश्चिम जर्मनीलाई हराएको थियो। सन् १९८० मा पश्चिम जर्मनीले फेरि उपाधिमाथि कब्जा जमायो। सन् २००० मा जर्मनी एउटै देश भैसकेको थियो र उसले उपाधि

पनि जित्यो।

सन् १९८८ मा रुड गुलिट र मार्को भान भास्टनसहितको नेदरल्यान्ड विजयी भयो। त्यसयता दुई संस्करणमा आश्चर्यजनक विजेता अगाडि आए। सन् १९९२ मा डेनमार्क र सन् २००४ मा ग्रीस। डेनमार्क त आफूले जित्दा छनोट पनि भएको थिएन, उसले तत्कालीन युगोस्लाभियाको स्थानमा खेल्ने अवसर पाएको थियो। फाइनलमा उसले जर्मनीलाई हराएको थियो। ग्रीसको जित यात्रा पनि आफैंमा अविश्वसनीय थियो। पोर्चुगलले प्रतियोगिताको आयोजना गरेको थियो र घरेलु टिम भरिएको थियो, लुइस फिगोसहित उसको स्वणिर्म पुस्ताका खेलाडीले तर फाइनलमा ग्रीसले त्यही पोर्चुगललाई पराजित गर्‍यो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :