Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७० जेष्ठ ९     Login | Register | Issue No. 221
दृष्टिकोण»

अँध्यारोमा ढुङ्गा हानेजस्तै आभास मिल्यो

भाद्र १४ -
दोहा, कतारबाट प्रकाशित हुने कान्तिपुर प्रवास साप्ताहिकको वर्ष ५ अङ्क ३१ मिति ः बिहीबार भदौ ७, २०६९ तद्नुसार अगस्ट २३, २०१२ को पत्रिकामा प्रकाशित व्यक्तिगत श्रम स्वीकृतिको आवश्यकताबारे श्री दीपक भेटवालको लेखका सम्बन्धमा यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त लेखमा लेखकले आपmना निजी अनुभव, आवश्यकता, अल्प ज्ञानका आधारमा ठोकुवा गरेरै नेपालीको भिसा गुम्ने आशंका प्रकट गर्दै आपmनो व्यक्तिगत दृष्टिकोणलाई सर्वहिताय र सर्वसम्मत रहेको भ्रमजालमा फसाउने गरी वकालत गर्ने प्रयास गरेको पाइयो । तर कुन आधार, अनुभव वा मापनलाई प्रयोग गरी आपmनो तर्कलाई सावित गराउन बलबुता प्रयोग गर्दै भविष्यवाणी गर्नुभएको हो, सोबारे अँध्यारोमा ढुङ्गा हनेजस्तै आभास

मिल्यो । तैपनि लेखकका आपmना निजी विचारलाई बलपूर्वक कुनै गरिमामय संस्थालाई सञ्चारको माध्यमको सहयोगमा प्रहार गनर्ेे दुस्साहस गरेको स्पष्ट हुन्छ । लेखकको विचारमा कतार आउने नेपाली कामदारहरूलाई दूरगामीमा नकारात्मक असर पर्ने र रोजगारीका अवसर गुम्ने सुगारटाइ लिँडे तर्क प्रस्तुत गरेका छन् । वास्तवमा आदर्श समाजका लागि अनुशासनमा राख्ने कसी हो भने व्यावहारिक पक्षचाहिँ जीवनको कडी हो । त्यसैले वास्तविकतालाई लेखले सीधै तिरस्कार गर्दै ओझलमा पार्ने भरमग्दुर कोसिस गरेको पाइन्छ ।

भिसा प्राप्त गर्नु नेपाली कामदारहरूका लागि सफलता हुनै सक्दैन । बरु सुरक्षित, व्यवस्थित र सम्मानित वैदेशिक रोजगारलाई कसरी बनाउन सकिन्छ त्यस विषयमा बहस हुनु नितान्त जरुरी

छ । विगत केही महिनाका अनुभवका आधारलाई विश्लेषण गर्ने हो भने व्यक्तिगत श्रम स्वीकृतिबाट रोजगारका लागि कतार आएका धेरै कामदारहरू आपmनै नजिकका नातागोता र छिमेकीहरूबाट पीडित भएर उद्धारका लागि दिनप्रतिदिन राजदूतावास आइरहेका निमुखा, असहाय जत्थाको निराश अनुहार र कारुणिक वेदनालाई कुल्चेर कसको सेवाभावमा प्रेरित भै लेख्न खोजिएको हो स्पष्ट छ ।

यसरी वास्ताविकतालाई नजरअन्दाज गरी आपmनै ढिपी तथा हठलाई सर्वोपरि मान्दै कसैको कुत्सित स्वार्थ पूरा गराउने नियोजित स्वार्थलाई पूरा गराउने उद्देश्यले अभिप्रेरित भई आपmनो अलाप सञ्चारजगत्लाई प्रयोग गरी एउटा सम्मानित संस्थाप्रति सरासर हिलो छ्याप्ने कामको खेतीमा लाग्नुभएकोमा नेपाली राजदूतावास, दोहा लेखकको मानसिक दरिद्रताप्रति आपत्ति जनाउँछ ।

साथै, नेपाली दूतावास कतारमा सारा नेपालीको साझा केन्द्रविन्दु, आशा र भरोसाको एक मात्र स्थान भएकोले कसैलाई लाखा र कसैलाई पाखा गर्ने नीतिको अख्तियार गर्दैन । त्यसैले कुनै व्यक्ति विशेषको चासोभन्दा पनि बहुसङ्ख्यक नेपाली कामदारहरूको कसरी हित गर्न सकिन्छ भन्ने विषयमा केन्दि्रत भएर चिन्तित हुनु स्वाभाविक छ । त्यस्तै प्रकारको नीतिको अख्तियार गरी आपmनो कार्यदिशा निर्धारण गरेर आपmना कार्यहरू सम्पन्न गर्ने गरेको कुरा प्रकाशजत्तिकै प्रस्ट छ । साथै नेपालका विमानस्थलबाट को कसरी आउँछन् त्यसबारे दूतावासको कार्यक्षेत्र भन्दा बाहिर पर्ने भए पनि सो सम्बन्धमा दूतावासले चासो राख्दै सम्बन्धित निकायहरूलाई त्यसबारे जानकारी गराउने भूमिकामा पनि खेल्दै आएको छ ।

नेपाली दूतावास सकारात्मक सल्लाह र निर्माणात्मक सुझावका लागि सदैव ढोका खुला गरेको कुरा जो कोहीलाई पनि थाहा भएकै कुरा हो । किनकि प्रत्येक सेवाग्राहीको कुराहरू सुनेर सम्भव भएसम्म वा दूतावासले गर्न सक्नेसम्म सल्लाह, सुझाव र सहयोग गर्ने कार्यमा नचुकेकोले सेवाग्राहीहरूको भीड लाग्ने तथ्य घामको प्रकाशजत्तिकै स्पष्ट रहेको कुरा कतारमा आउने नेपालीहरूलाई थाहा भएकै कुरा हो । अहंंकार, घमण्ड र दूतावासले  के सहयोग गर्न सक्छ भन्ने भुइँफुट्टा धामी सम्झने र दूतावासप्रति पनपच्छे विचार राख्नेहरूका हकमा भने उक्त लेखकको धारण ठ्याक्कै मेल खान सक्ने कुरामा प्रतिवाद गरिरहनु पर्दैन ।

अन्त्यमा, लेखकले आफू पानीमाथिको ओभानो हुनका लागि दूतावासले तल्लो तहका कर्मचारीको हित हुने काम गरेको भन्ने तुच्छ आरोप लगाउन पनि पछि परेका छैनन् । तर यत्तिको मिहिनेत गरी निकै समय खर्चिएर शब्द बाणहरू चयन गरी लेख तयार पार्नुको सट्टा आपmना अमूल्य दुई मिनेट समय खर्चेर दूतावासमा आई तथ्य एवं सबुद प्रमाणसहित महामहिम राजदूतलाई भेटी आवश्यक सल्लाह, सुझाव र आपmना मनमा लागेका कुराहरू राख्नुभएको भए अवश्यै स्वीकार्य र स्वागतयोग्य हुने थियो । तर कुत्सित मनसाय पूरा गर्ने, स्वार्थका लागि अफवाह फैलाउने, भ्रामक विचारहरू प्रवाह गर्ने, लान्छना लगाउने, कसैको पृष्ठपोषणका लागि लेख्ने र दोहामा रहेका आम नेपालीहरूलाई दिग्भ्रमित बनाउने खालका लेखहरू प्रवाह गरेकोमा नेपाली दूतावास दोहा खेद जनाउँदछ ।

- नेपाली राजदूतावास

दोहा, कतार

प्रकाशित मिति: २०७० जेष्ठ ९ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै कुन चैंले 'समिति’लाई 'सहमति’ बनाइद्यो !... नेताज्यू’रू सप्पै गलत ठाउँमा आइपुगेछु भन्दै भटाभट फर्के !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication