Kantipur-qatar

Kantipur

मिति | मंगलवार, २०७० असार ४     Login | Register | Issue No. 226
विशेष रिपोर्ट»

यूएईमा मृत्युदण्डबाट जोगिने भए दुर्गा

काठमाडौ, भाद्र १४ -
संयुक्त अरब इमिरेट्स -यूएई) मा शारजहाँमा नेपाली हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका चित्रे-४, पर्वतका ३० वषर्ीय दुर्गाबहादुर सुनार मृत्युदण्डबाट जोगिने भएका छन् । सुनार परिवार र मृतक हाँसोपोसा-२, सिरहाका गणेशबहादुर बस्नेत, २० को परिवार र आफन्तबीच परराष्ट्रको कन्सुलर शाखा त्रिपुरेश्वरमा ब्लड मनीका विषयमा सहमति भएपछि सुनार जोगिने भएका हुन् ।

सुनार परिवारले सरकार र संघ संस्थाको सहयोगमा रकम उठाएर पीडितका परिवारलाई १० लाख रुपैयाँ दिने सहमति भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ब्लड मनीको लागि १ लाख रुपैयाँ बीउ रकम -सिड मनी) दिने भएको छ ।

१४ जनवरी, २००९ मा बस्नेतको हत्या गरेको अभियोगमा थुनामा रहेका सुनारलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसाला सुनाएको छ । यूएईको कानुन अनुसार पीडित परिवारले ब्लड मनी स्वीकार गरेमा मृत्युदण्ड आजीवन कारावासमा बदलिन्छ । पीडित बस्नेत परिवारले सुरुमा २० लाख रुपैयाँ मागेकोमा मृत्युदण्ड फैसला सुनाइएका परिवारले जुटाउन नसक्ने भएपछि ब्लड मनीको रकम घटी लिन आग्रह गरेका थिए ।

पीडित र मृत्युदण्ड सुनाइएका दुवै परिवार सुकुम्बासी भएको जनाउँदै सरकार, संघ- संस्थाको सहयोगमा रकम उठाएर दिन सहमति भएको छ । ब्लड मनीका लागि विदेशबाट फर्केका कामदारको लागि कार्यरत संस्था प्रवासी नेपाली समन्वय समिति, घट्टेकुलोको सहयोगमा उठाउन पहल गर्ने मृत्युदण्ड सुनाइएका सुनारको परिवारलाई सहयोग गर्दै आएका पर्वत निवासी लाल शर्मा सुवेदीले कान्तिपुरलाई बताए ।

पीडित परिवारको तर्फबाट मृतक बस्नेतका दाई नाताका मोरङ निवासी भक्त खड्काले दुवै परिवारको अवस्था नाजुक भएकोले सहयोगको लागि आग्रह गर्दै सहमतिमा ब्लड मनीको रकम तय गरेको बताए । मृतक बस्नेतको परिवारमा उनको बुवा पक्ष्ााघात पीडित र अपाङ्ग आमा मकै पोलेर जीविको पार्जन गर्छिन् । मत्युदण्ड सुनाइएका अविवाहित बस्नेतको घरमा वृद्ध आमा अर्काको मजदुरी गरेर ज्यान पाल्दै आएकी छन् ।

कन्सुलर शाखामा प्रमुख उपसचिव दिलीप पौडेलको रोहवारमा दुवै पक्षबीच आइतबार सहमति भएको थियो । 'लामो समयपछि दुवै पक्ष मिलेर सहमति गर्नुभयो' पौडेलले कान्तिपुरलाई भने, 'सबैतिरबाट सहयोग भयो भने १५/२० दिनमा रकम उठ्ला भन्ने आशा छ ।' कुवेतमा हत्या अभियोगमा मृत्युदण्डको सजाए सुनाइएका डोल्मा शेर्मालाई परराष्ट्रले ४ लाख रुपैयाँ सिड मनी र अरू रकम एनआरएन लगायत प्रवासी संघ संस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए ।

 

प्रकाशित मिति: २०७० असार ४ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

चार दल र चार गते... उस्तै सुनियो !... तेत्तीस गते भन्नुभा भे कति राम्रो सुनिन्थ्यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication