Kantipur-qatar

Kantipur

मिति | आईतवार, २०७० जेष्ठ ५     Login | Register | Issue No. 221
कतार»

'५० डिग्री' मा रातबाहिरै दिन काट्छन्

दोहा, श्रावण ११ -
यो समय कतारमा सबैभन्दा बढी गर्मी हुने समय हो । 'एसी' बिनासमय काट्न सकिँदैन । तर, यस्तो मौसमलाई पनि चुनौती दिने नेपाली कामदार नभएको होइन ।

आइतबार दिउँसो नेपाली दूतावासमा चारजना नेपाली आए, पाल्पाका ३३ वषर्ीय रणबहादुर सार्की, धनकुटाका २७ वषर्ीय हर्कबहादुर दर्लामी, सप्तरीका २२ वषर्ीय भुपेन्द्र यादव, कैलालीका २९ वषर्ीय लक्ष्मण चौधरी । उनीहरू सबै निर्माण कामदार हुन् । उनीहरू सबैको साझा समस्या छैन । परिचयपत्र बनाएको छैन । मेडिकल गरेको छैन । फिंगर पनि छैन । 'जुन कतारमा नभई हुँदैन । त्यही छैन,' पीडित रणबहादुर भन्दै थिए, 'हामी निकै मर्कामा परेका छौं ।'

अझ त्योभन्दा ठूलो कुरो रहेछ, बासस्थान । 'हामी त कोठा नभएका कामदार हौं,' हर्कबहादुरको गुनासो थियो, 'दिनभर साथीहरूको कोठामा बस्छौं । रात परेपछि साथीहरू कामबाट आउँछन् । उनीहरूलाई छोडिदिएर हामी खुला आकाशमुनि रात कटाउँछौं ।'

काम पनि छैन, बस्ने बास छैन, तलब छैन । यो तीनैवटा समस्यासँग जुद्धै्र आफ्नो भएको झिटीझन्टा बोकेर उनीहरू दुतावासको शरण पुगेका हुन् । 'हाम्रो जाने ठाउँ अन्त नभएपछि घर पठाइदिन्छ कि भनेर दूतावास आएको हो,' भुपेन्द्रले भने, 'हेरौ, अब दूतावासले हामीलाई कत्तिको सहयोग गर्छ ।'

उनीहरू 'क्याम्प' नफर्किने गरी दूतावास आएका हुन् । ६०, ८० र ९० हजार रुपैयाँसम्म म्यानपावरलाई बुझाएर आएका उनीहरू यहाँ पेन्टर, इलेक्ट्रोसियनको काममा आएका हुन् । 'कताको पेन्टर हुनु यहाँ त । लेबर भइयो,' पीडित हर्कबहादुरले भने । उनीहरूले १२ महिनामध्ये सात महिनाको मात्रै तलब पाएका छन् ।

३८ दिनमै निस्किए, चौधरी  

सुनसरीका २१ वषर्ीय सन्तोष चौधरी काम थालेको ३८ दिनमै कम्पनीबाट निक्लिएका छन् । 'काम र तलब फरक पर्‍यो । सम्झौता अनुसारको तलब माग्दा निक्लेर जा भन्यो,' उनले भने, 'निस्किए ।' अञ्जली म्यानपावरलाई ७५ हजार रुपैयाँ तिरेर उनी प्लम्बर बनेर आएका थिए । 'प्लम्बर होइन, लेबर बनायो,' उनले भने, '१२ सय तलब दिनुपर्नेमा ९ सय मात्रै दियो  ।' उनले घरफिर्तीको लागि दूतावासमा निवेदन दिएका छन् ।

प्रकाशित मिति: २०७० जेष्ठ ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication