Kantipur-qatar

Kantipur

मिति | आईतवार, २०७० जेष्ठ ५     Login | Register | Issue No. 221
कतार»

दोहामा नेपाली महिला संगठित

दोहा, श्रावण ११ -
वैदेशिक रोजगारको लागि कतार आइपुगेका नेपाली महिलाहरू संगठित भएका छन् ।

'नेपाली महिला समाजको चाहना एकता र सहयोगको  विशुद्ध सामाजिक  भावना'  भन्दै  रेखा राईको नेतृत्वमा महिलाहरू संगठित भएका हुन् । उनीहरूको पहिलो औपचारिक कार्यक्रम शुक्रबार दोहामा सम्पन्न भयो । कार्यक्रममा उपाध्यक्ष रोजना बास्तोलाले  महिलालाई एक ढिक्का गर्दै नेपाली दिदीबहिनीबीचमा परेको समस्यालाई समाधान गर्न जोड दिइने बताइन् । 'विशुद्ध सामाजिक' संस्था भएको बताउँदै अध्यक्ष राईले नेपाली संघसंस्थासँग सहकार्य गर्ने बताइन् ।  

नायिका सोबिता सिम्खडाले महिला समाज गठन भएकोमा खुसी व्यक्त गर्दै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा संगिता लामाले 'पूर्व र पश्चिम घर...' बोलको गीतमा नृत्य प्रस्तुत गरिन् भने बाबुराम परियारले 'हावा चल्यो सररर...' बोलको गीत गाएका थिए । सर्जकले कविता वाचन गरेका थिए ।

त्यस अवसरमा संस्था सहयोग गर्न सहयोगी भूमिका खेल्ने प्रवासी नेपाली मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, ऐक्यबद्धता मासिक पत्रिकाका कतार संयोजक तिलविक्रम थेवे, शशी श्रेष्ठ, सोया दाहाललाई खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष मानबहादुर साँवा लिम्बू, चितवन युवा समूहका उपाध्यक्ष्ा भूमिराज कार्की, मनकामना नेपाली कला केन्द्रकी सविना दाहाल, आरम्भ नाट्य डबलीकी झरना तमु, नवोदित साहित्यिक मोबाइल पुस्तकालयका अध्यक्ष तीर्थसंगम राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष हेमन्त परदेशी, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष रमेश भट्ट, सन्ध्या गु्रप अलखोरका अध्यक्ष थर्चा लामा, अन्तर्राष्ट्रिय नेपाली कलाकार संघका अध्यक्ष डीएन मगर, मोरङ सुनसरी प्रवासी सेवा समाजका खगेन्द्र कार्की, तनहँु सेवा समाजका अध्यक्ष निमलाल कुमाल लगायतको उपस्थिति थियो ।



 

प्रकाशित मिति: २०७० जेष्ठ ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication