Kantipur-qatar

Kantipur

मिति | आईतवार, २०७० जेष्ठ ५     Login | Register | Issue No. 221
मेचीदेखि कालीसम्म»

यार्साको कमाइ, हातहातै मोबाइल

खलंगा, श्रावण ४ -
यार्सागुम्बा टिपेर घर पुगेका जाजरकोटका युवा सबैको हातमा मोबाइल सेट छ । नयाा मोबाइलले केटाहरूको हातै टिलिक्क टल्केको देखिन्छ । यार्सा टिप्न डोल्पाका विभिन्न लेक चहारेका उनीहरूबीच कमाइ गरेको रकमले आपसमा मोबाइल किन्न होडबाजी नै चलेको हो । कसले राम्रो मोबाइल किन्यो ? कति पर्ने किन्यो ? कति सिम लाग्ने किन्यो ? भिडियो र फोटो कस्तो खिच्छ ? मेमोरी कति जीबीको छ ? गाउँभरिका युवाबीच अहिले हल्लाले यस्तै चर्चा पाएको छ ।

गत जेठ पहिलो साता घर छाडेका जाजरकोटीहरू असार २० भित्र घर पुगिसकेका छन् । कमाइ गर्न डोल्पा जाने युवामध्ये अधिकांश मावि र क्याम्पस तहका विद्यार्थी छन् । 'घरमा अभिभावकले मोबाइल नकिनिदिएपछि विद्यार्थी आफंैले कमाइ गरेर रोजाइका मोबाइल किन्ने गरेका छन्,' कालिका आदर्श मावि रामिडाँडाका कक्षा ८ मा पढ्ने राजेन्द्र सिंहले भने, 'खडेरीले पाटन क्षेत्रमा यार्साको उत्पादन कम भएकाले मूल्य आकासिएपछि हामीले राम्रै भाउ पायौं ।'

राजेन्द्रका १४ वषर्ीय भाइ विनोदले २५ दिन यार्सा टिपेर ४० हजार कमाएर फर्केपछि ५ हजारमा ३ वटा सिमकार्ड प्रयोग गर्न मिल्ने मोबाइल किनेका छन् । जिल्लाको बारेकोट भेगमा सीडीएमए प्रविधिले राम्रो काम गर्ने भएकाले कमाइ गरेर र्फकनले महँगोमा स्काई सिमकार्ड खरिद गर्ने गरेको जिरीकै गणेश सिंहले बताए । हेलो नेपालको जीएसएम महँगो भएपछि केहीले गण्डकी, सगरमाथा, वागमती अञ्चलका स्काई सिमकार्ड किनेका छन् ।

अरू अञ्चलका सिमकार्ड र मोबाइल व्यापारीले युवालाई डोल्पामै बेचेका थिए । 'यार्सा टिप्ने लेकमा स्काईको सिमकार्ड हालेरै मोबाइल सेट बिक्री हुने गरेको छ । त्यस्तो सेटलाई कम्तीमा ७ हजार पर्ने नायकवाडाका पिकेन्द्र सिंहले बताए ।

यसपटकमात्र बारेकोटका युवाले डोल्पाबाट फर्किादा १ हजारभन्दा बढी मोबाइल र सिमकार्ड भित्र्याएको अनुमान

छ । यार्सागुम्बा टिप्न गएका पिकेन्द्रका ११ साथीभाइले रूकुमको राडिबजारबाट ६ देखि ११ हजार पर्ने ११ वटा मोबाइल सेट किने । गण्डकी अञ्चलको स्काईको सिमकार्ड डोल्पामै खरिद गरेको बताए ।

डोल्पाबाट रूकुम र जाजरकोट र्फकने बाटो तम्तु, घट्टेजरी, चौतारा, लाङ्ना, ढोरचौर, दह, घाटलगायत ससाना बजारभरि रक्सी र मासुका अस्थायी पसल खुलेका

छन् । डोल्पाको चौंरीकोट हँुदै जाजरकोटसम्म र्फकनेका लागि खुलेका होटलहरूमा जुवा पनि उस्तै चल्ने गरेको

छ । 'उच्चकोटीका मदिरा र बियर दुर्गम गाउँमा पनि प्रशस्तै पुगेका छन्,' नायकवाडाकै योगेन्द्र शाहीले भने । त्यहाँ बियरलाई ३ सय ५० देखि ५ सय रुपैयाासम्म पर्ने गरेको छ । गत वर्ष डेढदेखि २ सयसम्ममा यार्सा बेचेका युवाले यसपटक भने गुणस्तर हेरी ४ सयभन्दा बढीमा प्रतिगोटा बिक्री गरेको बताए ।

गाउँमा 'जसका छोरा उसको धन, जसका भैंसी उसको वन' नारा लाग्ने गरेको छ । घरका ५ बावुछोरा डोल्पा पुगेका नायकवाडा ठाकुरजिरीका नन्दलाल शाहीले यार्साबाट ५ लाख आम्दानी गरेको बताए । नायकवाडा २ रावतजिरीका गोपाल रावतका तीन जनाले पनि ४ लाख कमाए । नायकवाडा गाविसबाट यसपाला ४ हजार ५ सय जना जति यार्सा टिप्न पाटन पुगेका थिए । कतिपय युवा जुवा खेलेर बाटैमा टाट पल्टेर घर फर्केका छन् भने कसैले यार्सा टिप्नुको साटो होटल खोलेर एक महिनामै २ देखि ४ लाखसम्म कमाएर फर्केका छन् । यार्सा खोज्न गएका नायकवाडा ४ जालतरीका लालबहादुर सिंहले होटल खोलेर १ महिनामै २ लाख कमाएको सुनाए । कसैले त सिटामोल र दुखाइ कम गर्ने औषधि ब्रुफिन बेचेर पनि पचासौं हजार कमाए । दिनभरि निहुरेर ढाड दुखेकाले एउटा ब्रुफिन वा सिटामोललाई ८० देखि सय रुपैयाासम्म पनि हालेको भुक्तभोगीले बताए । जिल्लाको बारेकोट भेक र रग्दा भगवतीमा क्षमताभन्दा अत्यधिक मोबाइल प्रयोगका कारण नेटवर्कले भने काम गर्न छोडेको छ । जाजरकोटको भगवती, नायकवाडा रूकुमको घेत्मामा रहेको दूरसञ्चारका टावरले त्यस भेगका १० गाविसलाई धान्न नसकेको नेपाल टेलिकमका प्रमुख हरिजंग शाहले बताए । 

यार्सा टिप्न गएकासँग डोल्पालीले विभिन्न स्थानमा २ देखि ५ हजारसम्म असुल्ने गरेका छन् । त्यस्तै, टिपेका यार्सा लुट्ने, झगडा र कुटपिट गरेको भन्दै जुम्ला र रुकुमले डोल्पा जाने व्यापारिक सामानमा नाकाबन्दी गरेका छन् । रुकुमले राडी बजारबाट खच्चडबाट ढुवानी गरेर डोल्पा जाने सबै सामान रोकेका छन् भने जुम्लाबाट आउने सामान पनि रोकेपछि जाजरकोटको दह र घाटबाट डोल्पा आपूर्ति भइरहेको छ ।

 

प्रकाशित मिति: २०७० जेष्ठ ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication