नेपालमा अर्याल यस अङ्कदेखि नेपाल साप्ताहिकको सम्पादकको जिम्मेवारी प्रशान्त अर्यालले सम्हालेका छन् । कान्तिपुर पब्लिकेसन्स प्रालिको बोर्डले भदौ २ गते उनलाई नियुक्त गरेको हो । अर्याल यसअघि नेपालकै सहायक सम्पादक थिए । पब्लिकेसन्स बोर्डले नेपालका तत्कालीन सम्पादक सुधीर शर्मालाई कान्तिपुर दैनिकको सम्पादकमा नियुक्त गरेको छ भने अखिलेश उपाध्यायलाई दी काठमान्डू पोस्टको सम्पादकमा नियुक्ति दिएको छ । पब्लिकेसन्सले भदौ २ गते औपचारिक कार्यक्रम गरी नया“ सम्पादकहरूको स्वागत र निवर्तमान सम्पादकहरूको बिदाइ गरेको थियो । कार्यक्रममा पब्लिकेसन्सका अध्यक्ष एवम् प्रबन्ध-निर्देशक कैलाश सिरोहियाले नया“ सम्पादकीय नेतृत्व कान्तिपुरको अभियानमा सफल हुने विश्वास व्यक्त गरेका थिए भने निर्देशक रामे˘वर थापाले नया“ सम्पादकहरूको सफलताको कामना गरेका थिए ।