उमेर सच्याएका व्यक्ति यमीको दवावमा पुनः वरिष्ठ प्रबन्धक

नियम अनुसार नै पहिलो वोर्डको निर्णय उल्टाएको हो, यसमा अरु केही पनि छैनः केयूकेएलका प्रवक्ता



काठमाडौं, पुस १९ - हालै गठित काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) वोर्डले पटक/पटक नागरिकतामा उमेर सच्याएर जागिर खाई अवकाश प्राप्त पूर्व वरिष्ठ प्रवन्धक चन्द्रलाल नकर्मीलाई पुनः त्यही पदमा नियुक्त गरेको छ । यसभन्दा अघिको केयूकेएल वोर्डले निजामति ऐन अनुसार अवकास दिएका नकर्मीलाई प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको दवावमा पुनः नियुक्त गरेको सम्बद्ध श्रोतले जानकारी दियो । सहरी विकास मन्लायको कार्यभार स्वयं प्रधानमन्त्रीले सम्हाल्दै आएका छन् ।

नकर्मीलाई उमेर सच्याएकै नागरिकता अनुसार पुर्नबहाली गर्न यसअघिको बोर्डलाई दवाव दिएपनि नमानेपछि संचालक सदस्यद्धय महेश काफ्ले र बाबुराजा मर्हजन फिर्ता बोलाएका थिए । हिसिलाकै दवावमा फिर्ता बोलाएको पनि श्रोतले जनायो । काठमाडौं महानगरपालिका तर्फबाट काफ्ले र ललितपुर उपमहानगरको तर्फबाट महर्जन संचालक सदस्य थिए ।

त्यसपछि महानगरका तर्फबाट काफ्लेका सट्टा संजयराज उपाध्याय र उपमहानगतर्फबाट महर्जनको सट्टा रुद्र गौतमलाई स्वतन्त्र सदस्यमा सिफारिस गरेको थियो । उपाध्याय र गौतमलाई संचालक सदस्य नियुक्त गरेपछि पूर्व योजना अनुसार सरकारका तर्फबाट स्वतन्त्र संचालक सदस्य रहेकी दीदी तिमिला यमी (थापा) लाई हिसिलाले पूर्व अध्यक्ष प्रयागलाल जोशीलाई हटाएर अध्यक्ष नियुक्त गराएकी थिइन ।

केयूकेएलको अध्यक्ष वा सदस्य नियुक्त गर्न सहरी विकास मन्त्रालयको प्रावधानलाई समेत मिचेर हिसिलाले सिधै दीदीलाई अध्यक्ष बनाएकी थिइन् । वोर्ड बैठकमा मन्त्रालयको प्रतिनिधि तिमिला आफैले गरेकी थिइन । त्यसपछि त्यही वोर्ड बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको थियो । स्रोतका अनुसार मंसिर अन्तिम सातातिर बसेको नयां बोर्ड बैठकले नकर्मीलाई सच्याएको नागरिकताको आधारमा पूनः वरिष्ठ प्रबन्धकमा नियुक्त गरेको हो ।

'सत्ता र शक्तिको आडमा जे गरे पनि हुन्छ, पहिलेको वोर्डको निर्णयलाई उल्टयाएर पुनः नियुक्ती गरिएको छ' स्रोतले भन्यो । विशेषगरी प्राविधिक शाखाको करोडौको टेण्डर हत्याउन हिसिलाले नकर्मीलाई पुनः  नियुक्त गरेको स्रोतको भनाइ छ । नकर्मी यस अघि पनि प्राविधक शाखामा लामो अनुभव भएका व्यक्ति हुन । प्राविधिक शाखाले केयूकेएलका सम्पूर्ण शाखासंग समन्वय गर्नु पर्ने हुन्छ । विगतमा पनि उनले सोही शाखामा बसी बोलपत्रबाट समान खरिद नगरीकन कोटशनबाट वाषिर्क लाखौं रुपैयाू खरिद गर्दै आएका थिए ।

नकर्मीेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सहरी विकास मन्त्रालय र यस अघिको वोर्डले गरेको निर्णय कार्यान्वय गराउन निर्देशन दिएपनि हिसिलाको आदेशमा नयां  वोर्डले पूनः वरिष्ठ प्रबन्धकमा नियुक्त गरेको हो । नकर्मीले २०३२ सालमा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २०११ सालको जन्म मितिको नागरिक लिएका थिए भने त्यहींकै आजाद विद्यालयबाट लिएको चारत्रिक प्रमाणपत्रमा २०१२ मंसिर ८ गते जन्ममिति राखिएको छ ।

जागिरको सिटरोल फाराममा २०१२ मंसिर १० गते जन्म मिति छ । एसएलसीको प्रमाणपत्रमा २०१५ साल छ । त्यही जन्ममितिको आधारमा उनले फेरी बनेपा नगरपालिकाको सिफारिस सहित दोस्रो पटक नागरिकता लिएका थिए ।

शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक उमेर भेटिएपछि वोर्डले गत असार महिनामा सिटरोल फरामको  आधारको उमेरको हदमा अनिवार्य अवकास दिएको थियो । उनलाई दिइएको अवकास सम्बन्धमा काठमाडौ महानगरका कार्यकरी अधिकृत केदारबहादुर अधिकरी र ललितपुर उपमहानगरकापालिका कार्यकारी अधिकृत नरहरि भण्डारीलेको उपस्थितिम उक्त निर्णय गरिएको थियो । नकर्मीलाई पछिल्लो जन्ममितिको आधारमा पुर्नवहाली गर्नका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवन्द्र पौडेललेसमेत हालका वोर्ड सदस्यलाई दवाव दिएका थिए । 'राजनीतिक सल्लाहकारले पनि गैरकानुनी काम गर भनेर निर्देशन दिन्छन, के  गर्ने अप्ठेरो भयो'  ति वोर्ड सदस्यले भने । नकर्मी अब ११ महिना थप जागरिमा बहाल रहनेछन । केयूकएल प्रवक्ता मिलन शाक्यले शैक्षिक योग्ताको आधारमा पहिलो वोर्डले गरेको निर्णय उल्टाएको बताए । 'नियम अनुसार नै पहिलो वोर्डको निर्णय उल्टाएको हो, यसमा अरु केही पनि छैन' उनले भने ।

प्रकाशित मिति: २०६९ पुस १९ १२:२२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा
[ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]