पूर्वमन्त्री राजविराज कारागारमा

(0 Votes)
raghubir

राजविराज, भाद्र २५ - पूर्वमन्त्री एवम् नेकपा (एमाले)का नेता रघुवीर महासेठ ले आइतबार राजविराज कारागारको निरीक्षण गर्दै पूर्वसभासद् जगदीशप्रसाद साहसँग भेटघाट गरेका छन् ।

पूर्वसिँचाइमन्त्री एवम् लोकतान्त्रिक मधेसी सङ्गठनका केन्द्रीय अध्यक्ष महासेठले पुर्पक्षका लागि सात महिनादेखि कारागारमा रहेका पूर्वसभासद् साह चाँडै रिहा हुने विश्वास व्यक्त गरे ।

भेटमा साहले आफ्ना लागि जेल नौलो नरहेको र तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गर्दा माघ १९ गतेदेखि तत्कालीन मन्त्री ईश्वर पोखरेलसँगै राजविराज कारागार बस्नुपरेको स्मरण सुनाए ।

‘राजनीतिमा लाग्दा राजाको शासनमा जेल बस्नु परेको थियो अहिले परिबन्दमा परेर अदालतको आदेशले बसेको छु’ साहले भने । अदालतले पुर्पक्षमा लागि कारागारमा राख्ने आदेश दिएपछि अदालतमा आत्मसमर्पण गर्दै साह गत माघ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा रहँदै आएका छन ।

प्रकाशित मिति: २०६९ भाद्र २५ १२:५५


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication