यूएईमा भानु जयन्ती
यूएई, श्रावण १ - गत शुक्रवार यूएईको राजधानी स्थित केरला सोसाईटी सेन्टरमा सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखाले १९९ औं भानु जयन्ति विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न गर्यो ।
एनआरएनए एनसीसी यूएई, तथा प्रवासी नेपाली संघ यूएईका उपाध्यक्ष कृष्ण भुषालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साहित्यिक कार्यक्रमको प्रवासमा रहेका साहित्यकार तथा साहित्य प्रेमीहरुको जमघट रहेको थियो ।
उक्त साहित्यिक कार्यक्रममा एक दर्जन भन्दा बढी कविहरुले कविता वाचन गरेका थिए भने स्थानीय कलाकारहरु बाट गीत तथा संगीत प्रूतुत गरेका थिए ।
उपस्थित अतिथि तथा साहित्यकारहरुलाई प्रतिष्ठानको तर्फबाट पूर्णचन्द्र डुम्रेले स्वागत मन्तब्यद्धारा स्वागत गरेका थिए भने प्रतिष्ठानका दीपराज नेयोङहाङले कार्यक्रमलाई रोचक ढगंबाट चञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रवासी नेपाली यूवा संघका अध्यक्ष महेश गिरी, प्रवासी नेपाली संघ प्रचार–प्रसार समिति विभाग प्रमुख उत्तम अधिकारी, आदिवासी जनजाति युवा परिषद्का उपाध्यक्ष मोहन तामाङ्ग, प्रवासी नेपाली संघका सचिव राजु भुजेल, प्रवासी नेपाली संघ महिला प्रमुख मोती राइ लगायतले आदिकवी भानुभक्तको बारेमा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०६९ श्रावण १ ०१:२९










तपाईंको प्रतिकृया