थप लेखहरु

खेलकुद»

सम्भावना नयाँको


सुधीर नेपाल

उता पिंगलास्थानका फुटबलप्रेमी आलोक कार्कीलाई बाजि्रलको पीर थियो । दुवै फुटबलप्रेमी अहिले आनन्दमा छन् । कारण, अर्जेटिना र बाजि्रल दुवैले आफूलाई विश्वकपमा प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्‍याएका छन् । यसरी दिनानुदिन गिर्दो नेपाली फुटबलको स्तरबाट दिग्दार खेलप्रेमीहरूले फुटबलको महामेला विश्वकप फुटबलबाट सान्त्वना लिँदैछन् । विश्वकप छनोट चरण अन्तिम अवस्थामा आइपुग्दा उनीहरूले आ-आफ्ना समूह छानेर तिनीहरूको जितका लागि प्रार्थनासमेत गर्न भ्याइसकेका छन् ।

आगामी २०१० को बीचतिर दक्षिण अपि|mकामा आयोजना हुने विश्वकप फुटबलका लागि अहिलेसम्म २३ राष्ट्रले आफूलाई सुरक्षित बनाएका छन् । सन् २०१० को जून-जलाईमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसका लागि अब नौवटा टोलीको टुंगो लाग्न बाँकी छ । लिग च्याम्पियनसिप जस्तै अंकको आधारमा पान्सबाहेक नौ टोलीको टुंगो नोभेम्बर १८ तारखिसम्ममा लाग्नेछ । त्यसो त दुई वर्षअघि सुरु भएको जारी छनोट प्रक्रिया पनि कम रोमाञ्चक छैन । विभिन्न अड्कलबाजीका बीच भएको छनोट स्पर्धाहरूले निकै सनसनीपूर्ण र अविश्वसनीय नतिजाहरू दिएका छन् ।

फुटबलको दुनियाँमा जानेमानेका र होनहार समूहहरूले आफूलाई छनोट चरणमा उभ्याउन नै ठूलो मिहिनेत गर्नुपर्‍यो । उता नयाँ समूहहरूले शंकालुहरूलाई स्तब्ध पार्दै आफ्नो खेलकौशल देखाए । प्ले-अफका खेलहरू बाँकी नै रहेकाले विश्व फुटबलमा जारी यो रोमाञ्चकता छनोटको अन्तिम दिनसम्म नै रहनेछ । यस क्रममा धेरै मुलुकले फाइनल 'ड्र'मा स्थान निश्चित गर्दै अर्को वर्षको तयारी थाल्ने छन् ।

आगामी विश्वकपको रोमाञ्चक छनोट खेलमा युरोपका ५३, अपि|mकाका ५३, एसियाका ४३, उत्तर तथा मध्य अमेरकिाका ३५, ओसियाना र दक्षिण अमेरकिाका १०-१० गरी जम्मा २ सय ४ राष्ट्र सहभागी थिए । तिनैमध्येका १८ टिम नौ स्थानका लागि अन्तिम संघर्षमा छन् । यसअघि भएका छनोट खेलहरूले १ सय ६३ देशका लागि विश्वकपको ढोका बन्द गरसिकेको छ । छनोट स्पर्धाका हालसम्मका नतिजाले आगामी विश्वकपमा सबैभन्दा धेरै युरोपका १३ राष्ट्रको उपस्िथति हुने देखाएको छ ।

यता फुटबलमा केही कमजोर मानिएका एसिया र दक्षिण अमेरकिाका चार-चार र उत्तर तथा मध्य अमेरकिाका तीन राष्ट्रले विश्वकपमा सीधै प्रवेश पाएका छन् । विश्वकप टिकटका लागि एसियाबाट पाँचौँ स्थानमा रहनेले ओसियाना च्याम्पियनसँग प्ले-अफ खेल्नुपर्नेछ । त्यस्तै पाँचौँ स्थानका दक्षिण अमेरकिी देशले उत्तर तथा मध्य अमेरकिाका चौथो हुनेसँग प्ले-अफ खेल्ने छन् । आउँदो विश्वकपमा आयोजक एकसहित छनोट चरण पार गर्ने दक्षिण अपि|mकाका पाँच मुलुकले विश्वकप खेल्दै छन् । सबैभन्दा धेरै अपि|mकी मुलुकले अवसर पाएको विश्वकप फुटबल पनि यहीँ हँुदैछ ।

दुई वर्षयता निरन्तर हार बेहोर्दै आएको दक्षिण अपि|mका फिफा वरयिताको ८५औँ स्थानमा झरे पनि आयोजक मुलुकले सीधै प्रवेश पाउने विश्वकप फुटबलको नियम अनुसार स्वतः प्रतिस्पर्धी भएको छ । दक्षिण अपि|mकाले पछिल्ला नौमध्ये आठ खेलमा पराजय भोगे पनि आयोजक राष्ट्रको हैसियतले विश्वकप छनोट खेल्ने अधिकार पाएको हो ।

एसिया महादेशका अस्ट्रेलिया, जापान, दक्षिण कोरयिा र उत्तर कोरयिा विश्वकपमा प्रतिस्पर्धा गर्ने भाग्यशाली टोली भएका छन् । उनीहरू खेलमा शक्तिशाली भएकैले स्पर्धामा सीधा प्रवेश पाउने भाग्यमानी भएका हुन् भन्नेमा विवाद छैन । लगातार पाँचपटक विश्वकप खेलेको अर्को एसियाली मुलुक साउदी अरेबियाको सपना भने यसपालि पूरा हुन सकेन । साउदी अरेबियालाई गोल अन्तर र इरानलाई एक अंकले पछि पार्दै ४० वर्षपछि विश्वकपमा फर्किनेमा उत्तर कोरयिा दरएिको छ ।

उता डेनमार्क, स्वीट्जरल्यान्ड, स्लोभाकिया, जर्मनी, स्पेन, इंग्ल्यान्ड, सर्विया, इटाली र नेदरल्यान्डले समूह विजेताका रूपमा विश्वकप यात्रा निश्चित गरेका हुन् । छनोट चरणमा डेनमार्क, स्वीट्जरल्यान्ड, स्लोभाकिया, इंग्ल्यान्डले एक-एक र सर्वियाले एक खेल हारेका थिए भने बाँकी पाँच टिम अपराजित रहेका थिए । युरोपेली च्याम्पियन स्पेन र दुईपटकको विश्वकप उपविजेता नेदरल्यान्डले छनोट चरणका सबै खेलमा प्रभावशाली प्रदर्शन गर्दै राम्रो नतिजा देखाएका थिए ।

डिफेन्डिङ् च्याम्पियन इटाली बडो मुस्िकलले विश्वकपमा प्रवेश गर्नु धेरैका लागि छनोट चरणको सबभन्दा रमाइलो पक्ष भएको छ । उता पहिलोपटक विश्वकपमा छानिएको स्लोभाकियाको छनोट यात्रा पनि कम कठिन रहेन । स्टार खेलाडीहरूले भरएिको पूर्वविजेता प|mान्सले विश्वकप प्रवेशका लागि बलियो आयरल्यान्डसँग प्ले-अफ खेल्नै छ । तीन वर्षअघि विश्वकपको सेमिफाइनलमा पुगेको पोर्चुगल यसपालि मुस्िकलले प्ले-अफमा पुगेको छ । पोर्चुगलले बोस्िनया हर्जगोभिना, ग्रीसले युक्रेन र रसियाले स्लोभानियासँग प्ले-अफ खेल्नेछन् । विश्व फुटबलमा बलियो मानिएका स्वीडेन, चेक रपिब्लिक, टर्की र क्रोएसिया छनोट चरण पार गर्न असफल रहनुलाई भने विश्व फुटबलका लागि दुखद पक्ष मानिएको छ ।

विश्व फुटबलमा रवाफिलो रहँदै आएका ब्राजिल, चिली, पाराग्वे र अर्जेन्टिनाले आगामी विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएका छन् । हालसम्म कुनै पनि विश्वकप फुटबल नछुटाएको एक मात्र टिम ब्राजिलले त छनोट चरणमा ३४ अंक हासिल गरेको थियो । छनोट चरणमा पाँचपटकको विश्वविजेता ब्राजिलले दुई, चिलीले पाँच, पाराग्वेले पाँच, अर्जेन्टिनाले छ र उरुग्वेले छ हार बेहोरेका थिए ।

उता अनेक अड्कलबाजी, आलोचना र अनिश्चितता बेहोरेको अर्जेन्टिनाले अन्तिम घडीमा खेल सुधारेर छनोट चरण पार गर्‍यो । जसोतसो २८ अंक जोडेर अर्जेन्टिना नछानिएको भए फुटबल समाचार संकलकहरूले आफ्नो समयका अद्भुत खेलाडी तथा हालका प्रशिक्षक डिएगो म्याराडोनाको गाली खुबै खानुपर्ने थियो । उता छनोटमा पाँचौँ स्थानको उरुग्वेले फाइनल 'ड्र'का लागि प्ले-अफमा उत्तर तथा मध्य अमेरकिी क्षेत्रमा चौथो भएको कोस्टारकिालाई पन्छाउँदै छ ।

उत्तर तथा मध्य अमेरकिाबाट संयुक्त राज्य अमेरकिा २०, मेक्सिको १९ र होन्डुरस १६ अंक जोड्दै शीर्ष तीन स्थानमा रहेर विश्वकप छनोटमा परेका छन् । अंक बराबरी भए पनि गोल अन्तरका आधारमा होन्डुरसभन्दा पछि परेको कोस्टारकिाले उरुग्वेसँग प्ले-अफ खेल्ने मौका पाएको छ । होन्डुरसले १९८२ यता पहिलोपल्ट विश्वकपको छनोट चरण पार गरेको हो । छनोट खेलभर िअमेरकिा दुई, मेक्सिको तीन, होन्डुरस चार र कोस्टारकिा चार खेलमा पराजित भएका थिए ।

अपि|mकी राष्ट्र घाना र आइभरी कोस्टले सुरक्षित टिकट लिइसकेको छनोट खेलको ग्रुप वानमा क्यामरुन र गेवोन, ग्रुप टूमा ट्युनिसिया र नाइजेरयिा, ग्रुप थ्रीमा अल्जेरयिा र इजिप्ट विश्वकप प्रवेशको होडमा छन् । उता ओसियाना क्षेत्रको विजेता समूहले विश्वकपमा स्थान बनाउन प्ले-अफ खेल्ने छन् । अस्ट्रेलियाले एसियाली फुटबल महासंघको सदस्यता लिएकाले ओसियाना क्षेत्रको छनोटमा न्युजिल्यान्ड पहिलो भयो । उसले वरयिता क्रममा २२ स्थानमा रहेको एसियाली मुलुक बहराइनसँग प्ले-अफ खेल्दैछ, विश्वकप प्रवेशका लागि । फिफा वरयितामा ८३औँ स्थानमा रहेको न्युजिल्यान्डले ओसियानाको छनोट खेलमा एक हार र पाँच जित हासिल गरेको थियो ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबल यात्राले ८० वर्ष पार गरसिकेको छ । १९३८ मा प|mान्स विश्वकप फुटबलपछि १२ वर्ष यो यात्रा रोकियो । त्यसपछि १९५० मा ब्राजिलबाट फेर िविश्वकप यात्रा सुरु भएको थियो ।

यसपालिको छनोट चरणमा प्रदर्शित खेलका आधारमा अबको विश्वकपमा परम्परागत हस्तीहरूको दबदबा तोडिने अनुमान पनि गरएिको छ । फुटबलमा महान् मानिएका बाजि्रल, अर्जेन्टिना, प|mान्स, जर्मनी, इटालीजस्ता राष्ट्रहरूलाई छनोट चरण पार गर्दा निकै मुस्िकल परेको देखाएको छ । अपि|mकी राष्ट्र घाना, आइभरी कोस्ट, दक्षिण अमेरकिी राष्ट्र्र चिली, पाराग्वेको खेलले यसपालि फुटबलका महान् मानिएका राष्ट्रहरूलाई पछाडि नपार्लान् भन्न सकिने स्िथति छैन । विश्वकप कसको पोल्टामा जान्छ भन्ने हेर्नचाहिँ प्रतीक्षा गर्नैपर्छ ।

प्रकाशित अंकहरू