दक्षिण एसियाली महिला पत्रकारको भेलामा भाग लिन एउटा जम्बो टोली पाकिस्तानको लाहोर प्रस्थान गर्दा सबैको अनुहारमा उल्लास थियो । नहोस् पनि किन ? १७ जना नेपाली महिला सञ्चारकर्मी एउटै यात्रामा थियौँ । कतिसम्म भने पाकिस्तान एयरलायन्सका स्टेवार्डहरूले यति धेरै र राम्रा केटीहरू आफ्नो विमानमा चढेको पहिलोपटक हो सम्म भनेछन् । वन्दना राणा, इला शर्मा, निर्मला शर्मा, पुनम पौडेल, तारा चाम्लिङलगायतलाई देखेर त्यसो भनेका होलान्, हामीले अनुमान लाएथ्यौँ ।
जाँदाको त्यो उमंग भने र्फकंदा रहेन । लाहोरबाट कराँची आएर अर्को फ्लाइट समात्नु थियो, काठमाडौँ र्फकन । कराँचीबाट काठमाडौँ आउने पीआईएको विमान खाडीतिर काम गरेर र्फकने नेपाली दाजुभाइले टम्म भरनिे रहेछ । कराँचीको इमिग्रेसन कक्षमा हामीलाई पनि खाडीबाट फर्केका नेपाली भन्ठान्छन् होला भनेर ठट्टा गर्दै थियौँ । केहीछिनपछि त्यो यथार्थमा बदलियो । हाम्रा केही साथीलाई 'तिमीहरू कलाकार हौ ? तिमीहरूको योग्यता के हो ? कहाँबाट आएका ?' जस्ता प्रश्न गर्न भ्याएछन्, इमिग्रेसनका अधिकारीहरूले । अन्त्यमा हाम्रो निष्कर्ष रह्यो, यस्तो अनावश्यक झमेलाबाट टाढै रहन देश गुनाको भेष, कपालबिनाको केश भनेझैँ पाकिस्तानजस्ता राष्ट्रमा जाने महिलाले कुर्ता-सुरुवाल लगाउनु उपयुक्त हुने रहेछ ।
कम छैनन् नेपाली
दक्षिण एसियाका आठ राष्ट्रबाट प्रतिनिधित्व गर्ने करबि दुई सय महिला पत्रकारको जमघटले लाहोर झकिझकाउ थियो । यद्यपि, सुरक्षाका कारणले अघिपछि प्रहरीद्वारा 'स्कर्टिङ्' गरएिका गाडीभित्र मात्रै बस्न पाइन्थ्यो सहभागीले । त्यतिका महिलामध्ये नेपालका तर्फबाट वन्दना राणालाई विशेष महत्त्व दिएका थिए आयोजकले । उनी पनि नेपालका महिला पत्रकारका तर्फबाट जसरी प्रस्तुत भइन्, त्यसले नेपाली महिला पत्रकारको स्िथति उँचो देखियो । वाक्पटु र प्रख्यात अभिनेतृ/निर्देशक नन्दिता दासपछिको प्रस्तुतिमा वन्दनाले कुनै कमी हुन दिइनन् । भारतका एकसेएक महिला पत्रकारहरू ज्योति मल्होत्रा, अमु जोसेफ, मनिका चोपडा, मधुमिता दत्ता, अनिता कत्याल, सुनन्दा दीक्षितका अगाडि वन्दनाको रोलनम्बर एक नै रह्यो । महिला पत्रकारका माझमा वन्दनाले राम्रो स्थान बनाएकी रहिछन्, पाकिस्तानमा थाहा भयो ।
त्यसो त आ-आफ्नो भूमिकामा रहेका साफ्माका महासचिव निर्मला शर्मा र साउथ एसियन विमेन इन मिडियाकी महासचिव मैना धितालले नेपालका महिला पत्रकारको अवस्था सांगोपांगो प्रस्तुत गरे । यो सहभागिताबाट नेपाली महिला पत्रकारहरू आफूहरू कम नभएको प्रमाणित गरििदएको देख्न पाइयो ।
बोलचाल बन्द !
दक्षिण एसियाका महिला पत्रकारहरूको भेलाका मुख्य अतिथि थिए, पाकिस्तानका सञ्चारमन्त्री कुमरजमान कैरा । प्रमुख अतिथिकै रूपमा निम्त्याइएकी थिइन्, पूर्वसञ्चारमन्त्री सेरी रहमान । एकै समयमा आउने भनिए पनि मन्त्री कैरा कार्यक्रमबाट फर्किएपछि मात्रै सेरी आइपुगिन् । तर, उनी सरासर कार्यक्रम स्थलमा भने छिरनिन् । पछि थाहा भयो, परवेज मुसर्रफ कार्यकालमा मन्त्री रहेकी सेरी र कैराबीच बोलचाल रहेनछ । त्यसैकारणले जब कैरा निस्िकए, तब सेरीको पालो आएको रहेछ ।
निर्धारति समयभन्दा धेरैबेर भारतीय पत्रकारले कैरासँग छलफल गरे । जसरी सार्क राष्ट्रको बैठकमा समेत भारत र पाकिस्तानका मुद्दाले अरूलाई ओझेलमा पार्छन्, त्यो महिला पत्रकारको भेलामा पनि दोहोरयिो ।
हामीकहाँ पनि कतिपय नेताको बोलचाल बन्द, पानी बाराबार भन्ने सुनिएको थियो । पाकिस्ताका नेताहरू एकअर्कामा उस्तै व्यवहार देखेपछि आखिर यो दक्षिण एसियाकै राजनीतिज्ञहरूको रोग रहेछ भन्न करै लाग्यो !
'मिस्ड कल’ र प्रचण्ड
प्रधानमन्त्री भएकै बखत एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्ता लिन मन थियो । त्यो पूरा भएन । त्यसपछि पनि कैयौँपटकको प्रयास असफल भइरहेको थियो । एक जना सहृदयीका कारण प्रचण्डको मोबाइल नम्बर हात पर्यो । 'मिस्ड कल' हेरेर 'कलब्याक' गर्ने बानी प्रधानमन्त्री नहुँदा माधवकुमार नेपालको थियो क्यार !
यसपटक प्रचण्डले पनि त्यसै गर्दा रहेछन् भन्ने अनुभव गर्न पाइयो ।
सजिलै प्रचण्डले फोनमा कुरा गर्लान् भन्ने अनुमान थिएन । तर, उनले जसरी 'रेस्पोन्स' गरे, त्यो कमै नेताले गर्दा हुन् । आफ्नो मोबाइलमा आएको मिस्ड कल हेरर उनले मलाई फोन गरे । मैले अन्तर्वार्ताका लागि समय माग्न खोजेको बताएँ, प्रत्युत्तरमा उनले 'समय नभए पनि व्यवस्थापन गर्छु, आउनू' भने । उनको शैली राम्रो लाग्यो । तर, यता उनका प्रेस हेर्ने समीर दाहालको प्रस्तुति भने अजबको थियो । समीरले 'तपाईंको पद के हो ?' भनेरसम्म सोधे । पदले अन्तर्वार्ता लिने हो या संवाददाताले, तिनले खुट्याउन बाँकी नै छ कि ? अन्तर्वार्ता सकिएर फर्केपछि भने यस्तो लाग्यो, ओखर र पाङ्ग्राजस्ता कार्यकर्तालाई साथै लिएर हिँड्न प्रचण्डजस्ता नेता नभए के सम्भव हुन्थ्यो होला र ?
यशोदा तिम्सिना 























