थप लेखहरु भरत भूर्तेल

चरितचर्चा»

प्रमोसन


भरत भूर्तेल

"प्रमोसन कहिले हुन्छ ?" रक्षामन्त्रीले सोध्नुभो ।

"तपाईंलाई किन प्रमोसन चाहियो ?" प्रधानमन्त्री झर्किनुभो, "तपाइर्ं सुजाता कोइराला हो र प्रमोसन खाने ?"

"म कोइराला होइन, भण्डारी हुँ," रक्षामन्त्री पनि रसिाउनुभो, "मेरा लागि प्रमोसन मागेको पनि होइन ।"

"कसका लागि माग्नु भा'त ?" प्रधानमन्त्रीले सोध्नुभो, "मैले सोचेँ आफ्नै होला ।"

"तोरणबहादुरको प्रमोसन हुनुपर्‍यो," रक्ष्ाामन्त्रीले भन्नुभो, "ती काबिल मानिस छन् ।"

"उनी दोषी छन्," प्रधानमन्त्रीले सोध्नुभो, "दोषीलाई कसरी प्रमोसन दिने ?"

"उनी दोषी छैनन्," रक्ष्ाामन्त्रीले भन्नुभो, "निर्दोष भनेर एउटा प्रमोसन खाइसके ।"

"कहिले ?" प्रधानमन्त्रीले सोध्नुभो, "अहिलेको कुरो कि पहिलेको कुरो ?"

"लोकतन्त्र आएपछि," रक्षामन्त्रीले प्रतिरक्षा गर्नुभो, "उनी उपरथी थिए, लोकतन्त्र आएपछि रथी भए ।"

"लोकतन्त्रकालको कुरा एउटा थियो," प्रधानमन्त्रीले भन्नुभो, "अब ठोकतन्त्रकाल सुरु भइसक्यो ।"

"कहिले सुरु भयो ठोकतन्त्रकाल ?" रक्ष्ाामन्त्रीले सोध्नुभो, "कस्तो अचम्मको कुरो ?"

"हामी सरकारमा आएपछि," प्रधानमन्त्रीले भन्नुभो, "कालो झन्डामा ढुंगा बेरेर ठोकेका ठोकेकै छन् ।"

"तिनले ठोक्तैमा लोकतन्त्र जान्छ र ?" रक्षामन्त्रीले भन्नुभो, "म मान्नेवाला छैन ।"

"मान्नुपर्छ," प्रधानमन्त्रीले भन्नुभो, "वर्तमान परपि्रेक्ष्यमा स्िथति बुझ्नुपर्छ ।"

"मैले बुझेरै भनेकी हुँ," रक्ष्ाामन्त्रीले भन्नुभो, "लोकतन्त्रको रक्षाका लागि प्रमोसन हुनुपर्छ ।"

"प्रमोसनले कसरी हुन्छ लोकतन्त्रको रक्षा ?" प्रधानमन्त्रीले सोध्नुभो, "जवाफ दिनोस् ।"

"सेनाको लोकतान्त्रीकरण गरेर," रक्ष्ाामन्त्रीले भन्नुभो, "उनीहरूलाई हामी लोकतन्त्रवादीतिर ल्याउन त्यसो गर्न आवश्यक छ ।"

"त्यसो नगरे के हुन्छ ?" प्रधानमन्त्रीले सोध्नुभो, "भन्नोस् के हुन्छ ?"

"त्यसो नगरे उनीहरू लोकतन्त्रमा विश्वास गर्ने छैनन्," रक्ष्ाामन्त्रीले जवाफ दिनुभो, "बरु ठोकतन्त्र ठीक भन्ने छन् ।"

"म के गरौँ त ?" लाचार मुद्रामा प्रस्तुत हुँदै प्रधानमन्त्रीले भन्नुभो, "कस्तो अप्ठ्यारो पर्‍यो ?"

"तोरणबहादुरको प्रमोसन," रक्षामन्त्रीले भन्नुभो, "सेनाको लोकतान्त्रीकरण ।" थप्नुभो, "अझ म त भन्छु, शान्ति सम्झौताको पुनरावलोकन ।"

"प्रमोसन सम्भव छैन," प्रधानमन्त्रीले भन्नुभो, "तिनका कुरा पनि सुन्नुपर्छ ।"

"कसका कुरा ?" रक्ष्ाामन्त्रीले सोध्नुभो, "तपाइर्ंले मेरा कुरा पो सुन्नुपर्छ, म रक्षामन्त्री, तपाइर्ं प्रधानमन्त्री ।"

"तपाईंलाई मन्त्री कसले बनायो ?" प्रधानमन्त्रीले सोध्नुभो ।

"तपाइर्ंले," रक्षामन्त्रीले जवाफ दिनुभो ।

"मलाई प्रधानमन्त्री कसले बनायो ?" प्रधानमन्त्रीले सोध्नुभो ।

"संसद्ले," रक्षामन्त्रीले जवाफ दिनुभो ।

"कुरो त ठीकै गर्नुहुन्छ," प्रधानमन्त्रीले नरम स्वरमा भन्नुभो, "तर, कामरेड ! यसको अर्को पक्ष पनि छ ।"

"के छ अर्को पक्ष ?" रक्षामन्त्रीले सोध्नुभो, "तपाइर्ं प्रमुख प्रतिपक्षसँग डराउनुभएको त होइन ?"

"म डराउने ?" प्रधानमन्त्रीले सोध्नुभो, "म किन डराउने ?"

"नडराउने भए प्रमोसन गर्नोस्," रक्षामन्त्रीले भन्नुभो, "विभागीय मन्त्रीका हैसियतले यो मेरो अनुरोध हो ।"

"तपाइर्ं कहाँको मन्त्री ?" प्रधानमन्त्रीले अर्को अत्तो थाप्नुभो, "भन्नोस्, कहाँको मन्त्री ?"

"नेपालको," रक्ष्ाामन्त्रीले जवाफ दिनुभो, "सार्वभौमसत्तासम्पन्न नेपालकी प्रथम महिला रक्षामन्त्री ।"

"यो दुनियाँमा अरू महिला छैनन् ?" प्रधानमन्त्रीले सोध्नुभो, "भन्नोस्, छन् कि छैनन् ?"

"छन्," रक्षामन्त्रीले जवाफ दिनुभो, "किन नहुनु ?"

"छन् भने तिनको पनि राय लिनुपर्छ," प्रधानमन्त्रीले भन्नुभो, "कुरो बुझ्नुभो ?"

"कसको राय लिने ?" रक्षामन्त्रीसमेत उत्तेजित हुनुभो, "प्रधानमन्त्रीले मन्त्रीको राय नलिएर कसको लिने ?"

"करनि लनग्रेनको," प्रधानमन्त्रीले खुलासा गर्नुभो, "ती पनि त महिला हुन् ।"

"त्यस विदेशीको राय किन ?" रक्षामन्त्रीले सोध्नुभो, "यो हाम्राे आन्तरकि मामिला होइन ?"

"किनभने उनी विदेशी हुन्," प्रधानमन्त्रीले आफ्नो अडान छाड्नुभएन, "आन्तरकि मामिला भनेर हुन्छ ?"

"त्यसो भए प्रमोसन हुँदैन ?" रक्ष्ाामन्त्री कुण्ठित हुनुभो, "कस्तो विचित्र कुरा गरेको ?"

"मैले प्रमोसन हुँदैन भनेँ र ?" प्रधानमन्त्रीले कुरो फेर्नुभो, "तिनका कुरा सुनेर गर्नुपरे गरौँला न !"

"अझ कसका कुरा सुन्नुपर्‍यो ?" रक्षामन्त्रीले भन्नुभो, "आफ्नाका नसुन्ने अरूका सुन्ने ?"

"सुन्नुपर्छ," प्रधानमन्त्रीले भन्नुभो, "किनभने उनीहरू कुरा सुनाउँछन् ।"

"कसले सुनायो कुरा ?" रक्ष्ाामन्त्रीले सोध्नुभो, "तिनले के सुनाए ?"

"बेलायती राजदूतले," प्रधानमन्त्रीले भन्नुभो, "तिनले भने तोरणबहादुर दोषी छन् ।"

"उनी किन दोषी ?" रक्ष्ाामन्त्रीले सोध्नुभो, "तिनको दोष के हो ?"

"गोरखबहादुर गणमा बसेर," प्रधानमन्त्रीले वाक्य पूरा गर्नुभो, "तिनले ठोक्नु ठोके रे !"

"ठोक्नुपर्छ भन्ने उनीहरू नै हुन्," रक्षामन्त्रीले भन्नुभो, "त्यसो भए बेलायतीहरू पनि दोषी हुन् ।"

प्रधानमन्त्री बोल्नुभएन ।

"छानबिन समितिले एकपटक निर्दोष भनेर प्रमोसन दिएको मान्छे," रक्ष्ाामन्त्रीले भन्नुभो, "पटकपटक दोषी हुँदैन ।"

"तपाइर्ंका कुरा ठीक हुन्," प्रधानमन्त्रीले भन्नुभो, "शतप्रतिशत सत्य ।"

"त्यसो भए गर्नोस् प्रमोसन," रक्ष्ाामन्त्रीले भन्नुभो, "अन्यथा पद्धति बिग्रन्छ ।"

"कुरा तपाइर्ंका मात्र ठीक होइनन्," प्रधानमन्त्रीले रंग फेर्नुभो, "उनीहरूका कुरा पनि बेठीक भन्न असमर्थ छु ।"

रक्षामन्त्री केही बोल्नै आँट्नुभएको थियो, प्रधानमन्त्रीले भन्नुभो, "बैठक सकियो ।"

प्रकाशित अंकहरू