थप लेखहरु

पुस्तक»

प्रसंग


सन्तोष शर्मा संगीत प्रवर्द्धक

मैले भर्खरै पढिसिध्याएको पुस्तक हो, म सक्छु । मैले पढेमध्येको नितान्त नौलो सोच भएको पुस्तक हो यो । हुन त कर्ण शाक्यका यसअघिका कृतिहरू पनि आफैँमा भिन्न र महत्त्वपूर्ण थिए ।

तर, यो एउटा सूचनामूलक कृति पनि हो । यसो भन्दा अझ बढी उपयुक्त हो, यो पुस्तक सफलताको रोचक कथा हो ।

कर्ण शाक्यले म सक्छु लाई 'सोच, खोज अनि गर' भित्र ३४ जना व्यक्तिहरूलाई समेटेका छन् । यसमा भएका प्रत्येक व्यक्तिका कथाले मानिसलाई उत्साह दिन्छ । शून्यबाट थालेर शिखर छुने काम गर्ने यस्ता व्यक्तित्वका बारेमा जानकार हुनु कुनै पनि पाठकलाई रुचि हुन्छ ।

यसभित्रका कथाहरूमा कतै श्रीमान्ले सुरु गरेर श्रीमतीले गति दिएका, कतै बाबुले सुरु गरेको उद्यमलाई सन्तानले गन्तव्यमा टेकाएको कथा पनि रोचक छ । यो 'सेल्फमेड' अर्थात् आफैँद्वारा बनिएका व्यक्तिहरूको प्रसंगहरू आमपाठकलाई त रुचिकर हुन्छ नै युवापुस्तालाई त झन् उद्यमशील काममा लाग्न ठूलो प्रेरणा नै दिनेछ भन्ने मेरो विश्वास छ ।

लेखकले जीविकाका लागि विदेश नगई स्वदेशमै बसेर पनि प्रशस्त आयमूलक काम गर्न सकिन्छ भन्ने कुरालाई पुस्ट्याइँ गरेका छन् । र, उद्यमीहरूलाई मौरीको संज्ञा दिएका छन् । उनी भन्छन्, "उनीहरू यो देशमा मौरी भएर बाँचे, जिन्दगीभर मह बनाए, आफूले खाए, कोही अरूलाई पनि खुवाए र सधैँ आफ्नै चाकामा फर्के ।"

यी कुराहरू उनले म सक्छुको दोस्रो भागमा समेटेका छन्, जसलाई उनले सफलताका कथा नाम दिएका छन् । म सक्छु पहिलो खण्डमा राखिएको छ, जसमा लेखले सफलता हासिल गर्नुपछाडिका कारक कुराहरू बताएका छन् । यो सफलताको रोचक कथा हो ।

प्रकाशित अंकहरू