कुनैबेला राणा प्रधानमन्त्रीको निवास, अब नेपालको राज्य शक्तिको केन्द्रविन्दु, सिंहदरबार । विगतमा सिंहदरबार र नारायणहिटी दरबारबीच शक्ति सन्तुलनका लागि द्वन्द्व भएकै हो । अब त्यो स्िथति रहेन । किनभने, अब राजा छैनन्, नारायणहिटीमा । आमनागरकिका छोरा नेपालका राष्ट्रपति छानिए र उनको कार्यथलो बनेको छ, शीतल निवास । सिंहदरबारमा भने प्रधानमन्त्रीको कार्यालय यथावत् छ ।
मुलुक हाँक्ने जनप्रतिनिधिद्वारा अगुवाइ गरएिका विभिन्न मन्त्रालयहरू पनि त्यही परसिरभित्र छन् अनि संविधानसभा एवं विधायिकाका विभिन्न समितिका कार्यालयहरू पनि । सुशासनका लागि के-के गर्नुपर्छ भन्ने बुँदा नागरकि बडापत्रहरू कार्यालयहरूमा झुन्डिएका पनि छन्, वर्षौंदेखि । त्यस हाताभित्र गाउँका, सहरका, मोफसलका, सामान्य, विशिष्ट सबै खाले मानिस जानुपर्ने हुन्छ काम विशेषले । आफ्ना प्रतिनिधि भेट्न, चासो व्यक्त गर्न र दुखेसो पोख्न जाने ठाउँ पनि हो, सिंहदरबार । विदेशीहरू पनि जानुपर्ने स्िथति हुने गर्छ । विरोधको थलो पनि बनेको छ, सिंहदरबार सेरोफेरो । र, विरोध निषेधित क्षेत्र घोषित पनि भएको छ यो । 'गेट पास' नभई भित्र जान पाइन्न । राज्यको उच्च प्रशासनिक र राजनीतिक संयन्त्र रहेकाले सुरक्षा त आवश्यक हुने नै भयो, काम नभएका डुकुलन्ठुहरूलाई त्यत्तिकै भित्र जान दिनुको अर्थ पनि भएन ।
तिहारलगत्तै बिदाको भोलिपल्ट सिंहदरबार हाताभित्र रहेको कार्यालयमा काम विशेषले बिहानै पुग्नुपर्ने भयो । खास फाँटमा कार्यरत अधिकृतले आगन्तुकको नाम ढोकामा पठाइदिने व्यवस्था अनुरूप विभागका अधिकृतलाई सम्पर्क गर्दै अनुरोध गरयिो । "नाम पठाइदिइसकेका छौँ, समस्या हुँदैन," उताबाट आश्वासन आयो । र, थपियो, "फलानो नम्बरको झ्यालमा सम्पर्क गरौँ ।" केही महिनाअघि संसदीय समितिको सुनुवाइमा जाने क्रममा सिंहदरबार दक्षिणढोकाको झ्यालमा नाम खोज्दाखोज्दै अपराह्न ३ बजिसकेको थियो । त्यो समयपछि 'भित्र जान दिन मिल्दैन' भनी सुरक्षाकर्मीले जानै दिएका थिएनन्, अनुनयविनयका बाबजुद । भित्रबाट अधिकृत आएर जमानी बसेपछि मात्रै जाने अनुमति पाएको थियो, पंक्तिकारले ।
दक्षिणढोकाको नाम सोध्ने झ्यालछेउको मटानलाई डोरी बाँधेर छुट्याइएको थियो । सुरक्षा प्रतिनिधिले फटकारेर मटानमा जान दिएनन् । खुला झ्यालअगाडि उभिएर बाटोबाट कराउनुपर्यो, "ए हजुर, म फलानो हुँ, तिलानो फाँटमा जाँदै छु, मेरो नाम आएको होला हेरििदनुहोस् न ?" "यता होइन, चार नम्बर झ्यालमा सोध्नोस्," भित्रबाट कर्कस स्वरमा जवाफ आयो । दुई-चार कदम बायाँ लागेर चार नम्बर झ्यालअगाडि पुग्दा त्यो बन्द भेटियो । अब के गरौँ । फेर िप्रहरीतर्फ फर्केर झ्याल बन्द भएको कारण देखाउँदै एकपल्ट नाम हेरििदन आग्रह गरयिो । ती प्रहरीले अप्ठ्यारोसित शिर पछाडिपट्ट िफर्काए तर भित्रका सहकर्मीसित ख्यालठट्टामा व्यस्त भए । केही क्षणपछि उनी फर्किएर कम्प्युटर बिग्रेकाले नाम आए-नआएको थाहा नभएको बताए । मिटिङ्को समय भइसकेको हुँदा मोबाइलबाट स्िथति अवगत गराएँ । अधिकृतले सुरक्षाकर्मीसित कुरो गर्ने प्रयास गरे । "तपाईंले फोनमा भन्दैमा मैले छाड्न मिल्दैन," यताबाट जवाफ गयो । ठीकै कुरो थियो । नियम त पालना गर्नैपर्ने हो तर बोलीव्यवहार भने एकदमै अमिलो ।
राजधानीमा त यो व्यवहार भने दूरदराजमा कस्तो होला, मनमनै औडाहा छुट्यो । सरकारले हालसालै गर्नु-नगर्नु भन्ने परपित्रमा सुरक्षा निकायले राम्रो व्यवहार गर्नुपर्ने व्यवस्था गरेको सम्झना भयो । सायद परपित्र त्यो तहसम्म आइपुग्दै गरेको होला । केही महिनाअघि प्रधानमन्त्री कार्यालयका सचिवले गेटपासको उचित व्यवस्था गरएिको भन्ने सूचना सम्प्रेषित भएको पनि याद आयो । गफै मात्रै रहेछ । केही लागेन, र्फकनुपर्ने अवस्था आउनेजस्तो भयो । सँगै भित्र जानुपर्ने विदेशी सहयोगीको प्रश्नवाचक दृष्टिको पंक्तिकारसँग कुनै जवाफ थिएन । नेपालस्िथत विदेशी दूतावासमा जाँदा झन्झट हुँदा बाहिरै मिटिङ् गर्ने गरेको सम्झेँ । मनमनै लाग्यो, परसिर सुरक्षित राख्दै आवतजावतको विधि सहज बनाउनु त्यति अप्ठ्यारो त हुनुनपर्ने ।
गाडीमा बसेर अर्थ नहुने हुँदा फेरिसुरक्षा प्रतिनिधिसमक्ष हार-गुहार गर्न लागेँ तर ती डगेनन् । "कम्प्युटर बिग्रेकाले केही गर्न सकिन्न, तपाईं जेसुकै गर्नोस्," रूखो जवाफ दोहोरयिो । र्फकने मनस्िथतिमा पुगेर गाडीमा बस्नै लाग्दा पारपिट्टबिाट कसैले बोलायो, "के भयो ?" दातृनिकायमा कार्यरत मित्र रहेछन् । आफ्नो पीडा ओकलेपछि समाधान दिए, "भैगो, यसैमा जाउ“m Û" आफ्नो गाडी छेउतिर राखी विदेशी सहयोगी र म ती मित्रको गाडीमा बस्यौँ र सजिलै परसिरभित्र पुग्यौँ । आफू नेपाली, लाइसेन्स, कार्यालयको परचियपत्र, इन्जिनियर एसोसियसनलगायतका परचिय खुल्ने परचियपत्रहरू हुँदाहुँदै पनि ती बेकम्मा भए, आफ्नै मुलुकमा ।
आफू पुग्दा मिटिङ् अगाडि बढिसकेको रहेछ । फोन गर्ने अधिकृत मित्रले साह्रै ननिको माने, माफी पनि मागे । तर, उनको होइन, प्रणालीको दोष थियो । आफू निरीह लाचार भएको अनुभव भयो । तर, केही गर्न नसके पनि केही लेख्ने प्रयासचाहिँ गरौँला, जिम्मा पाएका ठूलाबडाले लेख पढ्लान् र विधि बनाउलान् भन्ने विश्वासमा । यद्यपि, त्यस्ता व्यक्तित्वहरूले समस्या भोग्नै पर्दैन, सिंहदरबारको ढोकामा तिनलाई रोकिँदैन ।
प्रधानमन्त्री माधव नेपालले केहीअघि राजधानी सहरको बस यात्रा गरेका थिए, जनताको अप्ठ्यारो बुझ्न । प्रधानमन्त्रीलाई अनुरोध छ, 'प्रधानमन्त्रीज्यू छद्मभेष धारण गरी सिंहदरबारको दक्षिणढोकामा पुग्नोस्, सामान्य नेपालीले भित्र जाँदा भोग्ने अनावश्यक झन्झटको स्वयं अनुभव गर्नोस् । आफ्नो मातहतका प्रणालीलाई प्रवेश विधि सजिलो पार्ने निर्देशन दिनोस् र त्यसलाई कार्यान्वयन गराउनोस् ।' राष्ट्र निर्माणको यज्ञमा लागेका तपाईंको ध्यान सिंहदरबारको गेटपासमा तान्ने धृष्टता गरेकामा क्षमा याचनासहित ।
अजय दीक्ष्ाित 























