सुटुक्क मिस नेपाल घोषित जेनिसा मोक्तान मिस वल्र्डमा भाग लिन कात्तिक १९ गते अपि|mका जाँदैछिन् । मिस नेपाल आयोजक हिडेन ट्रेजर नेपालका अनुसार दक्षिण अपि|mकाको जोहानेसबर्ग सहरमा डिसेम्बर १२ मा हुने प्रतियोगिताको तयारीका लागि उनी अलि अगाडि नै त्यता जान लागेकी हुन् ।
नेपालले अहिलेसम्म विश्व सुन्दरी प्रतियोगिताको कुनै पनि खाले ताज पहिरनि पाएको छैन । यसपटक कसो होला त ? जेनिसा भन्छिन्, "त्यसकारण पनि ताज पाउने गरी मिहिनेत गर्दैछु ।" जेनिसामा आत्मविश्वासको कमी नरहेको उनको अभिव्यक्ति र भावभंगीमाबाटै बुझ्न सकिन्छ, जुन नभई टाउकामा सुन्दरीको ताज पर्दैन । नेपाली कला- संस्कृति नै आफ्नो आत्मविश्वासको आधार भएको यी सुन्दरीको भनाइ छ । विश्वभरका १ सय २० सुन्दरीमाझ जेनिसाको सौन्दर्य र आत्मविश्वासले कति प्रभाव जमाउँछ, त्यो हेर्नचाहिँ केही महिना कुर्नैपर्छ ।
फेरि आयो अन्तर्मन
जगदीश घिमिरेको अन्तर्मनको यात्राको बिक्री १८ महिनामै १४ हजार नाघेर नवौँ संस्करणसम्म पुगेको छ । आठौँ संस्करणसम्म पनि पाठकको रुचि नघटेको अनुभव गर्दैै प्रकाशक जगदीश घिमिरे प्रतिष्ठानले परमिार्जनसहित नवौँ संस्करण हालै बजारमा ल्याएको छ । आवरण र विभिन्न प्रसंगहरू थपिएको यस संस्करणसम्म आइपुग्दा प्रकाशकले अवधिका हिसाबले यस कृतिलाई नेपाली साहित्यिक पुस्तक बिक्रीको कीर्तिमान भनेका छन् । प्रकाशकका अनुसार, पछिल्लो परमिार्जित संस्करणमा छापिएका तीन हजारमध्ये केही दिनमै अधिकांश प्रति बिक्री भइसकेका छन् ।
पाठकको यस्तो अभिरुचिप्रति लेखक जगदीश घिमिरेको बुझाइ के छ त ? भन्छन्, "सबैभन्दा मुख्य कुरा प्रेरणा हो, यो कृति पढेर हरेक उमेर र पेसाका मानिसले अत्यधिक प्रेरणा पाउँछन् ।" अन्तर्मनको यात्राको एउटा सफलता हो यो । यसबाहेक नवौँ संस्करणमा झन्डै ५० पृष्ठ थपिएको छ, जहाँ त्यत्तिकै रोचक प्रसंगहरू समावेश छन् । त्यसो त एउटै कृतिमा मदन र उत्तम-शान्ति पुरस्कार पाउने यो पहिलो किताब पनि हो ।
अस्पतालमा तीर्थ
छवर्षअघि निर्देशक तीर्थ थापालाई 'हस्िपटलमा तीर्थ' नामको समाचारले चर्चित बनायो । त्यसबेला उनी थिए, पर्दाभित्रको अस्पतालभित्र जसलाई नेपाल टेलिभिजनका धेरै दर्शकले सम्भिmरहेका हुन सक्छन् । कात्तिक ११ र १२ गते भने थापा साँच्चैको अस्पतालमा परे । अचेल प्रजातान्त्रिक विचार बोक्नेहरूको संस्कृतिकर्मी भएका तीर्थ कात्तिक ११ गते दुर्घटनामा परे ।
आफू अध्यक्ष भएको संस्था सांस्कृतिक संघको कार्यक्रम लिएर नौ पदाधिकारीसँगै रोल्पा पुगेका उनी त्यहाँबाट फर्किने क्रममा गाडी पल्टिँदा घाइते भए । उनी मात्र होइन, जनार्दन आचार्य, रमेश धमला, इन्द्र महर्जन, गणेश सुवेदीलगायत जिपमा सवार सबै घाइते भए । बुटवलबाट थापाले टेलिफोनमा सुनाए, "धन्न बाँचियो !"
फूल टिपाइ भयो चित्र
राखिएका सबै चित्र बिक्री भएको प्रदर्शनी कमै हुन्छन् । स्थापित चित्रकारमध्ये पनि अति थोरैसँग यस्तो अनुभव हुन्छ । किरण मानन्धर, रागिनी उपाध्याय, वीरेन्द्रप्रताप सिंह, विजय थापा आदिले पनि यस्तो अनुभव विरलै सँगालेका छन् । तर, गत साता एक जोडी तन्नेरी कलाकारले प्रदर्शनीको पाँच दिनमै यस्तो सुखद अनुभव गर्न पाए ।
कमै सुनिएका ती कलाकारका तीन दर्जन चित्र एकै प्रदर्शनीमा बिक्री भएपछि उनीहरू कला क्षेत्रमा एक्कासि चासोको विषय भए । ती थिए, नवीनकुमार श्रेष्ठ र रमेश केसी, जसको क्रमशः २० र १६ वटा चित्रकला बिक्री भएका थिए । पश्चिम नेपालका बाढीपीडितको सहयोगार्थ प्रदर्शनी भएकाले उनीहरूका चित्र सहानुभूतिवश धेरै बिक्री भएको एकथरी कलाकारको मूल्यांकन छ । अर्काथरीचाहिँ उनीहरूको चित्रको मूल्य नै धेरै कम भएकाले बिक्री भएको लख काट्छन् ।
यद्यपि, उनीहरूका चित्रकला किन्ने संग्रहकर्ताहरूलाई हेर्दा माथिका दुवै अड्कल सत्य लाग्दैनन् । जस्तो, कात्तिक ६ गते प्रदर्शनी उद्घाटनकै दिन इन्भेस्टमेन्ट ब्यांककी निर्देशक प्रतिमा पाण्डेले उनीहरूका नौवटा चित्र लिइन् । यसको मतलब उनीहरूका चित्रकलाको विषय र प्रस्तुति नै अब्बल लागेको हुनसक्छ, खरदिकर्तालाई । चित्रकारद्वयको खारएिको रङ अर्को तारपिmयोग्य पक्ष थियो । प्रदर्शनीमा पाका कलाकार तथा संग्रहकर्ता गेहेन्द्रमान अमात्य नै खाली हात फर्के किन्न नपाएर । नवीन भन्छन्, "ललितकला बुझ्नेहरूले नै बढी किनेकाले खुसी लागेको छ ।"
वृत्तचित्रबाट चेतना
मनीष कोइराला, २९, अहिले वृत्तचित्र पारखीहरूका माझ निकै चर्चित बनेका छन् । कारण, सानैदेखिको उनको रुचि थाहै नपाई परपिक्व भइसकेको छ । पूरा आत्मविश्वासका साथ प्रदर्शनीको तयारीमा रहेका उनले सन् २००६ मा लागूऔषध दुव्र्यसनविरुद्ध प्रयास नामक संस्था खोलेका थिए । कुनै समयमा आफैँ दुव्र्यसनको सिकार भएका मनीष खास गरेर सडक बालबालिकालाई सहयोग गर्ने आकांक्षा राख्छन् । भन्छन्, "मानव सेवाकै लागि वृत्तचित्रमा लागेको हुँ ।"
विभिन्न विधाका वृत्तचित्र बनाइसकेका मनीष यसलाई जीवनको एउटा पाटोका रूपमा लिन्छन् । सिर्जनासँगै राजनीति गर्न भ्याउने उनी नेपाल तरुण दलका केन्द्रीय सदस्य पनि हुन् । पढाइमा स्नातक मनीषले वृत्तचित्र प्रदर्शनीकै क्रममा विश्वका सात राष्ट्रको संसारप्रसिद्ध कला गृह र प्रेक्षालयहरू चहारेका छन् ।
वृत्तचित्रमा रमाउने बानी परेका मनीष अनौठा, सधैँ फरक विषयवस्तुको खोजीमा हुन्छन् । उनले मिहिनेतको फल पनि पाएकै छन् । जस्तो ः डिकेएर नेपाल र रकिभरी नेपाल नामक संस्थाले आयोजना गरेका राष्ट्रिय वृत्तचित्र तथा चलचित्र महोत्सवमा उनी उत्कृष्ट क्यामराम्यान घोषित भए भने पहिलो राष्ट्रिय वृत्तचित्र महोत्सवमा उत्कृष्ट 'कन्सेप्ट' लेखकको उपाधि जिते ।
सुधीर नेपाल
भाका खोज्दै गाउँबस्ती
गीतसंगीत कुनै जातिविशेषको पेवा हुनसक्छ ? लोकगायक इन्द्र गुरुङलाई कहिलेकाहीँ यस्तै प्रश्नले घोच्ने गरेको छ । हालैको भेटमा उनले भने अनुसार नेपालका एउटा जातिमा प्रचलित गीत अर्काे जातजातिले सुन्न पाएका छैनन् । भन्छन्, "जस्तो कि सुनिरहूँ लाग्ने स्याब्रु गीत शेर्पाबाहेक अरूले गाउन, सुन्न किन नहुने ?"
खासमा माध्यम नहँुदा नेपालका गीतसंगीत जातिविशेषमा खुम्चिन पुगेको उनको ठहर छ । यसरी जातिविशेषमा सीमित गीत र भाका संकलन गरेर मर्म नमारी रेकर्ड गर्नु इन्द्रको ध्येय हो । किनभने, गीत एल्बमका रूपमा आएपछि सबैले सुन्न पाउँछन् । सुनेपछि गुन्गुनाउँछन् । त्यसैका लागि हो, गाउँगाउँमा खुलेका एफएम रेडियो । यही रनाहामा इन्द्र जातिविशेषमा आधारति गीतको भाका र शब्द संकलन गर्दै कहिले इलाम त कहिले बैतडीका उकाली-ओराली गररिहेका हुन्छन् । भन्छन्, "नेपालका हरेक जातिसँग आफ्नै मौलिक गीतसंगीत छ तर नयाँ पानामा हस्तान्तरण नहुँदा भाकाहरू पाका पुस्तासँगै मररिहेछन् ।"
प्रहरी सेवामा रहेका इन्द्रलाई जातीय संस्कृतिको कुरा गर्दा गुरुङमा मात्र सीमित रहन मन लाग्दैन । सबै जातजातिको संस्कृतिप्रति उत्तिकै लोभिएका उनी जति मीठो गरी गाउँछन्, उत्ति नै राम्ररी नाच्छन् पनि । यस खुबीले उनलाई जातिविशेषमा प्रचलित गीत-संगीत संकलन गर्न जति सजिलो बनाएको छ, टपक्क नृत्य शैली टिप्न पनि उत्तिकै सहज भएको छ ।
शिव मुखिया
























