थप लेखहरु

अर्थ»

बजार


काल्सबर्गका विजेता छनोट

काल्सबर्गका विन अ टि्रप टू प्रोब्याब्ली द वेस्ट वार इन्ा दी वल्र्ड योजना अन्तर्गत ६३८२७१ कुपन नम्बर भएका व्यक्ति छनोट भएका छन् । सो कुपन भएका व्यक्तिले एक जना साथीका साथ इंग्ल्यान्डको एन्पिmल्डमा हुने फुटबल खेलको प्रत्यक्षदर्शी हुन पाउने छन् । जाने/आउने हवाई टिकटका अलावा काल्सबर्गले उनको सम्पूर्ण खर्च बेहोर्ने छ । त्यसबाहेक विजेताले विश्वका राम्रा बारमा गनिने कोपनहेगन, रोम र दुबईमा रमाइलो गर्ने अवसर प्राप्त गर्नेछन् । सो योजना अन्तर्गत गत वर्ष युगेशबहादुर श्रेष्ठ र सुवासचन्द्र अधिकारी छनोट भएको गोर्खा ब्रुअरीले जनाएको छ ।



सीजीको वासिङ् मेसिन

सीजी इलेक्ट्रोनिक्सको वासिङ् मेसिन बजारमा आएको छ । छ र सात किलोमा उपलब्ध ती वासिङ् मेसिन हेभी ड्युटी र सेमिअटोमेटिक रहेको चौधरी ग्रुपले जनाएको छ । आकर्षक डिजाइन र यसमा भएको ठूलो मोटरले मोटा र दह्रा कपडा धुनसमेत सजिलो हुने दाबी चौधरी ग्रुपको छ । एक वर्षको वारेन्टी रहेको वासिङ् मेसिन शून्य प्रतिशत ब्याज र किस्ताबन्दीमा उपलब्ध छ ।



बीओकेको नाफा ४६ करोड

ब्यांक अफ काठमाडौँले गत आवमा ४६ करोड १७ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा २७ प्रतिशतभन्दा बढी हो । सो नाफाबाट ब्यांकले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद लाभांश दिने सिफारसि गरेको छ ।



राबा ब्यांकको नयाँ एटीएम

राष्ट्रिय वाणिज्य ब्यांकले भैरहवामा एटीएम सेवा सुरु गरेको छ । यससँगै ब्यांकको एटीएम संख्या १८ पुगेको छ । ब्यांकले चालू आर्थिक वर्षभित्र ५० स्थानमा एटीएम सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । छ वर्षदेखि निरन्तर नाफा आर्जन गर्दै आएको ब्यांकले गत आवमा २ अर्ब ३ करोड रुपियाँ मुनाफा आर्जन गरेको थियो ।



सानिमाको नयाँ योजना

सानिमा विकास ब्यांकले गाडी किन्न चाहने ग्राहकलाई शतप्रतिशत कर्जा प्रदान गर्ने नयाँ योजना सुरु गरेको छ । योजना अनुसार गाडी किन्न सुरुमा बुझाउनु पर्ने रकम ब्यांकमा बचतका रूपमा जम्मा गरे आवश्यक पर्ने पूरै रकम कर्जा दिने ब्यांकले जनाएको छ ।

प्रकाशित अंकहरू