रवि मानन्धर

पशुपतिमा एक दिन


झिसमिसेमै चहलपहल सुरु हुन्छ, पशुपति क्षेत्रमा। दुर्गन्धको पर्वाह नगरी वाग्मतीमा डुबुल्की मार्नेदेखि टहलिएर हिँड्नेसम्म भेटिन्छन्। मन्दिर दर्शन, मर्निङ् वाक या भेटघाट नै हुन्, तिनीहरूका बहाना। दिन छिप्पिने क्रममा दर्शनार्थी, घुमन्ते र रमितेको भीड बाक्लिँदै जान्छ। ठग र ठगिनेहरूको समेत अनौठो जमघट हुन्छ यहाँ। हिन्दु परम्परा अनुसारको अन्तिम संस्कार हेर्न विदेशी र स्वदेशी पर्यटकका उत्सुक आँखा त्यहीँ हुन्छन्। एकातिर आफन्त वियोगको रोदन सुनिन्छ भने अर्कातिर युवकयुवतीको उन्मुक्त प्रेमालाप देखिन्छ। साँझपख भक्तराज आचार्यको 'भगवान् कसरी म तिमीलाई पाऊँ’ भजन हुँदै केही घन्टा आरती कार्यक्रम चल्छ। बिस्तारै भीड पातलिन्छ। र, राती ९ बज्दा नबज्दै हिन्दुहरूको यो पवित्र तीर्थस्थल साँच्चै सुनसान हुन्छ।













तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

रवि मानन्धरद्वारा अन्य प्रकाशित लेखहरू

दयादान

अंक: 470
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

सर्वाधिक

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar