मुख्य समाचार

उपेन्द्र पोखरेल

अनैतिक अभ्यास


खुमबहादुर खड्का बचाउ अभियानको अन्तर्य

१६ भदौमा नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पार्टी सभापतिलगायत पदाधिकारी तथा प्रधानमन्त्री, मन्त्री र सांसद भएका नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय लियो। सत्तारूढ एकीकृत नेकपा माओवादीका नेता-कार्यकर्ता भ्रष्टाचारमा लिप्त भएको आवाज उठिरहेका सन्दर्भमा मात्र कांग्रेसको उक्त निर्णय बाहिर आएको होइन, आफ्नै केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाएको मुद्दामा सर्वोच्च अदालतले गरेको कैद र जरविानाको फैसलाबाट पार्टीमाथि परेको जबर्जस्त दबाबको परण्िााम पनि थियो।

यसै पनि, कांग्रेसको १२औँ महाधिवेशनले भ्रष्टाचारविरोधी अभियान चलाउने प्रस्ताव पारति गरसिकेको छ। तर, खड्काको मुद्दा अन्यायपूर्ण भएको केन्द्रीय समितिकै निर्णयले कांग्रेसलाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ। सत्य के हो भने करबि पाँच वर्षयता हराएको भ्रष्टाचारविरोधी मुद्दालाई १६ भदौको निर्णयबाट कांग्रेसले राजनीतिको केन्द्रमा ल्याएको छ। र, भ्रष्टाचारको विषयमा एकीकृत माओवादी र अन्य दलमाथि औँला उठाउनुअघि आफ्ना नेता-कार्यकर्ताको सम्पत्ति सार्वजनिक गर्दा नैतिक धरातल मजबुत बन्ने विश्लेषण कांग्रेस केन्द्रीय समितिको रहेको बुझ्न सकिन्छ।

खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको दुई दिनपछि ३२ साउनमा बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त फैसला अन्यायपूर्ण भएका कारण न्यायिक पुनरावलोकनका लागि सक्रिय पहल गर्ने निर्णय लिनासाथ खड्का पक्षधरले उनको सहयोगका लागि अर्थ संकलन अभियानसमेत चलाए। उक्त बैठकमा माइक खोसेर वरष्िठ नेता शेरबहादुर देउवाले खड्काको पक्षमा निर्णय गर्न दबाब दिए। देउवालाई साथ दिए, खड्काका चार जना केन्द्रीय सदस्य शंकर भण्डारी, पुष्पा भुसाल, अजय चौरसिया र पार्वती डिसी चौधरीले।

यसो गर्नुमा देउवाको रणनीतिक स्वार्थ थियो, खड्का जेल गएपछि उनको राजनीतिक जीवन सिद्धिएको अवस्थामा खड्काले संरक्षण गर्दै आएका कांग्रेस नेता-कार्यकर्तालाई आफ्नो पक्षमा तान्ने। खासमा सुरुमा खड्काको विपक्षमा आएको सर्वोच्च अदालतको फैसलाले पार्टीलाई स्तब्ध एवं आश्चर्यचकित बनाएको र उक्त फैसलामा पुनरावलोकनमा जान खड्कालाई निर्देशन दिने निर्णयको तयारी भएको थियो। जुन नागरकिलाई प्राप्त न्यायिक अधिकारको कुरा थियो र त्यसले न्यायालयको फैसलामाथि प्रश्न उठाउने त्रुटि पनि हुने थिएन। तर, देउवा र खड्का समर्थक केन्द्रीय सदस्यको दबाबमा 'अन्यायपूर्ण' भन्ने शब्द थपियो। कांग्रेस त्यही विन्दुमा फस्यो खड्काको मुद्दामा। बैठकमा पार्टीले त्यस्तो निर्णय लिन नहुने पक्षमा नरहर िआचार्य, गगन थापालगायत केन्द्रीय सदस्यले जोड दिएका थिए। सर्वोच्च अदालतको विपक्षमा बोल्न नहुने उनीहरूको भनाइ थियो।

६ भदौमा अदालत गएर फैसलालाई स्वीकार गर्दै खड्का जेल चलान भइसकेका छन्। त्यसको दुई दिनपछि ८ भदौमा उनका समर्थक १५ जिल्ला सभापतिको भेलाले खुमबहादुर खड्का सहयोग समिति गठन गर्‍यो। खड्काको समर्थनमा अर्थ संकलन अभियानबाट उठेको ७५ लाख ७८ हजार रुपियाँ अदालतमा जरविाना बुझाएको खड्का पक्ष्ाधरको दाबीले कांग्रेसको लोकतान्त्रिक धरातलमाथि नै प्रहार गरेको छ। खड्कालाई आर्थिक सहयोग संकलन गर्न केन्द्रीय सदस्य पुष्पा भुसाल तथा काठमाडौँ र ललितपुर जिल्ला सभापति भीमसेनदास प्रधान र मदन अमात्यलाई जिम्मा दिइएको छ। फैसला पुनरावलोकनको माग गररिहेका खड्का समर्थकहरू अझै अघि बढेर अर्थ संकलन अभियानमा लागेपछि उनीहरूको नैतिक धरातलमाथि नै प्रश्न उठ्नु अस्वाभाविक होइन।

खड्का पक्षधरको दाबी जेसुकै भए पनि सिंगो कांग्रेस पार्टीका लागि प्रश्न अझै सकिएको छैन। खड्का १२औँ महाधिवेशनमा तेस्रो लोकपि्रय स्थानमा केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। कैद सजाय भुक्तानीपछि उनी कांग्रेस केन्द्रीय सदस्य रहने कि नरहने? कांग्रेसका लागि जटिल प्रश्न हो यो। कांग्रेसको विधान र नियमावलीमा नैतिक पतन भएको व्यक्ति केन्द्रीय सदस्यबाट मुक्त हुने व्यवस्था छ। खड्काको मुद्दामा उनलाई सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा देला/नदेला र दिए पनि उनको पक्षमा फैसला आउला/नआउला? यो अदालती प्रक्रियापछि मात्र देखिने कुरा हो। तर, पुनरावलोकनमा पनि उनको विपक्षमा फैसला आयो भने उक्त पार्टीले ३२ साउनको केन्द्रीय समिति बैठकबाट पारति गरेको 'अन्यायपूर्ण' शब्दको औचित्यमाथि ठाडै प्रश्न उठ्ने कुरामा कुनै शंका छैन।





को-को किन अभियानमा ?

खुमबहादुर खड्का बचाउ अभियानमा उनका खास कार्यकर्ताको 'ट्याग' लागेका चार केन्द्रीय सदस्य र केही जिल्ला सभापति छन्। यसको नेतृत्व गररिहेकी केन्द्रीय सदस्य पुष्पा भुसाल पूर्वसांसद काशीनाथ गौतमकी छोरी हुन्। अधिवक्तासमेत रहेकी उनी पार्टी फुट्दा कांग्रेस प्रजातान्त्रिकमा गएकी थिइन् र खड्कासँगै संस्थापनतर्फ फर्केकी थिइन्। संविधानसभामा अर्घाखाँची-२ बाट खड्काले भुसाललाई टिकट दिलाइदिए र चुनाव जितिन्। उनी कांग्रेसको १२औँ महाधिवेशनमा खड्काकै समूहबाट केन्द्रीय सदस्य उम्मेदवार बनिन् र जितिन् पनि।

संस्थापनको विश्वास आर्जन गर्न नसकेपछि खड्कासँग नजिकिएका हुन्, केन्द्रीय सदस्य शंकर भण्डारी। यिनी पनि खुमबहादुर बचाउ अभियानमा सक्रिय छन्। त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हँुदा पाटन क्याम्पसमा परीक्षासम्बन्धी विवादमा भण्डारीलाई प्रहरीले पक्राउ गर्‍यो। उनलाई छुटाउन गिरजिाप्रसाद कोइरालाले चासो दिएनन्, खड्काबाट संरक्षण पाए। त्यसयता नै उनी खड्काका विश्वासपात्र बनेका हुन्। खासमा भण्डारीलाई गोविन्दराज जोशीले राजनीतिमा ल्याएका हुन्, केन्द्रीय सदस्यको स्तरसम्म पुर्‍याउने जसचाहिँ खड्कालाई जान्छ।

अर्का अभियानकारी देवेन्द्रराज कँडेललाई गिरजिाप्रसाद कोइरालाले ०५२ सालमा गृहराज्यमन्त्री बनाएका हुन्। त्यतिबेला खड्का गृहमन्त्री थिए। खड्कासँग कँडेलको सम्बन्ध त्यसपछि नै बलियो भएको मानिन्छ। खड्काले कँडेललाई मन्त्रालयको पूर्ण जिम्मेवारी दिएका थिए। त्यसयता नै कँडेलले खड्काबाट राजनीतिक लगायतका लाभ प्राप्त गरेका हुन्। खड्काकै शिविरमा रहेर कँडेलले कांग्रेस राजनीतिको केन्द्रमा स्थान बनाएका हुन्। कांग्रेस राजनीतिमा आउनुअघि कँडेल नवलपरासीस्थित बडहरा दुबौलिया गाउँका प्रधानपञ्च थिए। उनका बाबु पृथ्वीराज कँडेल ०१५ सालमा कांग्रेसका तर्फबाट सांसद भएका हुन्। तर, देवेन्द्र पञ्चायत प्रवेश गरे। पञ्चायतबाट कांग्रेस प्रवेश गरेपछि ०४८ सालको आमनिर्वाचनमा पराजय बेहोरे। ०५१ को आमनिर्वाचनमा विजयी भएपछि गिरजिाप्रसादले गृहराज्यमन्त्री बनाए।

सिन्धुपाल्चोकका कांग्रेस सभापति मोहन बस्नेतको खड्कासँगको सम्बन्ध गहिरो हो। चीनसँगको मूल नाका जोडिएको जिल्लाका बस्नेतलाई खड्काको संरक्षण प्राप्त छ। मनाङका कांग्रेस सभापति टेकबहादुर गुरुङले खड्काकै मान्छे भएका कारण जिल्ला सभापतिको निर्वाचन जितेका हुन्। खासगरी पाल्तेन गुरुङ खड्काका दाहिने हात हुन्। उनीमार्फत नै गुरुङको पल्ला भारी भएको हो मनाङ कांग्रेसमा। उनी वैदेशिक रोजगार व्यवसायी पनि हुन्।

रौतहटका श्रीकृष्ण यादवले खड्काकै सहयोगमा रौतहटमा संविधानसभा निर्वाचन जितेका हुन्। पार्टी फुट्दा खड्का देउवातिर गएपछि मोहम्मद आफताव आलम उनीबाट टाढिए। त्यसपछि खड्काले यादवलाई च्यापेका हुन्। गुल्मी कांग्रेस सभापति चन्द्र केसीको स्वार्थ बेग्लै छ। खड्काको समूहबाट संसदीय बोर्डको नजरमा पर्न सके आगामी निर्वाचनमा टिकट पाउने आशामा छन् उनी। खड्का-केसी सम्बन्ध पञ्चायती व्यवस्थाकै बेलाको हो।

केन्द्रीय सदस्य अजयकुमार चौरसिया राजनीतिक संरक्षणका लागि खड्कासँग नजिकिएका हुन्। उनी कांग्रेसमा आउनुअघि मधेसवादी दल सद्भावना पार्टीमा थिए। खड्काले आफ्नो प्रभाव क्षेत्र विस्तारका क्रममा वीरगन्जका चौरसियालाई कांग्रेस प्रवेश गराएर आफ्नो कोटरीमा राखेका हुन्। संस्थापन पक्षमै भए पनि काठमाडौँ जिल्ला सभापति भीमसेनदास प्रधान महामन्त्री प्रकाशमान सिंहको पेलाइको बदला लिन खड्काको निकट पुगेका हुन्।

अन्य दलका नेताहरूको सम्पत्ति छानबिन नगरी कांग्रेस नेताहरूलाई मात्र तानिनु बदनियतपूर्ण भएको बुझाइका कारणले खड्काप्रति सहानुभूति व्यक्त गर्नेहरू दृश्यमा देखिएको बुझ्न गाह्रो छैन ।

 

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

उपेन्द्र पोखरेलद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

सबै हेर्नुहोस् »

सर्वाधिक

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar