अमृत भण्डारी

सिरानीमुनिको कन्डम


डडेलधुराका रतनबहादुर ऐरले काठमाडौँको कीर्तिपुरमा औषधी पसल खोलेको ११ वर्ष भयो। उनको पसलमा परविार नियोजनका अस्थायी साधन पनि बिक्री हुन्छन्। आफ्नो यौन जीवनलाई व्यवस्थित राख्न, अनावश्यक गर्भधारण रोक्न तथा विभिन्न किसिमका यौनजन्य रोगबाट बच्नका लागि चाहिने कन्डम किन्न आउने ग्राहकसँग रतन परििचत छन्।

रतनको अनुभवमा महिला भने कन्डम किन्न बिरलै आउने गरेका छन्। तर, कन्डम किन्न आउने पुरुष ग्राहकको मनस्थिति पनि उनले असहज महसुस गरेका छन्। उनीहरू पसलमा भीड नभएको देखेपछि मात्र सुटुक्क आउँछन्। कोही हच्किएजस्तो गर्छन्। कोही पसलमा आएर लामो समयसम्म बस्छन्। केही समय गफ गर्छन् र पसले एक्लै भएपछि मात्र कन्डम किन्छन्। तुरुन्तै खल्तीमा राख्छन्। खल्तीमा नराख्नेले कुनै पत्रिका वा अन्य कागजमा चाँडै प्याक गर्न अनुरोध गर्छन्।

कन्डम किन्न जाँदा पसलेसँग कन्डम माग्यो भने वरपिर िभएका सबै मानिसले मुखमा हेर्न थाल्छन्। स्वाभाविक रूपमा कसैले मुखमा हेर्न थाल्यो भने मानिसको मनोविज्ञानमा असर पर्छ नै। कन्डम वा अन्य परविार नियोजनका अस्थायी साधन किन्नका लागि समाजमा यस्तो परििस्थति भएका कारण धेरै मानिस हिच्किचाएको पाइन्छ। कोही ग्राहक त कतिसम्म डराउँछन् भने, मानौँ उनीहरू कन्डम किनेर कुनै अपराध गररिहेका छन्।

समाजमा यस्ता विषयमा खुलस्त कुरा नै हुँदैन। यस्ता विषयसँग सम्बन्धित काम गुपचुपमै गर्दा राम्रो मानिन्छ। काठमाडौँजस्तो सहरमा बसोबास गर्ने शिक्षित व्यक्तिका लागि त यौन तथा प्रजनन स्वास्थ्यजस्ता विषय लाज मान्नुपर्ने विषय हुन जान्छन् भने ग्रामीण भेगमा यस विषयमाथि कसरी बहस हुन सक्ला?

एउटा रोचक प्रसंग पनि छ। नेपालकै दुर्गम गाउँमा कन्डम प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यशालामा हातको औँलामा कन्डम राखी प्रयोग विधि सिकाइएको थियो। समुदायका मानिसको पालो हातमा कन्डम लगाएर यौन सम्पर्क गरेछन्। पछि कन्डम लगाउँदा पनि पत्नी गर्भवती भएको गुनासो गरेछन्।

यसरी समुदायमा कन्डमको प्रयोगको तरकिा प्रभावकारी नभएपछि यस क्षेत्रमा काम गर्नेले पछि कृत्रिम लिंग बनाएर अभिमुखीकरण सञ्चालन गरे। वास्तवमा हाम्रो समाजमा यौनसँग सम्बन्धित विषयलाई बहसमा ल्याउन नचाहने र कुरा गर्दा असभ्य मानिने सोचले यसको उपयोगका बारेमा नजानेका समुदायलाई अझ समस्या परेको छ। खुलेर यौनका विषयमा कुरा गर्ने वातावरण सिर्जना गर्न सक्ने हो भने त्यस्तो समुदायले पनि फाइदा लिन सक्छ।

काठमाडौँजस्तो सहरका शिक्षित र सुकिलामुकिला व्यक्तिका लागि पसलमा गएर कन्डम किन्ने काम लाजको विषय हुन्छ भने ग्रामीण जनताले कसरी यौनका बारेमा खुलेर कुरा गर्न सक्लान्? यौनका विषयमा खुलेर कुरा गर्न नसक्नाले कैयाँै समुदायका मानिस लामो समयदेखि यौन रोगबाट ग्रस्त हुनुपर्ने अवस्था छ।

वाङ्ला, अर्घाखाँचीका विनोद अधिकारी सधैँ आफ्नै साथीको औषधी पसलबाट कन्डम किन्ने गर्छन्। पाएसम्म यताउता वितरणका लागि राखेका कन्डम खोजेर ल्याउँछन्। पाइएन भने औषधी पसलमा गएर ल्याउँछन्। धेरै मानिस हुँदाचाहिँ उनलाई लाज लाग्छ। अरूले जिस्काउन थाल्छन्। ग्रामीण भेगमा बस्ने शिक्षित मानिसले पनि यसरी कन्डमको व्यवस्था गर्न बाध्य छन्। अझ उनका लागि कन्डमको व्यवस्था गर्नुभन्दा घरमा ल्याएर राख्नु ठूलो समस्या हुन्छ। प्रायः गाउँघरका कोठा सबैका लागि कमन हुन्छन्। घरका अन्य कुनै सदस्यले भेटाउने हो कि भन्ने डर पनि हुन्छ। त्यसैले कन्डम प्रायः सिरानीमुनि राख्छन्। तर, साना छोराछोरी कोठामा खेल्दा सिरानी उचालेर उताउता गर्छन्। यही बेला कन्डम भेटिन्छ कि भन्ने डरले उनलाई सधैँ पिरलो पररिहन्छ।

थोरै लुगा लगाएका फोटो प्रकाशित भएका पत्रिका, यौनजन्य कुरा भएका लेख तथा सामग्री लुकीलुकी पढ्ने, राती अबेर भएपछि फेसन टीभीमा टु-पिस लगाएका युवती हेरेर मक्ख पर्ने अनि साथीभाइले ब्लु-फिल्म दिएमा हेर्दा जाती मान्ने, आफ्नै मोबाइल सेटमा पनि यस्ता फिल्म राखेर एक्लै हेर्न मन पराउने, हाम्रो मानवीय प्रवृत्ति हुँदाहँुदै पनि हामीले यौनका बारेमा राख्ने सोच निकै साँघुरो, असान्दर्भिक र आफ्नै जीवनलाई घातक हुने खालको हुनु लज्जास्पद विषय हो।

अशिक्षित समुदायलाई खुलेर यस विषयमा जानकारी तथा सूचना दिनुपर्ने शिक्षित समुदायले पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर बहस गर्न नसक्नुले २१आँै शताब्दीमा पनि हामी कति संकुचित छौँ भन्ने देखाउँछ। त्यसैले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर छलफल गर्न हिच्किचाउनु हुँदैन। जसले गर्दा सिरानीमुनिको कन्डम कसैले भेटाउला अनि गिल्ला गर्ला भनेर डराउनु पनि पर्दैन।

(भण्डारी मानवशास्त्री हुन् ।)

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

आवरण  [1]
अर्थ  [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar