सुरेशराज न्यौपाने

जोखिममा ज्यान : नाम निःशुल्क 'उपचार’, उद्देश्य व्यापार


- पत्थरी निको भयो।

- क्यान्सर पनि निर्मूल हुने रहेछ।

- आँखै नदेख्नेले देख्न थाले।

- प्यारालाइसिस भएका ठमठमी हिँडे ।

- ढाड दुख्ने, बाथ समस्या चट् भयो।



दुई महिनायता ललितपुर, ग्वार्को छेउको एउटा तीनतले घरबाहिर दिनहुँ लाग्ने जनसाधारणको लाममा यस्ता थुप्रै कथा सुनिन्छन्। चामत्कारकि उपचार निःशुल्क हुने आशमा यहाँ बिहान ५ नबज्दै लाम लाग्न तँछाडमछाड हुँदै आएको छ। घन्टौँ लाम लाग्नुपर्ने भएकाले कतिपय त मुढा र ओछ्यानै लिएर आइपुग्छन्। ग्यास्टि्रक, बाथ, शरीरको दुखाइ, प्यारालाइसिस, पत्थरीदेखि क्यान्सरसम्मको निःशुल्क 'उपचार' सेराजेम नामक कोरयिन कम्पनीको नेपाल प्रतिनिधि सेराजेम हेल्थकेयर नेपाल प्रालिले थालेको हो। सेराजेम मसाजथेरापी उपकरण उत्पादक दक्षिण कोरयिाली कम्पनी हो। ग्वार्कोस्थित कार्यालयमा पनि सेराजेमको म्यानुअल मेसिनबाट 'उपचार' गरँिदै आएको छ।

सिन्धुपाल्चोकको नवलपुर-९ की ज्ञानीमाया श्रेष्ठ पनि अरूलाई सेकेरै ठीक भयो भन्ने सुनेर नसाको उपचार गराउन आएकी रहिछन्। भन्छिन्, "१२ एमएमसम्मको पत्थरी निस्कियो रे, प्यारालाइसिससमेत निको भएछ।" उनलाई केन्द्रले तीन महिनासम्म सेक्नुपर्ने बताएको छ। श्रेष्ठजस्तै लाम बसेका सबैले आफूले नदेखेको तर 'यस्तो भयो रे' भन्ने मात्र जवाफ दिने गरेका छन्। त्यहाँ पुग्ने अधिकांश महिला, त्यसमा पनि गृहिणी छन्। बिरामीलाई घोप्टो पारेर ढाडदेखि कम्मरसम्म र पेटमा मेसिनले तलमाथि गर्दै सेकिन्छ।

त्यस उपकरणमा रहेको जेट स्टोन, इन्प|mारेड रेज, कायरो प्रेटिक, अक्युप्रेसर र मसाजको संयुक्त प्रविधिबाट जटिलभन्दा जटिल रोगको उपचार सम्भव हुने सेराजेम हेल्थकेयरका बजार व्यवस्थापक जेके मास्केको दाबी छ। जटिलभन्दा जटिल समस्या र रोगको उपचार सित्तैँमा गरनिे प्रचारप्रसार गरएिपछि काठमाडौँ, ललितपुर, भक्तपुर र छेउछाउका जिल्लाबाट समेत सर्वसाधारण धाउने गरेका छन्। सेराजेमका ग्वार्को, कलंकी र महाराजगन्ज उपचार केन्द्रमा एकातिर डेढ सय हाराहारीमा बालकदेखि वृद्धसम्मलाई सुताइएको हुन्छ, अर्कोतिर सेराजेम उपकरणका फाइदाबारे प्रवचन। त्यसरी गरनिे उपचार कति वैज्ञानिक छ त ?

थर्मल मसाजथेरापीबाट गरनिे थर्मल मसाज -तातोले सेक्ने वा मालिस गनर्ेे)ले तत्काल राहत दिए पनि यसले शरीरमा प्रतिकूल प्रभाव पार्न सक्नेतर्फ कसैको ध्यान पुगेको छैन। फिजियोथेरापिस्ट डा कुशल रानामगरका अनुसार जुनसुकै तातो वस्तुले दुखेको ठाउँमा सेक्दा रक्तप्रवाह वृद्धि भई तत्काल केही राहत हुन्छ। "त्यसो भन्दैमा रोग नै ठीक भयो भन्नु गलत हो," डा रानामगर भन्छन्, "तत्काल केही राहत दिएर उपचार गरेको छु भन्नु सरासर ठगी हो।"

कम्पनी रजिस्ट्रार कार्यालयमा मात्र दर्ता भएको र कुनै पनि आधिकारकि निकायबाट अनुमति नलिई सित्तैँमा उपचार गरििदने नाममा व्यवसाय चलाइरहँदा समेत स्थानीय प्रशासन मूकदर्शक बनेको छ। कहाँबाट अनुमति लिएको, कस्तो सुविधा दिएको र उक्त मेसिनले पार्न सक्ने प्रतिकूल प्रभावबारे सामान्य सोधपुछसमेत गरएिको छैन। कानुनतः नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्य व्यावसायिक परष्िाद्मा दर्ता भएका व्यक्तिले मात्र उपचार गर्न पाउँछन्। डा रानामगर भन्छन्, "अनुमतिप्राप्त विशेषज्ञले मात्र उपचार गर्न पाउने कानुनविपरीत जसले जे पायो त्यही गर्दा ज्यानकै जोखिम हुन सक्छ।" 'उपचार'मा संलग्न जनशक्ति मात्र नभई सेराजेम कम्पनी स्वास्थ्यसम्बन्धी कुनै पनि आधिकारकि निकायमा दर्ता छैन। यस्ता उपचार गर्ने क्लिनिक वा संस्था पहिले कम्पनी रजिस्ट्रार कार्यालय र पछि क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय वा स्वास्थ्य सेवा विभागमा दर्ता हुनुपर्छ।

कम्पनीका रूपमा दर्ता हुँदैमा स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने र स्वास्थ्य सेवासम्बन्धी निकायबाट अनुमति लिनैपर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ। सेराजेम हेल्थ केयरका कानुनी सल्लाहकार आरपी पोखरेल भने अस्पताल, नर्सिङ् होम र स्वास्थ्य केन्द्र नभई सामान्य हेल्थ क्लब मात्र रहेकाले कम्पनीका रूपमा मात्र दर्ता गरएिको बताउँछन्। भन्छन्, "चिरफार र अन्य उपचार नगर्ने भएपछि किन स्वास्थ्य सेवासम्बन्धी निकायबाट अनुमति लिनुपर्‍यो ?"

सेराजेमका उपकरण प्रयोगका कारण शारीरकि समस्या देखिएको खण्डमा भने कम्पनी नै दोषी हुने र कसैले उक्त उपकरण घर लगेर मसाज गर्छ भने त्यसमा व्यक्ति आफँै जिम्मेवार हुने पोखरेल बताउँछन्। सेराजेम उपचारमा संलग्न जनशक्ति कुनै आधिकारकि प्रशिक्षण र तालिमप्राप्त छैनन्। कम्पनीका कोरयिाली प्रतिनिधि सिनले समेत उपचार गर्ने लाइसेन्सका सम्बन्धमा स्पष्ट जवाफ दिएनन्। आफू सेराजेम कम्पनीसँग लामो समयदेखि आबद्ध रहेको र कम्पनीले विदेशमा विशेषज्ञहरूलाई मात्र पठाउने गरेको उनको दाबी छ। उनले नै कम्पनीका कर्मचारीलाई मेसिन प्रयोग विधिबारे तीन महिनाको तालिम दिएका हुन्। उनीहरूलाई मेसिन सामान्य प्रयोग गर्न मात्र सिकाइएको हुन्छ। कम्पनीका बजार व्यवस्थापक मास्के भने आफूहरूले उपचार नभएर सामान्य 'एक्सरसाइज' मात्र गराएको बताउँछन्। भन्छन्, "हामीले जबरजस्ती गरेका छैनौँ, आफ्नै इच्छाले आएकालाई मात्र उपचार गर्ने हो।"

पहिलोपटक सित्तैँमा उपचार गर्ने र अर्कोपटक जानेहरूलाई मेसिनको महत्त्व र त्यसको मूल्यबारे बताउने गरएिको छ। त्यहाँ पुगेकाहरूलाई आफ्नो व्यक्तिगत प्रयोगका लागि वा नसक्नेले उपचार केन्द्र नै खोलेर मेसिनको लागत उठाउन सक्नेजस्ता परामर्श पनि दिइन्छ। यसको अर्थ उक्त कम्पनीले निशुल्क 'उपचार'का नाममा आफ्ना मेसिन बेच्ने भित्री उद्देश्य राखेको छ। निःशुल्क उपचार कम्पनीको बजार प्रवर्द्धनको एक महत्त्वपूर्ण अस्त्र हो। यो मेसिन खरदि गर्न डेढ लाखदेखि दुई लाख रूपियाँसम्म पर्छ। भारतमा भने उक्त मेसिनको एक लाख नेपाली रुपियाँ पर्ने कम्पनीका कोरयिाली प्रतिनिधि सिन बताउँछन्।

सेराजेम उपचार केन्द्र सञ्चालनका लागि कोरयिाली कम्पनीका कर्मचारी सिन र किल केही महिनादेखि काठमाडौँमै बसिरहेका छन्। अहिले निःशुल्क उपचार मात्र दिइएको र बिक्री केन्द्र राख्नेबारे अध्ययन भइरहेको सिन बताउँछन्। "नेपालीको दुःख देखेर निःशुल्क उपचारको व्यवस्था गरएिको हो, तत्काल सेराजेम मेसिन बेच्ने योजना छैन," उनको दाबी छ। मेसिनका लागि धेरैले अनुरोध गरेका र समय आएपछि त्यसबारे निर्णय लिने पनि उनी बताउँछन्। 'उपचार'मा गएकाहरूसँग भने सञ्चालकहरूले एक लाखभन्दा बढी मूल्य पर्ने उक्त मेसिन किन्नेको नामसमेत लेखाइएको र चाँडै नै उपलब्ध गराउने बताउने गरेका छन्।

आममानिसलाई आफ्नो व्यापारको जालोमा पार्न सेराजेमले यसअघि नै करोडौँ ठगेर बदनाम भइसकेका हर्बो, डीएक्सएनजस्ता नेटवर्किङ् कम्पनीहरूकै सूत्र दोहोर्‍याएको छ। आफ्ना उत्पादन र वस्तुबाट क्यान्सर, मधुमेह, बाथलगायत अनेकन् रोगबाट छुटकारा पाइनेजस्ता झूटा आश्वासन दिएर उनीहरूले लाखौँ मानिसलाई ठगेका थिए।

दक्षिण कोरयिाको सेराजेम इन्टरनेसनलले उत्पादन गरेका यस्ता मसाज गर्ने दर्जनौँ उपकरण विभिन्न प्रलोभन देखाएर विश्वका ७० भन्दा बढी मुलुकमा बिक्री हुने गरेको छ। कम्पनीले यी मसाज उपकरण उत्पादनमा बालश्रमको प्रयोग गरेको आरोपसमेत खेप्दै आएको छ। सेराजेम कम्पनीको छवि अमेरकिा, चीनलगायत मुलुकमा समेत विवादास्पद मानिन्छ।

अमेरकिाको टेक्सास राज्यका महान्यायाधिवक्ताले क्यान्सरलगायत रोगसमेत निको हुने भन्दै हिस्पानिक मूलका अमेरकिीलाई ठगी गरेको आरोपमा सेराजेम मसाजथेरापी उपकरण बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन्। अमेरकिी महान्यायाधिवक्ता कार्यालयको एक गोप्य छानबिनमा समेत २ हजार ४ सय अमेरकिी डलर मूल्य पर्ने सेराजेम सी थर्मल मसाज रेका कारण मोटोपन, मधुमेहलगायत विभिन्न्न रोग देखिएको दाबी गरएिको थियो। अमेरकिाको औषधी नियामक निकाय फेडरल ड्रग्स एडमिनिस्ट्रेसनले मेसिनको प्रयोगमा प्रतिबन्ध नलगाए पनि त्यसले सामान्य मांसपेशी दुखेको र आर्थराइटिसजस्ता समस्यामा तत्कालका लागि केही राहत दिने बताएको छ। विक्रेता र उपचारकले भने सोझासीधालाई झुक्याउन विभिन्न दाबी गर्दै आएका छन्।

आफ्ना नागरकिको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको कारण जनाउँदै पाँच वर्षअघि नै चीनका नानछाङ् र जियाङ्जी प्रान्तमा पनि सेराजेम उपकरण बिक्री वितरणमा रोक लगाइएको छ। स्थानीय खाद्य तथा औषधी प्रशासनले गरेको छानबिनमा उक्त मसाज मेसिनका कारण मानिसमा रंिगटा लाग्ने , हड्डी मक्किनेजस्ता समस्या देखिएको औँल्याइएको छ। तर, सेराजेम कम्पनीबारे विदेशमा देखिएका गुनासा र विरोधसँग आफ्नो कुनै सरोकार नरहेको र आफूले नेपालभित्र कानुनी रूपमा दर्ता प्रक्रिया र उपकरण आयातका लागि आवश्यक कानुनी परामर्श मात्र दिने गरेको कानुनी सल्लाहकार पोखरेल बताउँछन्।

तपाईंको प्रतिकृया

  कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
 

सुरेशराज न्यौपानेद्वारा अन्य प्रकाशित लेखहरू
यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »

कथा   [1]

सबै हेर्नुहोस् »

archive
विज्ञापन
Our Publication
  • ekantipur.com
  • Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Saptahik
  • Nari
  • Kantipur Qatar