गुणगान र भक्ति गरे सबैको प्यारो भइने, जे देख्यो त्यही बोल्यो या लेख्यो भने कसैको नभइने नेपाली समाजको चरत्रि नै हो। यस्तै चरत्रि देखाए, तीन महिनाअघिको एक भेटमा एकीकृत नेकपा माओवादीका संस्थापन पक्षीय एक पोलिटब्युरो सदस्यले। उनी भन्दै थिए, "तपाईंले त माओवादीको विरोध गरेर लेख्ने ठेक्कै पाउनुभएको छ कि क्या हो ?"
मैले पनि उनको कटाक्ष मिश्रति आरोपको सोझो जवाफ फर्काएँ। भनेँ, "माओवादीका बारेमा मैले लेखेका रपिोर्टमा आधार र प्रमाणबिना जबरजस्ती लगाएका आरोप भेटिए भने पत्रकारतिा नै छोडाँैला। र, जुनसुकै सजाय भोग्न तयार पनि हुँला।" सशस्त्र द्वन्द्वका एक प्रत्यक्षदर्शी भएका नाताले त्यस पार्टीले के कस्ता सपना देखाएर जनताका छोराछोरीलाई युद्धमा हेलेको थियो भन्ने मलाई राम्रै जानकारी छ। तर, अहिले त्यही माओवादीको जीवन/व्यवहार विगतमा आफैँले सत्तोसराप गरेका कांग्रेस-एमालेको भन्दा पनि तल झरेको छ। यसर्थ, माओवादी आफ्नो उद्देश्य र लक्ष्य अनुसारको बाटोमा छैन।
तर, समयमा कति छिट्टो बदलाव आएछ भने केही दिनअघि तिनै पोलिटब्युरो सदस्य नयाँ बानेश्वर चोकमा भेटिए। पहिले आफैँले भनेको प्रसंग बिर्सिएर हो वा सम्भिmँदा सम्भिmँदै पनि, उनले गुनासाका पोका खोले, "तपाईंहरूले हाम्रो पार्टीका नेता-कार्यकर्ताले गररिहेका गलत धन्दा अलि राम्ररी उजागर गरििदनुपर्यो। धेरैजसो नेता यस्तो कमाउ धन्दामा लागेका छन् कि बयानै गर्न सकिन्न। यत्रो त्याग र लगानी गरेको पार्टीका धेरैजसो नेता-कार्यकर्ता यति छिट्टै यति भ्रष्ट, बदनाम, आफ्नै सपनाप्रति बेइमान होलान् भनेर कल्पना पनि गरएिको थिएन।" उनको अभिव्यक्ति सुनेपछि लाग्यो, सत्यलाई कुनै न कुनै मोडमा पुगेपछि स्वीकार्न करै लाग्छ जोसुकैलाई पनि।
हल्लाखोर प्रधानमन्त्री
जेठको अन्तिम साता प्रधानमन्त्री बाबुराम भट्टराई काठमाडौँको ग्रामीण बस्ती झोर महांकाल पुगे। केहीलाई लाग्दो हो, व्यस्त प्रधानमन्त्री काठमाडौँको उत्तरी कुनो झोर पुगे। सर्वसाधारणको पिँढीमा बसे। उनीहरूसँग रातीसम्म भलाकुसारी गरे। त्यही भान्सामा खाए। ओहो कति साधारण प्रधानमन्त्री !
नेपालका फिल्मदेखि राजनीतिसम्ममा दक्षिण छिमेकीको नक्कल गरन्िछ। केही समयअघि भारतमा कांग्रेस आईका महासचिव राहुल गान्धीले गरबिको घरमा रात बिताएको प्रसंग त्यहाँका मिडियामा खुब छाएको थियो। हाम्रा प्रधानमन्त्रीले पनि राहुलकै शैली कपी गरेका त होइनन् ?
त्यसो त प्रधानमन्त्री भट्टराई प्रचार खोज्ने स्वभावका धनी नै हुन्। प्रधानमन्त्री निर्वाचित भएलगत्तै मुस्ताङ गाडीबाट सुरु उनको प्रचार अभियान निरन्तर जारी छ। उनले फोनइन कार्यक्रम 'हेलो सरकार'मार्फत कम हल्ला गरेनन्। मुगलिनका होटलमा आफैँ पसेर छापा पनि मारे। कामचलाउ प्रधानमन्त्री भइसकेपछि अहिले जनताका घरदैलोमा जाने नयाँनयाँ योजना सार्वजनिक गररिहेका छन्। कामभन्दा हल्ला बढी गर्ने यिनलाई हल्लाखोर प्रधानमन्त्री भन्दा कस्तो होला ?
शान्त ? पत्याउनै गाह्रो !
अन्तर्राष्ट्रिय संस्था इन्स्िटच्युट फर इकोनोमिक्स एन्ड पिसले गरेको सर्वेक्षण भन्दै 'ग्लोबल पिस इन्डेक्स २०१२' को एउटा अध्ययन केही दिनअघि सार्वजनिक भयो। सर्वेक्षणले नेपाललाई दक्षिण एसियामा दोस्रो शान्त देश देखाएको छ। छिमेकी देश चीन र भारतभन्दा मात्र होइन, विश्वकै महाशक्ति राष्ट्र अमेरकिाभन्दा पनि नेपाललाई शान्त देखाइएको छ, त्यस सर्वेक्षणमा।
१ सय ५८ देश समेटिएको सूचीमा नेपाललाई ८१औँ नम्बरमा राखिएको छ भने अमेरकिालाई ८८ मा। छिमेकी देशमध्ये चीन ९० मा छ भने भारत अझ तल १ सय ४२औँ नम्बरमा। तर, के साँच्चिकै नेपाल यति शान्त देश हो त ? भनेजस्तो शान्त हो भने त विदेशी लगानीको बाढी आउनुपर्ने, पर्यटकका हूलले सडक भरभिराउ हुनुपर्ने हो नि ! राजनीतिक, आर्थिक र सामाजिक रूपले पनि अशान्त रहेको देशलाई पत्याउनै नसक्ने गरी शान्त देखाएर कतै व्यंग्य गर्न खोजेका त होइनन्, अन्तर्राष्ट्रिय शक्तिले ? कि यसका पछाडि कुनै षड्यन्त्र पो छ कि !
तपाईंको प्रतिकृया