साइनबोर्ड पुरानै छ, भेलामा आएका प्रतिनिधि पनि पुरानै। राजधानीको बौद्धस्थित शेर्पा सेवा समाजको हलमा भरएिका कार्यकर्ता केही नौलो आशमा थिए। द्वन्द्वकालीन पृष्ठभूमिका झन्डै ९० प्रतिशत कार्यकर्ता, जो उमेरले अधिकांश ४० वर्षमुनिका थिए, जसले स्कुल पढ्दापढ्दै 'होलटाइमर' भएर आफ्नो भविष्य पार्टीको भविष्यसँग दाउमा लगाएका थिए, उनीहरू एकपटक फेर िपार्टीभित्र नयाँ जीवन खोजिरहेका थिए। अब भेलाले के गर्छ ?
२-४ असारमा बौद्धस्थित शेर्पा सेवा समाजको हलमा झन्डै साढे दुई हजार कार्यकर्तामाझ राष्ट्रिय भेला भयो। बौद्ध भेलाको दोस्रो दिन जब मोहन वैद्यले आफ्नो २० पृष्ठ लामो राजनीतिक दस्तावेज पढ्ने क्रममा 'पुष्पकमल दाहाल 'प्रचण्ड'सँग मेरो सम्बन्ध रहने छैन, यही भेलाबाट सम्बन्धविच्छेद गर्न चाहन्छु' भनेर सुनाए, त्यसपछि हल पूरै तालीको गडगडाहटले छायो। एकीकृत नेकपा माओवादीका वैद्य विचार समूह ब्यानरमा सुरु भएको भेला सिद्धिएलगत्तै नेकपा-माओवादी नाममा नयाँ पार्टी प्रकट भयो। "माओवादीभित्र अन्तरसंघर्ष धेरै भए, जहिल्यै उत्कर्षतिर पुग्दै गर्दा प्रचण्डले नयाँ योजना ल्याउँथे, नेतृत्वले सहमति गरहिाल्थे," वैद्य पक्षीय शिक्षक संगठनका महासचिव लालबहादुर बिसी भन्छन्, "१ र २ असारको राती अबेरसम्मका फोन र बैठकले पनि त्यही प्रवृत्ति दोहोरन्िछ कि भन्ने आंशका थियो तर यसपटक त्यो चिरयिो।"
माओवादीमा फुट आएको भोलिपल्ट अर्थात् ५ असारमा राजधानीको परदिृश्य हेर्न लायक थियो। प्रज्ञा भवन कमलादीमा वैद्य पक्षका नेता तथा कार्यकर्ता पार्टी फुटको औपचारकि घोषणा गर्दै थिए। मोहन वैद्य पत्रकारसामु प्रचण्ड-बाबुराम भट्टराईको सत्तोसराप गर्दै अनौठो आत्मविश्वास प्रदर्शन गररिहेका थिए। ठीक त्यही बेला माओवादी संस्थापन पक्षका अध्यक्ष 'प्रचण्ड' चाहिँ खेलकुदको विकासमा बजेट अभाव भएको औँल्याउँदै थिए। उनले आफ्नो भाषणमा पार्टी फुटबारे कुनै समय खर्चेनन्। एकै दिनका यी दुई घटनाले झन्डै तीन दशकदेखि सँगै रहेर अलग भएका प्रचण्ड र वैद्यको मनोविज्ञान र मनोदशालाई राम्र्रै गरी झल्काउँथ्यो। ६ असारमा मात्र पार्टी फुटको विषयमा प्रचण्डले विज्ञप्तिमार्फत मुख खोले, "माओवादीमा भएको विभाजन यान्त्रिक, संकीर्ण, जडसूत्रवादीको परण्िााम हो। राजनीतिक रूपले त्यो वामपन्थी लपmफाजी, विसर्जनवादी र संगठनात्मक रूपले अराजकतावादी विचलन पनि हो।"
०४८ सालको आमनिर्वाचनमा संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी १० वर्षे 'जनयुद्ध', शान्ति प्रक्रिया हुँदै संविधानसभामा सबैभन्दा ठूलो दल बनेको थियो। शान्ति प्रक्रियापछि बुद्धनगरमा स्थापना गरएिको औपचारकि कार्यालय संविधानसभाको चुनावपश्चात् स्थान अभावका कारण कोटेश्वरको पेरसिडाँडामा स्थानान्तर भयो। शान्ति प्रक्रियाका पाँच वर्षमा माओवादीले धेरै सानातिना गुटहरूसँग एकता गर्यो। र, मुलुककै सबैभन्दा ठूलो नेता तथा कार्यकर्ता भएको पार्टीमा दरयिो। अरू पार्टी फुट्दा नेता, कार्यकर्ता र तिनका भ्रातृ संगठन मात्रै विभाजन हुन्छन्। तर, माओवादीमा फुटको असर त्यतिमा मात्र सीमित भएको छैन। प्रत्यक्ष लडाइँका तालिमप्राप्त लडाकूहरूमा समेत विभाजन आएको छ। वर्गीय प्रेमका नाममा वैवाहिक जीवनमा बाँधिएकाहरूको परविारमा पनि विच्छेदको स्थिति देखिएको छ। यतिसम्म कि, पार्टीका सहिद परविारलाई समेत आफूतिर तान्ने प्रयत्न भइरहेको छ, यतिखेर।
अहिल्यै किन फुट ?
अनुमान गरौँ, प्रचण्डले अध्यक्षबाट राजीनामा गरेको भए र भट्टराईले प्रधानमन्त्री पद त्याग गरेको भए के एकीकृत नेकपा माओवादीको फुट रोकिन्थ्यो ? रोकिँदैनथ्यो। किनभने, ३१ जेठमा संस्थापन पक्षका तर्फबाट प्रचण्डले संयुक्त पूर्ण बैठकमा छलफल गरी आफू राजीनामा गर्न तयार भएको र प्रधानमन्त्रीलाई पनि फिर्ता बोलाउन सक्ने संकेत आफ्नो सातबँुदे लिखित प्रतिबद्धता पत्रमा उल्लेख गरेका थिए। ३२ जेठमा प्रचण्डको लिखित पत्रलाई जवाफ लेख्दै मोहन वैद्यले अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मात्रै समस्याको समाधान नभएको जिकिर गरे। उनले कार्यदिशामा प्रस्टता नआई एकता सम्भव नभएको औँल्याए।
पछिल्लो समयमा वैद्य पक्ष्ाले प्रचण्डप्रति यति अविश्वास गर्न थालेको थियो कि उनले जे भने पनि नकारात्मक रूपमा बुझ्दै आयो। त्यो एकाएक पलाएको सोच भने पक्कै होइन। ०६४ सालको बालाजु विस्तारति बैठक, ०६५ सालको खरीपाटी भेला, ०६६ साल असार-भदौको 'असाधारण बैठक' र ०६७ सालको पालुङटार विस्तारति बैठकका निर्णयहरू कुनै पनि कार्यान्वयन नगरेकामा वैद्य पक्ष प्रचण्डप्रति निकै आक्रोशित थियो। गत माघमा भएको केन्द्रीय समितिको बैठकसम्म भएका निर्णयहरू कार्यान्वयन नगरेपछि प्रचण्डको नियतमाथि नै वैद्यहरूले प्रश्न उठाउँदै आएका थिए।
एकथरीको भनाइमा संविधानसभाबाट मुलुकमा संविधान बनेको भए सायद माओवादी पार्टी यति चाँडै फुट्दैनथ्यो। संविधानसभा जीवितै छँदा वैद्य पक्ष्ाले पार्टी फुटाउन कोसिस नगरेको होइन। १३ जेठमा माओवादी फुट्दै छ भन्ने व्यापक हल्ला पनि चलेको हो। त्यतिबेला वैद्य पक्षले १ सय ५ सभासद् आफ्नो पक्षमा भइसकेको दाबी गरेको थियो। यद्यपि, त्यो हल्लैमा सीमित भयो।
प्रचण्डले राजीनामा दिएर मोहन वैद्य अध्यक्ष भएका भए वैद्य प्ाक्षलाई अर्को नैतिक संकट आइपथ्र्यो। त्यस्तो अवस्थामा वैद्यलाई पदलोलुपको आरोप लाग्ने त छँदै थियो, उनी केन्द्रीय समितिबाट आफ्नो कुरा लागू गर्न सक्दैनथे। किनभने, अहिलेको प्रचण्ड-बाबुराम-नारायणकाजी श्रेष्ठ गठबन्धनमा फेर िउनीहरूको हैसियत एकतिहाइकै स्थितिमा फर्किनुपर्ने बाध्यता हुन्थ्यो, जसबाट उनीहरूको नेतृत्व भए पनि नीति पारति गराउन नसक्ने स्थिति पैदा हुन्थ्यो। अन्ततः वैद्य आफँैले राजीनामा दिई पुनः प्रचण्ड नै अध्यक्षमा आउने बाटो खुल्थ्यो। त्यो बुझेरै वैद्यले पछिल्लो समय अध्यक्षको राजीनामा समस्याको समाधान नभएको अभिव्यक्ति दिएका हुन्। "घटनाक्रम यस्तो ठाउँमा पुग्यो, जहाँ प्रचण्डलाई विश्वास गर्नुपर्ने वैद्यहरूका निमित्त एउटै आधार भएन," पूर्वमाओवादी नेता मणि थापा भन्छन्, "आफ्नो राजीनामा पनि उधारो मात्रै गरे अनि प्रधानमन्त्रीको राजीनामा ट्याक्टिसकै रूपमा मात्र आयो। त्यसैले वैद्य पक्षसँग फुट्नुको विकल्प रहेन।"
कुनै बेला माओवादी आन्दोलनमा एकताको मियो बन्दै आएका थिए, प्रचण्ड। पार्टी फुटाएर होइन, जुटाएर आफू झन् बलियो नेता बन्ोको इतिहास छ, उनको। तर, अहिले फुटको मूल कारण तिनै प्रचण्ड बन्न पुगे। प्रचण्डले आफ्नो तवरमा पार्टी नफुटोस् भनेर हर उपाय नगरेका भने होइनन्। भेलाकै दिन बिहान संस्थापन समूहको स्थायी समिति बैठकले पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको निर्णय मात्र गरेन, सम्भावित फुट जोगाउन प्रधानमन्त्री बाबुराम भट्टराईको ब्राजिल यात्रा स्थगित गर्न आग्रहसमेत गर्यो। भलै, प्रधानमन्त्री भट्टराईले त्यो निर्णय पालना गरेनन्, ब्राजिल गएरै छाडे।
पार्टी जोड्नेमा वैद्य पक्षले बाबुरामसँग कुनै अपेक्षा नै राखेको थिएन। किनभने, पछिल्लो अन्तरसंघर्षमा बाबुरामले पार्टीलाई जोड्न राजीनामा त परै जाओस्, न्यूनतम् पहलसमेत गरेका थिएनन्। वैद्य पक्ष्ासँगको गठबन्धनका कारण प्रधानमन्त्री बन्न सफल भएका बाबुरामले प्रधानमन्त्री भएको भोलिपल्टदेखि वैद्यसँग सम्बन्ध तोडे र मधेसी मोर्चासँग गठबन्धन दरलिो बनाए। "एउटै पार्टीमा बसेको छ, जहाँ प्रचण्डले पनि निर्णयपिच्छे सदर गररिहेका छन्, त्यस्तो ठाउँमा वैद्य पक्षले विरोधका नाममा विरोध मात्रै गररिह्यो," वैद्य पक्षनिकट शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीको भनाइ छ, "त्यो स्थितिमा वैद्य पक्ष फड्के किनाराका साक्षी बस्ने काम मात्रै थियो। आखिर हामीले सिद्धान्त पनि छाडेका छैनौँ, राष्ट्रघाती पनि होइनौँ, जनघाती पनि होइनौँ, वर्गघाती पनि होइनौँ भनेर साबित गर्न चाहन्थ्यौँ, त्यसका लागि पार्टी फुटाउनै पथ्र्यो, फुट्यो।"
वैद्य पक्षलाई भट्टराईसँगको सम्बन्ध तोड्न त्यति गाह्रो थिएन। किनभने, भट्टराई नेकपा मसाल अर्थात् मोहनविक्रम सिंहको स्कुलिङ्का कार्यकर्ता थिए। मोहनविक्रम सिंहसँग विद्रोह गरेका नेकपा मशाल समूहका मोहन वैद्य, रामबहादुर थापा, सीपी गजुरेल, देव गुरुङहरू सबैले 'जनयुद्ध'मा प्रचण्डलाई साथ दिएका थिए। 'जनयुद्ध' सुरु गर्दा होस् या नेतृत्वलाई स्थापित गर्ने सवालमा, प्रचण्डपथ स्थापित गर्ने कुरामा होस् या भट्टराईसँग परेका विभिन्न अन्तरसंघर्षमा अहिलेको वैद्य पक्षले प्रचण्डलाई साथ दिइरह्यो। झन्डै २६ वर्ष एउटै पार्टीमा रहेर प्रचण्डको विकल्पमा अर्को नेता छैन भन्नेहरू अझै पनि उनी अन्तिम अवस्थामा आफ्नो समूहमा आउँछन् भन्ने विश्वासमा थिए। अन्ततः प्रचण्ड उनीहरूले भनेजस्तो आत्मालोचनासहित क्रान्तिकारी कार्यदिशा बोकेर नआउने पक्कापक्की भएपछि वैद्य पक्ष नयाँ पार्टी गठनतिर लाग्यो।
इतिहासभन्दा फरक
नेपालका कम्युनिस्टहरू फरक-फरक विवादका कारण चोइटिएको इतिहास छ। जस्तो कि, चीन र रुसलाई हेर्ने, माओ र स्टालिनलाई हेर्ने सवालमा नेपालमा दुइटा पार्टी फुटे। स्टालिनको मृत्युपछि ०१९ सालमा स्टालिनलाई हेर्ने सवालमा तत्कालीन महासचिव केशरजंग रायमाझी र पुष्पलाल श्रेष्ठबीचको अन्तरसंघर्षले अन्ततः फुट नै निम्त्यायो। माओको मृत्युपछि नेपालको कम्युनिस्ट आन्दोलनमा अर्को चिरा पर्यो। ०३८ सालमा चीनमा प्रतिक्रान्ति भएको छ या छैन भन्ने सवालमा माले फुट्यो, र अर्को चौथो महाधिवेशन समूह बन्यो। त्यो परघिटनालाई कम्युनिस्ट इतिहासमा दरभंगा प्लेनम भनेर चिनिन्छ। चौथो महाधिवेशन समूहमध्ये पनि ०४१ सालमा माओवाद र माओ विचारधाराको मुद्दामा फेर िफुट आयो। चौथो महाधिवेशन समूहका विभिन्न घटक नेकपा चौम, नेकपा मसाल, सर्वहारा श्रमिक संगठन, नेकपा मशाल, जनमुखी पार्टीबीच ०४८ सालमा एकता भए पनि त्यसको तीन वर्ष नपुग्दै शान्तिपूर्ण आन्दोलन वा सशस्त्र 'जनयुद्ध' गर्ने सवालमा फेर िफुट आयो। र, ०५१ सालमा नेकपा -माओवादी)को जन्म भयो। माओवादीले ०५२ सालमा सशस्त्र विद्रोह थालेको झन्डै १६ वर्षपछि माओवाद मान्ने समूहहरूबीच औपचारकि फुट आयो।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका अनुभवमा, संसारका कम्युनिस्टहरू सैद्धान्तिक र व्यावहारकि मुद्दा लिएर फुट्ने गरेका छन्। एकथरी क्रान्तिकारी कुरा गरेर फुट्छन्। उग्रवामपन्थी सोच राखेर पार्टी फुटाउँछन्। कतिपयको सैद्धान्तिक सोचमा इमानदारी हुँदाहुँदै व्यवहारमा उनीहरूको कुनै न कुनै स्वार्थ गाँसिएको देखिन्छ। माओवादीमा देखिएको अहिलेको फुटमा सैद्धान्तिक र व्यावहारकि दुवै पाटो जिम्मेवार रहेको ठान्छन्, सिंह। "वैद्यहरूले उठाएका कतिपय मुद्दा सैद्धान्तिक रूपमा ठीक छन्, त्यति हुँदाहुँदै पनि उहाँहरूले आवश्यक बेला रणनीतिक तथा कार्यनीतिक नारामा विरोध गर्न सक्नुभएन," उनी भन्छन्, "सिद्धान्तमा क्रान्तिको कुरा गरे पनि कहिले यो पद चाहियो भन्छन्, कहिले फलानो मन्त्री चाहियो भन्छन्, त्यो व्यावहारकि पाटोको नमुना हो।" -हेर्नूस्, सिंहको अन्तर्वार्ता)
वैद्यले आफ्नो दस्तावेजमा 'प्रचण्ड-बाबुरामले जनयुद्धको जग विघटन गराएको, शान्ति प्रक्रिया पनि निष्कर्षमा पुर्याउन नसकेको, अपमानजनक सेना समायोजन गरेको, जनसंविधान पनि बनाउन नसकेको र संविधानसभा पनि भंग गराएकाले' उनीहरू राजनीतिक रूपमै सिद्धिसकेपछि जनयुद्धका सबै कुरा रक्षा गर्न नयाँ पार्टी बनाएको दाबी गरेका छन्। नेकपा मशालको पृष्ठभूमिका कारण जहिल्यै प्रचण्डमाथि भरोसा गर्दै आएका वैद्य पक्ष्ाधरहरूले अहिले प्रचण्डमा क्रान्तिकारी गुण देखेनन्। प्रचण्ड अर्कै वर्गमा परण्िात भइसकेको उनीहरूले निष्कर्ष निकाले। प्रचण्डको जीवनशैली, दिनहँुका भेटघाटमा वैद्य पक्ष टाढाका देखिन थाले अनि त्यो कुरा उनीहरूलाई स्वीकार्य भएन। प्रचण्डले एकताका नाममा भित्र्याएकाहरूलाई विद्रोहकालमा सहभागी भएर दुःख, पीडा भोगेर आएकाहरूलाई भन्दा बढी विश्वास गर्न र जिम्मेवारी दिन थालेपछि वैद्य समूह झन् रुष्ट बन्दै गयो। संस्थापन पक्षीय केन्द्रीय सदस्य कुमार पौडेल पनि पार्टी विभाजन हुनुमा नेतृत्वको कार्यशैली र संगठनात्मक पद्धतिमा रहेका केही त्रुटिले पनि भूमिका खेलेको स्वीकार गर्छन्। "सामूहिकताको अभाव, नोकरशाही कार्यशैली, कार्यकर्ता व्यवस्थापनमा बेवास्ता, नयाँ कार्यनीति र कार्यदिशा अनुसार नयाँ संगठन बनाउन नसक्नु पनि विभाजनका लागि आधार बन्यो," पौडेलको कथन छ, "त्यसबाहेक वैद्यजीहरूको जडसूत्रीय चिन्तन, वैचारकि अस्पष्टता, सांगठनिक अराजकता पनि उत्तिकै जिम्मेवार छन्।"
फुटको असर
माओवादीमा औपचारकि रूपमा विभाजन भएपछि नयाँ र पुरानो दुवै पार्टीका योजना तथा भविष्यबारे अनेक अडकलबाजी भइरहेका छन्। संस्थापन पक्षले विभाजनको असर १०-१५ प्रतिशतभन्दा बढी नपर्ने दाबी गररिहेको छ भने नेकपा-माओवादीले देखाइदिने चेतावनी दिएको छ। ५ असारको पत्रकार सम्मेलनमा वैद्यले देशभर समानान्तर संगठन रहेको दाबी गर्दै भविष्यमा सबैभन्दा शक्तिशाली क्रान्तिकारी तथा राष्ट्रवादी शक्ति बन्ने जिकिर गरे। आखिर यथार्थ के हो ?
शान्ति प्रक्रियामा आएपछि आर्थिक, सांस्कृतिक रूपले तुलनात्मक रूपमा विवादमा नमुछिएकाहरू वैद्य नेतृत्वको नेकपा-माओवादीमा संलग्न छन्। वैद्य पक्षको बलियो पक्ष भनेकै हिजो उनीहरूले दाबी गरेका आधार इलाका क्षेत्रका कार्यकर्ताको बहुमत हो। सशस्त्र द्वन्द्वकालीन अर्थात् चुनबाङ बैठकअघिको ९५ सदस्यीय केन्द्रीय सदस्यमध्ये ४४ जना वैद्य नेतृत्वको पार्टीमा छन्। केन्द्रीय सदस्यद्वय शेरमान कँवर, मोहनचन्द्र गौतम र गौरीशंकर खड्काको मृत्यु भइसकेको छ। मणि थापा र रवीन्द्र श्रेष्ठले फागुन ०६२ मै माओवादी परत्ियाग गरसिकेका छन्। सशस्त्र विद्रोह आरम्भ गर्दाका १९ जना केन्द्रीय सदस्यमध्ये नौ जना वैद्यसँग, सात जना संस्थापनसँग छन्। तिनमा यानप्रसाद गौतमको मृत्यु भयो भने दण्डपाणि न्यौपाने र फणिन्द्र आचार्य गुमनाम छन्। मातृका यादवले यसअघि नै पार्टी छोडिसकेका छन्। यस हिसाबले सशस्त्र विद्रोह आरम्भ गर्दादेखि पुस ०६५ सम्मको पार्टीका आधारमा आफूहरू बहुमतमा रहेको वैद्य पक्षको दाबी छ।
एकीकृत माओवादीका २६ वटा जनवर्गीय संगठनमध्ये १९ वटामा आफ्नो पार्टीको पकड अर्थात् बहुमत रहेको वैद्यहरूको दाबी छ। मधेसी राष्ट्रिय मुक्ति मोर्चा, किराँत राष्ट्रिय मुक्ति मोर्चा, मगरात राष्ट्रिय मुक्ति मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, दलित राष्ट्रिय मुक्ति मोर्चा, बेपत्ता परविार समाज, शिक्षक संगठनलगायत जनवर्गीय संगठनका अध्यक्षसहितको बहुमत वैद्यतिर खुलिसकेको छ। यङ् कम्युनिस्ट लिग
-वाईसीएल)का अध्यक्ष गणेशमान पुन संस्थापनतिर उभिएका छन्। तर, सह-संयोजक उमा भुजेल वैद्यको पार्टीमा आबद्ध छिन्।
माओवादी मधेसमा त्यसै त कमजोर थियो। त्यसमाथि प्रभु साहबाहेक मधेसका पुराना र स्थापित नेताहरू महेन्द्र पासवान, कृष्णसिंह देव दनुवारहरू वैद्यतिर लागेका छन्। जनजाति आन्दोलनका अगुवा सुरेश आलेमगर पनि वैद्यतिरै छन्। सहिद तथा बेपत्ता परविारका आफन्तहरूको सहानुभूति वैद्य पक्षले पाइरहेको छ। जस्तो कि, पार्टी फुट गर्ने भेलामा पत्रकार कृष्ण सेन 'इच्छुक'की पत्नी तक्मा केसी, बेपत्ता पारएिका विद्यार्थी नेता वेनोज अधिकारीकी आमा हरमिाया पनि देखिएकी थिइन्। पूर्वमन्त्री दीपक ज्ञवालीका विश्लेषणमा, "राजनीति स्वयंसेवी तवरमा चल्ने प्रणाली हो। जब स्वयंसेवी भावना संगठित हुन्छ, त्यो अन्ततः शक्तिमा परण्िात हुन्छ। यतिखेर वैद्य पक्षमा स्वयंसेवक, त्याग, बलिदानी भावको पक्ष बलियो देखिएको छ, जुन कुरो प्रचण्ड-बाबुराम समूहमा त्यति देखिँदैन।"
धक्का प्रचण्डलाई
माओवादीको विभाजनले सबैभन्दा घाटा कसैलाई पुगेको छ भने त्यो अध्यक्ष प्रचण्डलाई नै हो। भलै उनले प्रकट रूपमा त्यो नदेखाउने प्रयत्न गर्नेछन्। नेकपा-माओवादीको गठनले प्रचण्डको राष्ट्रपति बन्ने चाहनालाई पूरै ओझेलमा पारििदएको छ। २३ वर्षदेखि एकछत्र पार्टी प्रमुख रहँदै आएका प्रचण्डको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठाइदिएको छ। साथै, एकीकृत माओवादीको विभाजनपछि कांग्रेस, एमालेजस्ता दलहरूले प्रचण्डलाई थप गलाउने प्रयत्न गर्नेछन्। सशस्त्र विद्रोहका बेला प्रचण्डका स्टाफ रहेका पोलिटब्युरो सदस्य हितमान शाक्य, केन्द्रीय सदस्यद्वय सूर्य सुवेदी, चन्द्रहर िसुवेदी, जोखबहादुर महरासमेत वैद्य नेतृत्वको नयाँ पार्टीमा पुगेका छन्। आफ्नै पूर्वस्टाफलाई समेत सँगै राख्न नसक्नु पनि प्रचण्डका लागि ठूलै धक्का हो।
तीतो सत्य के हो भने, प्रचण्ड आखिर एक्लो प्रयासमा मात्र प्रचण्ड बनेका थिएनन्। उनलाई स्थापित गर्नमा दर्शनमा वैद्य, सैन्य-संगठनमा रामबहादुर थापा, अन्तर्राष्ट्रिय सम्बन्धमा सीपी गजुरेल, अर्थ-राजनीतिमा देव गुरुङले योगदान दिएका थिए। अहिले त्यो टिम प्रचण्डदेखि अलग्गिएको मात्र होइन, उनको विरुद्धमा सबैभन्दा चर्को विरोध त्यसैले गररिहेको छ। वैद्य पक्षले प्रचण्डलाई 'नवसंशोधनवाद'को बिल्ला भिराएको छ। बाबुरामसँग प्रचण्डको जहिल्यै व्यक्तित्वको टकराव पर्दै आएको थियो। अहिले प्रचण्डसँग कहिले वैद्य समूहलाई हातमा लिई बाबुरामलाई तर्साउने र कहिले बाबुरामलाई हातमा लिई वैद्य समूह तर्साउने कार्ड पनि सिद्धिएको छ। त्यस आधारले फुटपछिको परदिृश्यमा सबैभन्दा मारमा प्रचण्ड परेको अनुमान लगाउन गाह्रो छैन।
वैद्यको रणनीति
अहिले ठ्याक्कै ०५९ सालको राजनीतिक अन्योल छ, जतिखेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् भंग गरेर नयाँ संसदीय चुनाव घोषणा गरेका थिए। चुनाव हुने माहोल पनि हुन नसक्नु र भएको वैधानिक निकाय पनि भंग गरििदएपछि अन्ततः दरबारले देउवालाई 'कू' गर्न सजिलो भयो। ठीक अहिले बाबुराम नेतृत्वको सरकारले संविधानसभा भंग गरी नयाँ संविधानसभाको चुनाव गर्ने घोषणा गरेको छ। केही राजनीतिक शक्ति यतिखेर निवर्तमान संविधानसभालाई ब्यूँताउन लागिरहेका छन् भने प्रचण्ड चुनावको पक्ष्ामा देखिएका छन्। निर्वाचन आयोगले बेलैमा ऐन-कानुन संशोधन हुन नसके निर्वाचन गराउन कठिन हुने भनिसकेको छ। यस्तो बेला केही राजनीतिक दलले राष्ट्रपतिलाई बाबुराम सरकार अपदस्थ गराउन उकासिरहेका छन्। यस्तै अन्योलको परििस्थतिमा आफू अनुकूल राजनीतिक पहलकदमी लिन सकिन्छ भन्ने आँटले वैद्य पक्ष नयाँ पार्टी गठनमा लागेको हो।
वैद्य पक्षको भरपर्दो आधार भनेकै उनीहरूसँग विद्रोहकालीन युवा कार्यकर्ता छन् भन्ने हो। उनले आफ्नो दस्तावेजमा माओवादलाई पुनरावृत्ति दिने उल्लेख गरेका छन्। माओवाद भनेको दीर्घकालीन 'जनयुद्ध' अपनाउने पथप्रदर्शक कम्युनिस्ट सिद्धान्त हो। भलै वैद्यले आफ्नो २० पृष्ठ लामो दस्तावेजमा तत्काल 'जनयुद्ध'मा जाने कतै उल्लेख गरेका छ्रैनन्। बौद्धको भेलामा त्यसबारे कार्यकर्ताले उनलाई निकै र्याखर्याख्ती पारेका थिए। तर, उनले यतिसम्म भन्नैपर्यो, "सबै कुरा दस्तावेजमा उल्लेख गरेपछि लिक भइहाल्छ, अन्ततः हामीहरू ज्ााने भनेकै जनयुद्धमा हो। तयारी नपुगुन्जेल मात्र वैधानिक मोर्चालाई भरपूर उपयोगको नीति लिने हो।"
वैद्य पक्षको नीति तत्काल छापामार संघर्षमा जाने छैन। शान्ति प्रक्रियामा आएपछि विशेष गरी संस्थापन पक्ष सहरमै रमाउन थालेको भन्दै वैद्य नेतृत्वको माओवादीले भने ग्रामीण क्षेत्र अर्थात् सर्वसाधारणको घरदैलो नछोड्ने योजना बनाएको छ। त्यसै गरी उनीहरूले छापामार संघर्षलाई भन्दा केही समय वैचारकि संघर्षलाई प्रमुखता दिने, आफ्नो संगठनमा नेता-कार्यकर्ता तान्न प्राथमिकता दिने, संस्थापन पक्षको भण्डाफोर गर्ने, नेपाल-भारत सीमा क्षेत्रमा जनतालाई परेको पीरमर्काबारे आवाज उठाउने कार्यक्रम बनाएका छन्। बाबुराम प्रधानमन्त्रीबाट हटेपछि प्रचण्ड पुनः आफूहरूको समूहसँग एकता गर्न आइपुग्ने विश्वास पनि वैद्य पक्षका केही नेताले गररिहेका छन्। त्यसैले नै फागुनसम्म एकताको ढोका पनि खुलै राख्ने प्रस्ताव पारति गरेका हुन् उनीहरूले। प्रचण्ड-वैद्यमा फेर िएकता होला/नहोला, त्यो भविष्यले बताउला। तर, यति भन्न सकिन्छ कि उनीहरूबीचको तीन दशक लामो राजनीतिक सहयात्रामा विराम लागेको छ।
माले र वैद्य विभाजनको फरक
जब माले फुट्यो, सीपी मैनालीले भनेका थिए- वामदेव गौतमको व्यक्तिगत तुषका कारणले पार्टी फुटेको हो। यद्यपि, महाकाली सन्धि देखावटी मात्रै हो। फुट्दाखेर िमालेले महाकाली सन्धिको मुद्दा जनमानसमा राम्रोसँग लग्न सकेको थिएन। जसले गर्दा मास भोटिङ् हुँदा छ प्रतिशत मात्र भोट ल्यायो, यद्यपि कुनै पनि सिट जित्न सकेन। तर, अहिले वैद्य पक्षचाहिँ तलैसम्मको चिराले फुटेको हो। अन्तिम समयसम्म पनि वैद्यले पार्टी फुटाइहाल्नु हुँदैन भन्ने मान्यता राख्दै आएका थिए। यसकारण मालेको त्यो फुट माथिबाट भएको हो र अहिले वैद्य पक्षलाई चाहिँ 'मास'ले फुटाएको हो।
वामदेवले पार्टी फुटाउँदा सैद्धान्तिक कुरा खासै उठाएका थिएनन्। खालि राष्ट्रियताको मुद्दा मात्र हो। त्यसबेला माक्र्सवादको व्याख्या गरेर अर्को लाइन बनाइएको थिएन। तर, वैद्यहरूले अहिले अर्कै लाइन बनाएका छन्। माले फुट्दाखेर ित्यही पार्टीभित्रैका शीर्षस्थ नेताहरू आफैँमा बदनाम भइसकेका थिए तर अहिले वैद्य पक्ष्ाका शीर्षस्थ नेताले कमसेकम आफ्नो नैतिक मूल्य-मान्यता जोगाइराखेका छन्।
त्यसबेला माले फुटेको वास्तविक औकात चुनावमा देखियो। तर, अहिले वैद्य पक्षले तुरुन्तै चुनावमा जाने/नजाने घोषणा गरसिकेको छैन। जान पनि सक्छन्, नजान पनि सक्छन् वा अरू कसैलाई 'ब्याक' गरेर उठाउन पनि सक्छन्। त्यसबेला मासले भोट दिने प्रणालीमा भर पर्छ। मासमा अहिले पुराना मतदाताको संख्या निकै कम छ, अधिकांश युवा छन्। पुराना नेतामा यति धेरै विकृति आइसकेको छ कि अब युवाहरूले नयाँलाई अवसर दिनसक्ने प्रबल सम्भावना छ। त्यो कुरा विभिन्न सर्वेक्षणले पनि बताइरहेका छन्। माओवादीको संस्थापन पक्षमा धेरै ठूलो क्षति हुने सम्भावना छ। यही अवस्था रहिरहने हो भने प्रचण्ड-बाबुराम समूह प्रजापरष्िाद्कै बाटोमा हिँडिरहेको देखिन्छ।
(पूर्वमन्त्री एवं राजनीतिक विश्लेषक दीपक ज्ञवालीसँगको वार्तामा आधारति)
'फुट व्यक्तिगत कारणले’

माओवादी विभाजित हुनुको कारण केलाई ठान्नुहुन्छ ?
माओवादीभित्र भएको फुटमा दुई पक्षले काम गरेको देखिन्छ। एउटा त सैद्धान्तिक-वैचारकि रूपमा उनीहरूबीच असहमति देखियो। तर, त्यही कारणले मात्र फुट आएको भन्ने होइन। मोहन वैद्य पक्षले संविधानसभा सही छैन भनेर सुरुदेखि नै यसलाई उपयोग गर्ने अभ्यास गर्यो। उनीहरू चुनावमा गए, मन्त्री भए, अर्थमन्त्री नै चाहिन्छ भनेर लागे। सेना समायोजन पनि हुनुहुँदैन भनेनन्, बरू सम्मानजनक समायोजन भने। जर्नेल, कर्णेल उच्च पद मागे। मोहन वैद्य पक्षधरहरू इमानदारीपूर्वक गए भन्ने लाग्दैन।
त्यसो भए सैद्धान्तिकभन्दा बढी व्यक्तिगत कारणले फुटेको हो त ?
राजनीतिक र सैद्धान्तिक कारणले भन्दा पनि बढी व्यक्तिगत कारणले हो। पद नपाएको तुष अभिव्यक्त भएको हो। जस्तो ः बाबुराम भट्टराई उपनेता बने, त्यसमा वैद्यमा असन्तुष्टि पैदा भयो। यस्ता धेरै कारण छन्।
हरेक फुटलगत्तै विभिन्न किसिमका वाद आउँछन्, किन ?
प्रचण्डपथ ल्याउनमा बढी भूमिका मोहन वैद्यकै थियो। बरू, बाबुरामले त्यसको विरोध गरेका हुन्। अहिले उनैले प्रचण्डपथ छोडिदिए। अहिले वाद र माओ विचारको संकीर्णता देखिन्छ। जस्तो ः नारायणकाजी श्रेष्ठहरूसँग त्यतिबेला वाद पनि राख्ने, माओ विचार पनि राख्ने सहमति भयो। यस्ता सैद्धान्तिक विषयमा कुनै पनि प्रकारका सम्झौता हुनुहुँदैन। वाद भए वाद र विचारधारा भए विचारधारा नै राख्नुपर्छ। सैद्धान्तिक प्रवृत्तिमा सम्झौता गर्ने प्रवृत्तिलाई हामी राम्रो मान्दैनौँ।
कम्युनिस्टहरू सैद्धान्तिक वा व्यक्तिगत, कुन रूपमा बढी फुटेको पाउनुभएको छ ?
कम्युनिस्टहरूले ठूलो मात्रामा सिद्धान्त र उद्देश्यका लागि काम गरेका हुन्छन्। त्यसभित्र यस्ता मान्छे पनि आउँछन्, जसको सिद्धान्त एउटा माध्यम मात्र हुन्छ र व्यक्तिगत स्वार्थ, महत्त्वाकांक्षा प्रमुख हुन्छ। प्रचण्डका सन्दर्भमा भन्ने हो भने उनी 'करअिरस्िट' हुन्। किनभने, उनले सिद्धान्त, नीतिभन्दा पनि व्यक्तिगत कुरालाई महत्त्व दिँदै आएका छन्। उनको राजनीतिक चरत्रि हेरौँ न, कुनै बेला 'हामी सत्तामा पुग्ने अवस्था आयो भने पहिलो पंक्तिका सबै मानिस गान्धी भएर बस्छौँ' भने। गान्धी जो सत्तामा गएनन् तर निर्देशन दिने र नेतृत्व गर्ने कोसिस गरे। त्यही पृष्ठभूमिमा आएका मान्छे एकाएक राष्ट्रपति हुने दौडमा लागे। संविधानसभाको चुनावमा पनि त्यही देखियो। संविधान बनाउने क्रममा पनि त्यही देखियो। त्यसैले हामीले प्रचण्डका बारेमा सुरुदेखि नै विश्लेषण गरेका थियौँ, उनी क्रान्तिकारी हुँदै होइनन्। माक्र्सवादी हुँदै होइनन्।
क्रान्ति पार्टीको हितभन्दा पनि व्यक्तिगत हित उन्मुख छन्। त्यसको अर्थ माओवादीभित्रै सबै त्यस्तै मान्छे छन् भन्ने होइन। दुर्भाग्यको कुरा के हो भने, त्यस्तो मान्छे उपल्लो नेतृत्वमा रहन पुग्यो। यसमा वैद्यहरूको आलोचनालाई हामी सही मान्छाँै। तर, उनले माक्र्सवादी-लेनिनवादी सिद्धान्त अनुरूप आफूलाई ढाल्न सकेनन्, त्यो उनको गम्भीर कमजोरी हो।
प्र्रचण्डभन्दा वैद्य ठीक भन्न खोज्नुभएको ?
सैद्धान्तिक रूपमा हामीले वैद्यलाई ठीक मानेका छौँ। व्यक्तिगत रूपमा पनि प्रचण्डभन्दा वैद्य नै ठीक छन्। तर, जुन दृष्टिकोण उनले अपनाएका छन्, त्यो सही भएन भन्ने हो। वैचारकि रूपमा उनले सही दृष्टिकोण अपनाउन सकेनन्। त्यसैले सैद्धान्तिक रूपमा उनी सही हुँदाहुँदै पनि उनले जुन कार्यप्रणाली अपनाए, त्यो गलत भयो। अर्को गम्भीर कमजोरी, जातीयतावादका पक्षमा, क्षेत्रीयतावादका पक्षमा वैद्यले मत जाहेर गरे।
कुनै बेला वैद्यले तपाईंसँग सम्बन्धविच्छेद गरेर पार्टी ठूलो बनाए । अहिले पनि प्रचण्डसँग त्यस्तै उद्देश्यले नयाँ पार्टी बनाएको विश्लेषण गरिँदै छ । ०४२ सालको फुट र अहिलेको फुटमा के फरक देख्नुहुन्छ ?
कुनै पनि पार्टी कुन बेला यति ठूलो हुन्छ भन्ने कुराको अहिल्यै फैसला गर्न सकिँदैन। माओवादीले यत्रो ठूलो पार्टी बनाए। जनयुद्ध सुरु गरे, त्यसबाट पछाडि फर्किनुपर्यो। राष्ट्रवादीहरूसँग कार्यगत एकता गर्ने योजना बनाए, त्यसबाट पछाडि फर्किनुपर्यो। राजनीतिक शक्तिहरूलाई खत्तम पार्ने भने, त्यसमा पछि हट्नुपर्यो। आफूलाई क्षति भएपछि पछि हटे।
आफ्नो संख्या बढाउन प्रचण्डले जुन प्रकारका गलत नीति अपनाए, त्यही वैद्य पक्षले अपनाइरहेको छ। जातीयवाद, क्षेत्रीयवादका कुरा त माक्र्सवाद-लेनिनवाद सिद्धान्तसँग मेल खाने कुरै होइन। माक्र्सवादले त सबै शोषितपीडित जनताका बीचमा वर्गीय आधारमा एकताबद्ध गर्ने कुरामा जोड दिन्छ। तर, उनले वर्गीय आधारमा शोषितपीडित जनतालाई जातीय रूपमा विभाजित गर्ने बाटो अपनाए। यस प्रकारको सोचाइले उनलाई भोलि भुलभुलैयामा, अन्तरद्वन्द्वमा फसाउँछ। बाहिर निस्कन मुस्किल पर्छ।
एक हँुदा मित्र हुने, फुट्यो भने दुस्मनलाई भन्दा बढी गाली-गलौज गर्ने प्रवृत्ति कम्युनिस्टमा किन हुन्छ ?
देशको राजनीतिक स्तर र सांस्कृतिक धरातलले पनि त्यो बताउँछ। अर्को कुनै संगठन विशेषको धरातलले पनि बताउँछ। अनि, व्यक्तिगत स्तरले पनि निर्धारण गर्छ। जस्तो ः तल्लोस्तरको व्यक्तिले तल्लोस्तरकै गाली गर्छ, सभ्य मानिसले त्यही अनुसारको व्यवहार प्रदर्शन गर्छ।
०४१ सालतिर जब वैद्यहरू हामीबाट फुटे, उनीहरूका दस्तावेजमा हाम्रो व्यक्तिगत आलोचना र हामीमाथि आक्षेप लगाइएको छ। तर, हाम्रा दस्तावेजमा कसैको व्यक्तिगत आलोचना छैन। एउटा पनि आक्षेप छैन। यो उनीहरूको चरत्रि हो। तर, राजनीतिक रूपमा कैयौँ आलोचना र आक्षेप हुन्छन्। जस्तो ः दक्षिणपन्थी भड्काव, उग्रपन्थी, जडसूत्रवाद वा गद्दार भनौँ, यीचाहिँ व्यक्तिगत आलोचना होइनन्। यी राजनीतिक शब्दावली हुन्।
०५४ सालमा एमाले र अहिलेको माओवादी फुटको परिदृश्यमा के फरक देख्नुहुन्छ ?
एमालेको फुटमा वामदेव गौतमलगायतहरू अलग हुन खोजेका थिए, वामपन्थीहरूमा त्यसले खासै उत्साह ल्याएन। किनभने, त्यो एउटा 'फोर्स' थिएन। तर, अहिले वैद्यहरूले फुटमा ठूलो शक्ति लगेका छन्। वैद्य पक्ष र प्रचण्ड पक्ष दुवै समानान्तर रूपमा देखा परेका छन्। त्यतिबेला वामदेव फुटे पनि एमालेकै स्थितिमा देखाउन मुस्किल परेको थियो। तर, अहिले दुवै पक्ष बलियो अवस्थामा देखिन्छन्। तल्लो स्तरमा हेर्ने हो भने त वैद्य पक्षसँग बलियो आधार छ। प्रचण्डहरू बदनाम भएको स्थितिमा छन्। वैद्यहरूले यसबाट पनि लाभ उठाउन सक्छन्।
अब प्रचण्ड र मोहन वैद्यबीच कसको पल्ला भारी देख्नुहुन्छ ?
यसमा प्रचण्डहरू अलि बलिया देखिएका छन्। किनभने, धेरै कमजोरीका बाबजुद पनि कमसेकम संविधान बन्नुपर्छ, गणतन्त्रलाई संस्थागत गर्नुपर्छ, तुरुन्तै जनयुद्धमा जान सक्दैनौँ, सशस्त्र संघर्षमा जान सक्दैनौँ भन्ने लाइन लिएर उनीहरू गएका छन्। वैद्यहरूको जुन लाइन छ, त्यो हावामा छ। किनभने, उनीहरू अहिले सशस्त्र युद्धमा पनि जान सक्दैनन्, लोकतन्त्र, शान्ति र संविधान सँगसँगै लग्न पनि सक्दैनन्। उनीहरूको राजनीतिक धरातल कमजोर छ। यो कमजोरीले गर्दा प्रचण्डसँग टक्कर गर्ने स्थितिमा उनीहरू छैनन्।
नेपालका कम्युनिस्ट पार्टीहरू फुटाउन बाह्य शक्तिको भूमिका कत्तिको छ नि ?
बाह्य शक्तिको भूमिका सधैँ रहने गरेको छ। कम्युनिस्ट आन्दोलनलाई फुटाउनमा भारत, अमेरकिा र युरोपेली देशहरूको भूमिका हुन्छ। किनभने, कम्युनिस्ट आन्दोलनलाई जति फुटाउन सकियोे, त्यति उनीहरू आफ्नो फाइदा देख्छन्। अहिलेचाहिँ खुला रूपमा आएको देखिँदैन। स्पष्ट रूपमा माओवादी फुटाउन रमिको भूमिका छ। उनीहरूले सल्लाह दिएका थिए।
रिमले नेपालको पार्टी फुटाउने हैसियत राख्छ र ?
फोर्सका हिसाबले त होइन तर वैचारकि हिसाबले गर्न सक्छ। माओवादीलाई सशस्त्र संघर्षमा लैजान उसले काफी महत्त्वपूर्ण भूमिका खेल्यो। रमिका प्रतिनिधिहरू काठमाडौँमा आए। हामीसँग भेट गरे। हामी त्यसबेला रमिमा थियौँ। माओवादीलाई गएर भेट गरे। हामीले माओवादी र रमिबीच भएका कुराकानीका सबै नोट प्रकाशित पनि गरेका थियौँ। बारम्बार नेपालमा सशस्त्र संघर्ष सुरु गर्नुपर्छ भनेर छलफल गर्न रमिका प्रतिनिधिहरू काठमाडौँ आए। हामीलाई जोड गर्थे तर हामीले त्यसलाई अस्वीकार गर्यौँ। माओवादीले त्यसलाई स्वीकार गरे। त्यसकारण माओवादी सशस्त्र संघर्षमा गए। हामी गएनौँ। परण्िााम, हामीलाई रमिबाट निष्कासित गरििदए। किनभने, उनीहरूको लाइनलाई हामीले स्वीकार गरेनौँ। वैचारकि रूपमा उनीहरू माओवादीलाई आफ्नो बाटोमा लैजान सफल भए। भौतिक रूपमा गर्न नसके पनि वैचारकि रूपमा त सक्छन् नि !
माओवादी पार्टी फुट्नुभन्दा एक साताअगाडि नेत्रविक्रम चन्द चीनको भ्रमण गरेर आए, त्यस्तो बेला चीन जानुको पनि अर्थ हुन सक्छ, होइन र ?
चीनको पार्टी नेपालको राजनीति र खास गरी कम्युनिस्ट आन्दोलनमा पटक्कै संलग्न भएको हामी पाउँदैनाँै। उनीहरूलाई के लाग्छ भने नेपालका राजनीतिक पार्टीहरूमा स्थिरता छैन। त्यति गोप्यता पनि छैन, त्यति विश्वसनीयता पनि छैन। त्यसैले यस्तोमा संलग्न भएर 'एक्सपोज' हुन चाहन्छन् जस्तो लाग्दैन। चन्द गए, आए। औपचारकि रूपमा उनलाई सम्मान गरे। खास ध्यान दिएनन्। त्यसकारण यहाँको पार्टीलाई फुटाउनमा चीनको पार्टीको संलग्नता छ जस्तो लाग्दैन।
नेपालमा कम्युनिस्ट पार्टीको सदस्य हुन भारतविरोधी भए मात्र उत्तीर्ण हुने परिपाटी छ, आखिर त्यस्तो किन ?
भारतका केही नीतिहरू छन्, जसको कम्युनिस्टहरूले विरोध गर्दै आएका छन्। थुप्रै समस्या देखिन्छन्। जस्तो ः कालापानी र सुस्ताको प्रश्न, व्यापार पारवहनको समस्या लामो समयसम्म नसल्टाउने, नेपालको राजनीतिमा हस्तक्षेप गर्ने, चेक पोस्ट राख्ने, एयर मार्सल राख्नेसहित त्यहाँका नेताहरूका अभिव्यक्तिका कारणले पनि नेपालमा भारतविरुद्ध तीव्र असन्तोषको भाव सुरुदेखि नै रहँदै आएको छ। र, त्यो असन्तुष्टिको प्रतिनिधित्व कम्युनिस्टहरूले गर्दै आएका छन्। त्यो एउटा राष्ट्रिय आवश्यकता भएको छ। त्यसको मुख्य जिम्मेवार भारतीय असमान नीतिहरू नै हुन्।
विभाजनबारे वैद्य पक्षको तर्क र आरोप
- संविधानसभाद्वारा संविधान निर्माण हुन नसक्नुका पछाडि मुख्यतः सत्तालिप्साका लागि कतिपय राजनीतिक पार्टीका बीच चल्दै आएको अन्तरकलह तथा संविधानविरोधी षड्यन्त्र, देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको असफलता, कतिपय वैदेशिक प्रतिक्रियावादी शक्तिकेन्द्रहरूको हस्तक्षेप, पुरानो सत्ताद्वारा तेस्र्याइएको अवरोध एकीकृत नेकपा माओवादीको नेतृत्वको एउटा हिस्सामा बढ्दै गएको अवसरवादी तथा वर्गीय आत्मसमर्पणवादी चिन्तनलगायतका कारणहरूले काम गरेको कुरा स्पष्ट नै छ। यसमा पनि अझै ठोस र मूर्त रूपमा भन्नुपर्दा संवैधानिक समितिको विवाद समाधान उपसमितिका संयोजकका हैसियतले प्रचण्ड र सरकारका प्रधानमन्त्रीका हैसियतले बाबुराम भट्टराई सबैभन्दा बढी जिम्मेवार रहेका देखिन्छन्।
- आज देश भारतीय विस्तारवादको नव-उपनिवेशवादी चंगुलमा अत्यन्तै तीव्र वेगमा फस्दै गएको छ। नवउपनिवेशको मूल विशेषता भनेको सम्बन्धित देशभित्रका दलाल पुँजीपति वर्गलाई आफ्नो मुट्ठीमा पारेर एवं नोकरशाही पुँजीपति एवं सामन्त वर्गलाई गलाएर तथा फकाएर आफ्नो पक्षमा ल्याउनु, आफ्ना दलालहरूलाई राखी कठपुतली सरकार बनाउने हस्तक्षेपकारी भूमिका खेल्नु र त्यस प्रकारका तत्त्वहरूलाई प्रयोग गरी आफ्नो स्वार्थसिद्ध गर्नु नै हो। र, नेपालमा शान्ति प्रक्रियायता यस कामलाई निकै तीव्रता दिइएको छ। अरूको त कुरै छोडौँ, अहिलेको बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि त्यही कठपुतली सरकारको भूमिका खेलिरहेको छ।
- केही समययता साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले जनजाति, पिछडिएका क्षेत्र, महिला, दलित आदिलाई सर्वहारा वर्गको नेतृत्व, वर्गीय दृष्टिकोण तथा चेतनाबाट कटाएर निरपेक्ष रूपमा जातीयताको प्रश्नलाई अगाडि बढाइरहेको छ। यसका साथै हामी के कुरामा पनि स्पष्ट हुनु जरुरी छ भने खस राष्ट्राहंकारवादी पितृसत्तावादी तथा ब्राह्मणवादीहरूद्वारा जनजाति, महिला एवं दलित समुदायको स्वतन्त्र पहिचान तथा अस्तित्वमाथि पनि भीषण आक्रमण गर्ने काम हुँदै आएको छ। स्थितिको यो गम्भीरतालाई राम्रोसँग बुझ्न जरुरी छ। हामीले जनजाति, महिला, दलित आदि समुदायको विशिष्ट स्वत्व र पहिचानको सम्मान गर्दै तिनका समस्याको सही समाधान गर्नेबारे गम्भीर बन्नुपर्छ।
- नेपालमा जनयुद्धको अन्त्य एवं माओवादीभित्रको एउटा हिस्सा प्रबल रूपमा दक्षिणपन्थी संशोधनवादी भासमा फँस्दै जानु र अन्य पार्टी वा संगठनहरू पनि सैद्धान्तिक तथा व्यावहारिक रूपमा क्रान्तिका पक्षमा दृढतापूर्वक प्रस्तुत हुन नसक्नुका कारण क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) केही शिथिल बन्दै गएको छ। यस स्थितिमा यस आन्दोलनलाई गतिशील बनाउनका लागि आवश्यक पहल गर्न जरुरी छ।
- सर्वपक्ष्ाीय सम्मेलन, अन्तरिम सरकार र त्यसको नेतृत्वमा जनताद्वारा संविधान निर्माणको प्रश्न कार्यनीतिक रूपमा मूलतः सही भए पनि यस प्रकारको अमूर्त नाराबाट अवसरवादका लागि ढोका खुल्न गएको देखिन्छ।
- जनयुद्धका पाँच वर्षको अवधिमा विचार र नीतिका क्षेत्रमा केही प्रगति भए पनि त्यसलाई प्रचण्डपथका रूपमा नामांकन गरिनु सही थिएन। यो कुरा अहिलेसम्मका व्यवहारबाट पुष्टि हुँदै गएको देखिन्छ।
- जनवादको विकासका नाममा शान्ति प्रक्रियामा आएपश्चात् सामन्तवाद र साम्राज्यवादविरोधी शक्तिबाहेकका शक्तिसित अमूर्त बहुदलीय प्रतिस्पर्धाको मान्यतामा सहमति कायम गरिएको स्थितिमा यस प्रस्तावको मूल उद्देश्य पार्टी, सेना र सत्तामा जनवादको विकास गर्नु नभई नयाँ जनवाद वा सर्वहारा जनवादका विरुद्ध जानु रहेको देखिन आउँछ।
- लोकतान्त्रिक गणतन्त्र राजनीतिक रूपमा बेग्लै प्रकारको संक्रमणकालीन गणतन्त्र हुन सक्दैन। यो पुँजीवादी संसदीय शासन सत्ताकै रूपबाहेक अरू केही पनि होइन।
- ७ मंसिर ०६२ मा सात राजनीतिक दल र नेपाल कम्युनिस्ट पार्टी माओवादीबीच भएको १२ बुँदे समझदारी पत्रमा ँराज्यको अग्रगामी पुनःसंरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता भएको’ उल्लेख छ। साथै, त्यसमा ँसशस्त्र द्वन्द्वको अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न दृढ संकल्पित’ रहेको र ँप्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली’लगायतका विषयप्रति प्रतिबद्धता व्यक्त गरिएको छ। यी भनाइबाट नयाँ जनवादलाई छोडी पुँजीवादी संसदीय व्यवस्था अँगाल्नका लागि आधार तयार पार्दै जान थालेको कुरा स्पष्ट हुन्छ।
- २ असार ०६३ मा सरकार-माओवादी वार्ता टोलीको आयोजनामा सात राजनीतिक दल र नेकपा माओवादीका बीच बालुवाटारमा भएको बैठकमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीलगायतका विषयप्रति प्रतिबद्धता जाहेर गर्दै नेकपा माओवादीद्वारा गठित जनसरकारहरू विघटन गर्ने निर्णय लिइएको छ। यो गम्भीर प्रकारको राजनीतिक विश्वासघात र अवसरवादी विचलन नै हो।
- ५ मंसिर ०६३ मा नेपाल सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा ँसरकार माओवादीबीच चालू युद्धविरामलाई स्थायी रूप दिँदै ०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा' गरिएको छ। यो घोषणा जनयुद्धको पहलको समयमा जाहेर गरिएको प्रतिबद्धताको गम्भीर उल्लंघन र देश, जनता, क्रान्ति तथा पार्टीप्रतिको प्रतिबद्धताको गम्भीर विश्वासघात हो।
- शान्ति प्रक्रियामा आएयता अग्रगामी राजनीतिक निकास सुनिश्चित भइनसकेको अवस्थामा अन्तरिम सरकारमा सम्मिलित हुने, पार्टी दर्ता गर्ने, संविधानसभाको चुनावमा भाग लिने र आफ्नै पार्टीको नेतृत्व एवं अन्य पक्षको नेतृत्वमा समेत सरकारमा सम्मिलित हुँदै आउने काम भएको छ। मूल समस्याको समाधान नहुँदै त्यसरी हतारिनु कमजोरी हुन गएको देखिन्छ।
- हामीले क्रान्तिकारी ढंगले संसद् तथा सरकारको उपयोग गर्नेबारे धेरै प्रयास गर्यौँ र गर्दै पनि आएका छौँ। परन्तु, यो काम व्यर्थ साबित हुँदै गएको छ। यथार्थमा भन्नुपर्दा नेतृत्वका केही जिम्मेवार कमरेडहरूको चाहना वा उद्देश्य संसद् र सरकारको उपयोग क्रान्ति वा जनविद्रोहका लागि नभएर संसदीय लोकतान्त्रिक गणतन्त्र वा सुधारवादमा जानका लागि हो र यो कुरा अब सुस्पष्ट भइसककको छ।
- पार्टीभित्रको प्रचण्ड-बाबुरामद्वारा देशीय दलाल पुँजीपति वर्ग तथा विस्तारवादसित अपवित्र साँठगाँठ कायम गर्दै देश, जनता र विश्व सर्वहारावर्गप्रति गम्भीर विश्वासघात गरी जनयुद्धको अन्त्य भएको घोषणा गरियो। यो गम्भीर विडम्बना र चिन्ताको विषय हो।
- राजाद्वारा ँकू’ गरिएपश्चात् कांग्रेस, एमालेलगायतका राजनीतिक शक्तिहरू माओवादीसँग लालायित बने र माओवादीलाई गलाएर कार्यगत एकता गर्ने नीति अवलम्बन गरे। त्यो बेला आधार इलाका, जनसरकार र जनमुक्ति सेना, बलियो पार्टी संगठन र जनाधार भएका बेला उनीहरूलाई पार्टीको नीति अनुरूप संयुक्त मोर्चा वा कार्यगत एकतामा ल्याउनुपर्नेमा उल्टै उनीहरूको नीति अनुरूप लतारिएर १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौतालगायतका सम्झौता गर्ने र संसद्को पुनःस्थापनाका लागि मतियार बन्ने काम गरिएको छ। यो गम्भीर प्रकारको गल्ती हो।
- नवसंशोधनवादका मूल पात्र प्रचण्ड र बाबुराम हुन्। इतिहासको एक निश्चित कालखण्ड र जनयुद्धका एक निश्चित अवधिमा प्रचण्डबाट सकारात्मक भूमिका निर्वाह गरिए पनि जनयुद्धकै अर्को एक निश्चित कालखण्डमा अवसरवादी तथा अभिजात वर्गीय चिन्तन प्रबल बन्दै गयो। यसो हुनुमा स्वयंमा विद्यमान निम्न पुँजीवादी मानसिकता, भूमण्डलीकृत बन्दै गएको साम्राज्यवादको प्रभाव, आफैँले नेतृत्व गरेको खारा फौजी कारबाहीलगायतका घटनामा देखिएको पराजय, दार्शनिक रूपमा विकसित हुँदै गएको सारसंग्रहवादी तथा वर्गसमन्वयवादी चिन्तन आदि कारणले काम गरेका छन्। बाबुराममा विचलन पैदा हुनुका पछाडि क्रान्तिकारी वर्गसंघर्षको अनुभवको कमी, निम्न पुँजीवादी बौद्धिक मानसिकता, विस्तारवादसँगको लामो संसर्ग आदि परिवेश, चिन्तनका क्षेत्रमा अनुभववाद, व्यवहारवाद तथा बहुलवादको प्रभावलगायतका कारणहरूले काम गरेका छन्।
- प्रचण्ड-बाबुरामका बीच एकता र संघर्ष दुवै रहँदै आएको छ। यो संघर्ष एकातिर लाबाङ बैठकसम्म पुग्दा एउटा उत्कर्षमा पुग्यो भने अर्कोतिर चुनबाङ बैठकमा दुवैका बीच एकरूपता कायम भयो। प्रचण्डले बाबुरामको लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यदिशा र बाबुरामले प्रचण्डको नेतृत्व स्वीकार गरे। चुनबाङदेखि अहिलेसम्म आउँदा यी दुईका बीचमा नेतृत्वलगायतका कतिपय सांगठनिक प्रश्नमा विवाद तथा चिन्तनगत क्षेत्रमा जोड एवं कोणमा केही भिन्नता देखापरे पनि कार्यदिशाका क्ष्ाेत्रमा मूलतः एकरूपता पाइन्छ। प्रचण्ड र बाबुराममा लामो समयदेखि जुन गलत चिन्तन र प्रवृत्तिको विकास हुँदै आएको छ, त्यो दक्षिणपन्थी नवसंशोधनवाद नै हो।
- प्रचण्ड-बाबुराममा विद्यमान सैद्धान्तिक विशेषता र प्रवृत्तिलाई मूलतः तीन भागमा विभाजित गरेर प्रस्तुत गर्न सकिन्छ, ती हुन्, दक्षिणपन्थी विसर्जनवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवाद। यी तीनवटै विशेषता एकै ठाउँमा राखेर हेर्दा यस प्रवृत्ति वा धारलाई दक्षिणपन्थी एवं नवसंशोधनवाद भन्नु उपयुक्त हुन्छ।
- शान्ति प्रक्रियामा आएयता पार्टीको क्रान्तिकारी ओज र गरिमालाई ध्वस्त पार्दै लैजाने काम भएको छ। क्रान्तिकारी कार्यभार पूरा नगर्दै पार्टीलाई पूरै खुला र वैधानिकतावादी बनाइएको छ। वर्गीय र वैचारिक रूपमा पार्टीको पूरै बन्ध्याकरण हुँदै गइरहेको छ। पार्टीमा अवसरवादीहरूको प्रभुत्व कायम भएको छ र क्रान्तिकारीहरूलाई दुरुत्साहित एवं अपमानित गरिँदै छ। एकताको प्रक्रियामा क्रान्तिकारी कम्युनिस्टहरूको कम र विशाल संख्यामा अवसरवादीहरूको प्रवेश भएको छ। केन्द्रीय समितिमा अवसरवादीहरूको बहुमत र क्रान्तिकारीहरूको अल्पमत बनाइएको छ।
- पार्टीमा सामूहिक रूपमा निर्णय गर्ने पद्धतिलाई खारेज गर्दै जाने र सामूहिक रूपमा लिइएका निर्णयहरूलाई पूरै लत्याउने काम हुँदै आएको छ। पार्टीमा केवल बाबुराम-प्रचण्डको मिलेमतोमा आधार इलाका तथा जनसरकारको विघटन र जनयुद्धको अन्त्यको घोषणा गरिएको छ र यो समग्र प्रक्रियामा केन्द्रीय समितिसहित समस्त पार्टी कमरेडहरूको जनवादी अधिकारलाई पूर्णतः अवज्ञा गरिएको छ। पार्टीभित्र आत्मालोचना र आलोचनाको पद्धतिलाई पूरै समाप्त पारिएको छ। कार्यकर्ताको आँखामा छारो हाल्नका लागि आचारसंहिता बनाइन्छ, परन्तु त्यसलाई कार्यान्वयनमा ल्याउनेबारे मूल नेतृत्व सदैव उदासीन देखिने गर्छ। पार्टीलाई भाइभारदारहरूको जमघट बनाउने काम भइरहेको छ। यी सबै कुराबाट के स्पष्ट हुन्छ भने प्रचण्ड-बाबुरामबाट एउटा क्रान्तिकारी पार्टीको रंग बदल्ने र त्यसलाई दक्षिणपन्थी अवसरवादी पार्टीमा बदल्ने काम गरिएको छ।
- प्रतिक्रियावादका विरुद्धको संघर्षमा विचारधारा, सिद्धान्त, राजनीति र मजदुर, किसानलगायतका वर्ग र जनसमुदायका हकहितसँग सम्बन्धित विषयमा सर्वहारा वर्गीय अडान छोड्नु र प्रतिक्रियावादसँग घुँडा टेक्दै जानु वर्गीय आत्मसमर्पणवाद हो। प्रचण्ड-बाबुरामद्वारा प्रतिक्रियावादी तथा अवसरवादी शक्तिहरूसँग जेजस्ता सहमति र सम्झौता गरिएका छन्, ती सबै मूलतः वर्गीय आत्मसमर्पणवादका अभिव्यक्ति हुन्।
- प्रचण्ड र बाबुराममा लामो समयदेखि राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन विकसित हुँदै आएको देखिन्छ। यो समूहबाट एकातिर विदेशी बहुराष्ट्रिय कम्पनी, वैदेशिक लगानी एवं दलाल नोकरशाही पुँजीलाई प्रश्रय दिने विधेयकहरू सदनमा ल्याउने, बिप्पाजस्तो राष्ट्रघाती सम्झौता गर्ने काम हुँदै आएको छ भने अर्कोतिर राष्ट्रिय स्वाधीन कृषि, औद्योगिक अर्थतन्त्रको विकासमा पटक्कै ध्यान दिने काम भएको छैन। माथिल्लो कणर्ाली, अरुण तेस्रो लगायतका निर्यातमूलक जलविद्युत् परियोजनाहरू विस्तारवादलाई सुम्पने काम गरिएको छ। प्रधान अन्तरविरोधका सम्बन्धमा बाबुरामबाट विस्तारवादसितको अन्तरविरोधलाई गौण बनाउने काम हुँदै आएको छ भने अर्कोतिर प्रचण्डबाट पनि त्यसै अनुरूप जाने काम हुँदै आएको देखिन्छ।
- संविधान निर्माणको प्रक्रियामा संघीयताको प्रश्नमा प्रचण्डद्वारा कांग्रेस र एमालेलगायतका शक्तिसित अपवित्र गठबन्धन कायम गरी पहिचान र नामांकनविहीन ११ प्रदेशको अवधारणामा सहमति कायम गरिएको थियो। परन्तु, हाम्रो पक्ष्ासहित अन्य पक्षका सभासद्हरूद्वारा सो अवधारणाको विरोधमा अत्यधिक बहुमतमा आधारित हस्ताक्षर अभियान सञ्चालन गरिएपछि प्रचण्डसहित सो गठबन्धन पछाडि हच्कन परेको थियो। बिचित्र कुरा के छ भने, त्यस प्रकारको दिनको घामजत्तिकै छर्लंग यथार्थलाई तोडमरोड गरी प्रचण्डद्वारा आफूलाई पहिचानसहित संघीयताको हिमायती देखाउने धृष्टता गरिएको छ। जुन गोरुको सिङ छैन, उसको नाम तिखे भनेको ठीक यही हो।
- प्रचण्ड-बाबुरामद्वारा वर्गोत्थान, अभिजात वर्गीय चिन्तन एवं संस्कृति विकसित हुँदै आएको छ र दुवैबाट सर्वहारा वर्गीय आर्थिक तथा सांस्कृतिक आचरणको परित्याग गरिएको छ। प्रचण्डबाट पार्टीमा आर्थिक प्रणाली र पारदर्शितालाई तिलाञ्जलि दिँदै आउने काम भएको छ। अब अभिजात वर्गीय आर्थिक तथा सांस्कृतिक पहिचान नै प्रचण्ड-बाबुरामको वास्तविक पहिचान बन्न गएको छ।
- नेपाली नयाँ जनवादी क्रान्तिका दुई पक्ष छन् ः जनवादको स्थापना र राष्ट्रिय स्वाधीनताको रक्षा। यी दुवै बेग्लाबेग्लै होइनन्, एउटै चरणमा सम्पन्न हुने क्रान्तिका महत्त्वपूर्ण पक्ष हुन् र यी दुवै परस्पर अन्तरसम्बन्धित रहेका छन्। नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि हामीले जनयुद्धको जगमा जनविद्रोहको बाटो अवलम्बन गर्नुपर्ने कुरा सिद्धान्ततः स्पष्ट नै छ। परन्तु, पार्टीको आत्मगत स्थिति कमजोर भएको यस अवस्थामा तत्काल जनविद्रोह सम्भव छैन। सामन्तवादी तथा साम्राज्यवादी विस्तारवादी उत्पीडनको अन्त्य र वास्तविक जनक्रान्तिका लागि बल प्रयोगको भूमिका अनिवार्य रूपमा आवश्यक छ। जनयुद्धको जगलगायतका सबै पक्षलाई वैचारिक रूपमा संश्लेषित गरी जनविद्रोहमार्फत जनक्रान्तिका कामहरूलाई अगाडि बढाउनुपर्छ।
- दीर्घकालीन जनयुद्धको मोडल अनुरूप रक्षा र सन्तुलनको अवस्था पार गरी प्रत्याक्रमणको चरणको अन्तिम विन्दुमा पुग्दा सशस्त्र विद्रोहमा जान अपरिहार्य हुने कुरा पनि स्पष्ट नै छ। नेपालमा जनयुद्धले रक्षा र सन्तुलनको चरणमा विकसित हुँदै अगाडि बढेको स्थितिमा ती अनुभव र शिक्षाको जगमा हामी अगाडि बढ्नु आवश्यक हुन्छ। साथै यहाँनेर कुन कुरा पनि विचारणीय छ भने नेपाली क्रान्ति नेपाली ढंगले नै मौलिक रूपमा अगाडि बढ्छ।
तपाईंको प्रतिकृया