बलबहादुर राई निष्ठाको राजनीतिका पर्याय हुन्। नेपाली राजनीतिमा त्यस्ता नेताहरू ज्यादै कम छन्। सैद्धान्तिक र व्यावहारकि रूपमा पतनशील नेताहरूको बोलबाला रहेको पछिल्लो समयमा राई एक यस्ता निष्ठावान नेता थिए, जो मृत्युको अन्तिम समयसम्म पनि निःस्वार्थ राजनीतिको बाटोमा अग्रसर भइरहे। मृत्युको अघिल्लो दिनसम्म पनि उनले आफ्नो बिगि्रएको स्वास्थ्यभन्दा देशकै मात्र चिन्ता गररिहे।
आफ्नो र आफन्तहरूको चिन्ताले मात्रै राजनीतिज्ञहरू पिरोलिन्छन् भन्ने मान्यता स्थापित भइरहेका बेला राईले सत्ताभन्दा बढी इमानदारी र स्वार्थभन्दा बढी त्यागमा विश्वास गरे। कांग्रेस वृत्त र समग्र नेपाली राजनीतिमा उनले सिकाएको इमानदारीको यो पाठ दशकौँसम्म पनि सम्भिmइनेछ।
विसं १९७७ मा ओखलढुंगाको मोली गाविसमा जन्मेका राई १९ पटकभन्दा बढी कार्यवाहक प्रधानमन्त्री भए। कहिल्यै गुनासो नगर्ने नेताका रूपमा चिनिएका राईले जीवनभर केही गरे भने प्रजातन्त्रका लागि मात्रै गरे। फलतः उनी स्वार्थहीन राजनीतिज्ञका रूपमा उदाहरणीय बने।
नेपाली सेनाको सिपाही, हबल्दार, लेखनदास हुँदै धनकुटाको तत्कालीन मालअड्डाको बहिदारसम्म भएका राई ००३ सालमा सरकारी सेवा छाडेर राणाविरुद्धको क्रान्तिमा होमिएका थिए। छँदाखाँदाको सरकारी जागिर छाडेर प्रजातन्त्र स्थापनाको महासमरमा होमिएका राईलाई त्यतिखेर धेेरैले बुद्धि बिग्रेको मान्छेका रूपमा टिप्पणी गरेका थिए। तर, उनी आफ्नो लक्ष्यबाट कहिल्यै डगमगाएनन् र आस्थामा अविचल रहे।
कांग्रेसले नेतृत्व गरेको ००७ सालको आन्दोलनमा राईले पूर्वाञ्चलमा सशक्त भूमिका निर्वाह गरेका थिए। त्यसयता राई अनवरत रूपले प्रजातन्त्रको पक्षमा लडिरहे। ०३७ को जनमतसंग्रह, ०४२ को सत्याग्रह, ०४६ को जनआन्दोलन सबैमा उनले नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गरे। वृद्ध वयमा पनि युवा जोशका साथ ०६२/६३ को आन्दोलनमा होमिएको देख्दा आन्दोलनकारी नै छक्क पर्थे।
कांग्रेस केन्द्रीय सदस्य हुनुअघि राई ओखलढुंगा कांग्रेसका सदस्य थिए। ०११ सालमा उनी राष्ट्रिय सल्लाहकार समितिको सदस्य भए। ०१५ को आमनिर्वाचनमा ओखलढुंगा क्षेत्र नं १८ बाट विजयी भएका राई ०१७ सालमा पञ्चायती शासन सुरु भएपछि भारतमा निर्वासित भएका थिए। ०२५ सालको आममाफीसँगै नेपाल फर्किएका राईमाथि सोलु-ओखलढुंगामा कांग्रेसले तयारी गरेको सशस्त्र संघर्ष अन्तर्गत टिमुरबोटे काण्डमा संग्लन भएको आरोपमा जेल चलान गरएिको थियो। राज्यले ज्यान लिने धम्की दिँदासमेत राई आफ्नो प्रजातान्त्रिक आस्थाबाट विचलित भएनन्।
०४८ र ०५१ सालको संसदीय निर्वाचनमा ओखलढुंगा-२ बाट निर्वाचित भएपछि राईले क्रमशः भौतिक योजना तथा निर्माण र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले। श्रममन्त्री हुँदा राईको एउटा मिर्गाैलाले काम गर्न छाडेको थियो। तत्कालीन समयमा उपचारार्थ विदेश जान मन्त्रिपरष्िाद्का सदस्यहरूले सुझाउँदा उनले 'राष्ट्रिय धन खर्चेर विदेश जान्न' भन्दै स्वदेशमा नै उपचार गराएका थिए। ०५६ सालमा प्रतिनिधिसभा सदस्य भएका राईले ०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका हैसियतमा सभामुखको भूमिका निर्वाह गरेका थिए। खोटाङ र ओखलढुंगाका डाँडाकाँडामा मोटरगाडी दौडाउने काम यिनै राईको बलबुताले सम्भव भएको हो। जनताको मतको कदर गर्नुपर्छ भन्ने मान्यताका पक्षपाती राई आफूले जनतामाझ गरेका वाचा पूरा गर्न सधैँ तन्मयका साथ लागिपरे।
राईले निष्ठाको राजनीति मात्रै गरेनन्, कैयन् क्षमतावान नेता-कार्यकर्ता पनि जन्माए। उनले नै कांग्रेस राजनीतिमा डोर्याएका धेरै कनिष्ठ नेताहरू अहिले पार्टीको वरष्िठ पदमा पुगिसकेका छन्। राजनीतिक यात्रामा हिँडेकै भरमा कैयन्ले छोटो समयमै आर्थिक उचाइसमेत प्राप्त गरसिकेका छन्। तर, सधैँभर सादा जीवन नै राईको परचियका रूपमा स्थापित रह् यो। कांग्रेसभित्र हुर्किंदै गरेको विसंगति र बढ्दो विचलनले उनी सधैँ चिन्तित देखिन्थे तर उनले कहिल्यै मुख खोलेनन्। मुख नखोलीकनै उनी हामीबाट बिदा भए। तर, उनले नै नेपाली राजनीतिमा निष्ठा र इमानदारीको राजनीति सम्भव छ भनेर देखाएका छन्।
जातीय राजनीतिका विरोधी राई जीवनको उत्तरार्द्धसम्म त्यस आधारमा संघीय राज्यको निर्माण हुनुहुँदैन भन्नेमा अडिग थिए। मुलुकमा जातीय राजनीतिको धूवाँ पुत्ताउन थालेको देखेर पछिल्लो समय उनी निकै गम्भीर देखिएका थिए। साधारण लेखपढ मात्र गरेका उनमा राजनीतिको व्यावहारकि र सैद्धान्तिक ज्ञान भने फराकिलो थियो। सायद त्यसैले अनेकन संघर्ष गरे पनि प्रजातन्त्रका लागि जुनसुकै मूल्य चुकाउन उनी आजीवन तयार रहे।
दुवै मिर्गाैलाले काम गर्न छाडेपछि विभिन्न रोगबाट पीडित ९० वषर्ीय राईको शिक्षण अस्पतालमा उपचारका क्रममा गत असार २० गते अपराह्न ४ बजे निधन भयो। उनले देखाएको बाटो हिँड्ने बाचा गरेकाहरूले त्यस्तै व्यवहार देखाउन सक्लान्? प्रश्न अनुत्तरित छ। किनभने, राई यस्ता नेता थिए, जसले जीवनभर िजनता, प्रजातन्त्र र देशलाई मात्रै केन्द्रमा राखेर राजनीति गरे। फलतः उनी कांग्रेसको माटोमा हुर्किएर पनि सबैका प्यारा नेता भए।
तपाईंको प्रतिकृया