भट्टराईको नेतृत्वमा हुने चुनावमा गइन्न: कांग्रेस

(2 Votes)
Congress-flag

काठमाडौं, आश्विन ५ - कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा नयाँ निर्वाचनमा जान नसकिने निष्कर्ष निकालेको छ ।

सभापति सुशील कोइराला निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले भट्टराई सरकारले गराउने चुनावमा कांग्रेस सहभागी नहुने निष्कर्ष निकालेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

मधेसी मोर्चासहित प्रमुख तीन दलको बुधबार बसेको बैठकले संविधानसभा पुनःस्थापनाभन्दा नयाँ निर्वाचनमा जाने सैद्धान्तिक सहमति जनाएको थियो ।

बैठकले कांग्रेसको नेतृत्वमा निर्वाचनका लागि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्क्यौल निकाल्दै यसका लागि दलहरूबीचको संवाद कार्यलाई निरन्तर अगाडि बढाउने निचोड समेत निकालेको छ ।

 

प्रकाशित मिति: २०६९ आश्विन ५ ०५:१०


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication