बर्डको नयाँ मोबाइल बजारमा
काठमाडौ, भाद्र २१ - बर्ड मोबाइलको बिक्रेता ग्याजेट्स नेपालले बर्ड मोबाइलको नयाँ मोडल के ६ (ब्लु डोभ) बजारमा ल्याएको छ । यस मोडलमा बिनातार एफएम सुन्न सकिने र धातुको बडी भएकाले नकोरिने, पातलो डिजाइन, टर्च लाइट, क्यामेरा, दुई वटा सिम, भिडियो प्लेयर, ब्लुटुथलगायत सुविधा छन् । मल्टिमिडियायुक्त भएकाले सामाजिक सञ्जाललगायत इन्टरनेट चलाउन सकिन्छ । यसमा ४ जीबीसम्म मेमोरी लाग्छ ।
प्रकाशित मिति: २०६९ भाद्र २१ ०९:२०










तपाईंको प्रतिकृया