ताजा समाचार        शनिबार, २०७० जेष्ठ ४

नेपालको सानदार जीत, पाकिस्तान ८–० ले पराजित

साफ वुमेन्स च्याम्पियनसीप

(12 Votes)

कोलोम्बो (श्रीलंका), भाद्र २३ - नेपालले दोस्रो वुमेन्स साफ च्याम्पियनसिपको पहिलो खेलमा शनिबार पाकिस्तानविरुद्ध ८-० गोल गरेको छ ।

सीआर एन्ड एफसी मैदानमा कप्तान जमुना गुरुङ एक्लैले चार गोल गरिन् । उनले ३७ औं मिनेटमै ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो साफमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले नेपालको लागि हालसम्म २१ गोल गरिसकेका छन् । यो गोल संख्या नेपाली फुटबलरले गरेको हालसम्मकै सर्बाधिक हो ।

जमुनाले नवौँ, ३२ औँ, ३४ औँ र ४४ औँ मिनेटमा गोल गरेकी हुन् । प्रमिला राई १६ औँ, अनु लामा ५१ औँ सजना राना ४२ औँ र दीपा अधिकारीले ७२ औँ मिनेटमा एक एक गोल गरेका थिए । 

नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ    । पहिलो हाफमा पाकिस्तान निरीह देखियो । तैपनि नेपालको खेल सुन्दर भन्न चाँहि मिल्दैन ।

अग्रपंक्तिमा नेपालले राम्रो खेल प्रदर्शन गरे पनि रक्षपंक्ति खासै चुस्त देखिएन । तैपनि पाकिस्तानले दुईपल्ट मात्र पोष्ट आक्रमण गर्‍यो । आजकै खेलबाट घिमकुमारी गुरुङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी छिन् ।

सन् २०१० को फेब्रुअरीमा ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा नेपालले पाकिस्तानलाई ७–० ले हराएको थियो । कक्स बजारमा डिसेम्बरमा भएको पहिलो साफ वुमेन्स च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले १२–० को जित रचेको थियो ।

लाइभ अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्

आजको खेलको कमेन्ट्री

....

९०, हुर्रेर्रेर्रेर्रेर्रेर्रेर्रेर्रेर्रेर्रेर्रेर्रेर्रेर्रेर्रे । नेपाली चेलीको जीत । साफ वुमेन्स च्याम्पियनसिपमा पाकिस्तान ८–०ले पराजित ।  नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ  ।  सोमबार बिहान पौने ९ बजेदेखि खेल हुनेछ ।

....

८८, अनु लामाले अर्को गोल गरेकी छिन् । तर रेफ्रिले अफसाइड दिए ।

 ....

८०, दस मिनेटको खेल बाँकी । नेपालले लगातार दबाब दिइरहेको छ । तर थप गोल गर्न सकेको छैन । पाकिस्तान राम्रो मुभ बुन्न असफल ।

....

७६, नेपालले खेलमा पेनाल्टी क्षेत्र  नजिक पहिलो फ्रि–किक पाएको छ । लक्ष्मी पौडेलको प्रहार पाकिस्तानी डिफेन्सले क्लियर गरे ।

....

७२, दीपा अधिकारीको सुन्दर गोल । नेपाल ८–० पाकिस्तान

....

६८, टिमका उत्कृष्ट ३ खेलाडी कप्तान जमुना गुरुङ, निरु थापा र प्रमिला राईलाई आराम दिएपछि नेपालको खेल केही सुस्ताएको छ । तर ६८ मिनेटसम्म पाकिस्तानमाथि दबाब कायमै राखेको छ ।

....

६३, प्रमिला राईको स्थानमा कृष्ण खत्री मैदान प्रवेश गरेकी छन् ।

....

६०, नेपालले पाकिस्तानलाई दबाबमा राखिरहेको छ । बल पाकिस्तानको पेनाल्टी क्षेत्र वरिपरि नै छ । ६० मिनेटसम्म नेपाल ३–० ले अगाडि छ ।

....

५६, सजना रानामगरको प्रहार पोष्टमा लागेर फर्कियो ।

....

कप्तान जमुना गुरुङको ठाउँमा अन्जली वाइवा मैदानमा प्रवेश गरिन् ।

....

५१, अनु लामाले गोल गरिन् । नेपाल ७–०ले अगाडि छ । पाकिस्तानले गोल गर्न सकेको छैन ।

....

दोस्रो हाफपछि खेल सुरु भएको छ ।

....

मध्यान्तर भएको छ । पाकिस्तानसँग नेपाल ६–०ले अगाडि छ ।

....

४४, जमुना गुरुङले फेरि गोल थपिन् । यो उनको चौथो गोल हो । नेपाल ६–०ले अगाडि छ ।

....

४२, सजना रानाले गोल गरिन् । नेपाल ५–० ले अगाडि । पाकिस्तान हतास् भइसकेको छ ।

....

३७, फेरि जमुना गुरुङले गोल थपिन् । उनले ह्याट्रिक पूरा गरिन् ।

....

३२, फेरि जमुना गुरुङले गोल थपिन् ।

....

१६, फेरि नेपालले गोल थप्यो । प्रमिला राईले गोल गरिन् । उत्साह बढ्यो नेपाली टिममा ।

....

९, जमुना गुरुङले पहिलो गोल गरिन् ।

....

१, खेल सुरु भएको छ । पाकिस्तानविरुद्ध विजय हासिल गर्न नेपाली महिला टिम मैदानमा उत्रिएको छ ।

हेर्नुहोस् कमेन्ट्री

 

 

 

प्रकाशित मिति: २०६९ भाद्र २३ ०९:१६


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication